१० साउन २०८३, आइतबार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

साउन ९, २०८३
काठमाडौं
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् ।

उनले शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको जानकारी दिएका हुन् ।

करिब एक महिनादेखि उनीविरुद्ध दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी)को प्रदर्शन जारी छ । 

देशव्यापी रूपमा फैलिएको आन्दोलन र चौतर्फी दबाबपछि उनले राजीनामा दिएका हुन् । 'जन्तर-मन्तर र देशमा जुन परिस्थिति सिर्जना भएको छ, राष्ट्रविरोधी शक्तिहरूले यो अवस्थाको फाइदा उठाउनु हुँदैन, देशको एकता कायम राख्नुपर्छ, भारतको एउटा पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा फस्नु हुँदैन, हाम्रा छोराछोरीले आफ्नो समय पढाइमा बिताउनुपर्छ, करियर निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ, यही कुरालाई ध्यानमा राख्दै मैले सम्माननीय प्रधानमन्त्रीलाई राजीनामा पठाएको छु,' उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्