
नेकपा एमालेले लुम्बिनीमा मिसन पार्टी जागरण अभियान शुरू गरेको छ ।
कपिलवस्तुको चन्द्रौटामा आइतबार आयोजित पार्टीको आठौं पूर्ण बैठकबाट एमालेले अभियान शुरू गरेको हो ।
बैठकमा अहिले पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गरिरहेका छन् ।
त्यस्तै, सचिव छविलाल विश्वकर्मा, मुखमन्त्री चेतनारायण आचार्य, पूर्वराष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बैठकमा सम्बोधन गर्नेछन् ।