११ साउन २०८३, सोमबार

देशभर विपद्का ४१ घटना, ३ जनाको मृत्यु

साउन ११, २०८३
काठमाडौं
देशभर विपद्का ४१ घटना,  ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४१ वटा विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट ३७ जिल्ला प्रभावित भएका छन् । विपद्बाट कुल रु २३ लाख २३ हजार बराबरको क्षति भएको छ ।

विपद्मा परेर तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार साउन ९ गते बिहानदेखि १० गते बिहानसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् ।

विवरणअनुसार सर्पदंश १२, पहिरो ११, बाढी दुई, अविरल वर्षा चार, आगलगाी छ र जनावर आक्रमणका दुई घटना भएका छन् । विपद्मा परेकालाई उद्धारका लागि कुल १७५ प्रहरी परिचालन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्