१० साउन २०८३, आइतबार
२५ वर्ष पुराना फाइल डिजिटाइज

वैदेशिक रोजगार ठगीमा घरमै बसेर मोबाइलबाटै उजुरी, अनलाइनबाटै छिनोफानो !

साउन १०, २०८३
काठमाडौं

वैदेशिक रोजगार विभागले २०५७ सालदेखिका मुद्दाका फाइल धमाधम डिजिटल अभिलेखिकरण गर्ने काम गरिरहेको छ । 

जेनजी आन्दोलनमा ध्वस्त भएपछि बचेका फाइल डिजिटल अभिलेखिकरण गरिरहेको विभागले जनाएको  छ।

यसका साथै नयाँ मुद्दा अनलाइनबाटै दर्ता गर्ने काम पनि भइरहेको छ । जहाँ उजुरीकर्ताले अनलाइनमार्फत निवेदन दिँदा विभागको प्रणालीले नै स्वतः कानूनी ढाँचा (टेम्प्लेट) तयार गरी मुद्दा दर्ता गर्ने काम पनि भइरहेको छ ।

लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धानसम्बन्धी फाइल खोज्ने, वर्गीकरण गर्ने र व्यवस्थित अभिलेख तयार गर्न विभागले अभियान नै अघि बढाइएको छ ।

दशकौंदेखि कसैले चासो नदिएका फाइललाई विभागले धुलो टकटकाएर व्यवस्थित गर्ने काम गरिरहेको छ । सबै फाइललाई डिजिटलाइज गरेपछि अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।

यो वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन मन्त्रालयले नयाँ डिजिटल प्लेटफर्मको शुरूआत हो । 

डिजिटलाइजेसनको पूर्ण काम सम्पन्न भइसकेपछि विभागले औपचारिक रूपमा यसको शुरूआत गर्नेछ । जहाँ उजुरीकर्ताले आफ्नो मुद्दा आफैंले हेर्न सक्नेछन् ।

हेर्नुहोस् भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्