१० साउन २०८३, आइतबार

कोशीमा मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्र कांग्रेसका मन्त्रीले राजीनामा दिने

साउन १०, २०८३
विराटनगर
कोशीमा मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्र कांग्रेसका मन्त्रीले राजीनामा दिने

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले नयाँ मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्र कांग्रेसका मन्त्रीले राजीनामा दिने बताएका छन् । 

शनिबार मात्रै नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार सञ्चालनका लागि सहमति भएको थियो । हाल कोशीमा कांग्रेस र एमालेको सत्ता सहकार्य छ । 

नेता थापाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीले आजै राजीनामा दिने कुनै योजना नरहेको जानकारी दिए । ‘अब मुख्यमन्त्री को बन्छ, त्यो निर्णय भएपछि मात्र हाम्रा मन्त्रीज्यूहरूले राजीनामा दिनुहुन्छ,’ उनले भने । 

कांग्रेस सभापति गगनकुमार थापाले आइतबार नै आफ्ना मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका छन् । यो छलफलपछि मन्त्रीहरूले राजीनामा दिने नेताहरूले बताएका छन् ।

शनिबार भएको सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी तथा नेकपाले कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने तय भएको छ । बाँकी रहेका प्रदेशमा अन्य दलसँग पनि छलफल गर्नेगरी तयारी भएको छ ।

कोशीको मुख्यमन्त्रीमा भने एमालेका तिलकुमार मेयाङबो मुख्यमन्त्री बन्ने चर्चा चलेको छ ।

हाल कोशीमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । 

salt training

कमेन्ट गर्नुहोस्