×

NMB BANK
NIC ASIA

संविधान कार्यान्वयनका नायक देउवा

फागुन ४, २०७४

NTC
Premier Steels

मुलुकको ४० औं प्रधानमन्त्री रुपमा जिम्मेवारी सम्हालेका कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दे निर्वाचनमा विजयी वाम गठबन्धनलाई सत्ता हस्तान्तरण गरेका छन् । पूर्व प्रधानमन्त्रीको हैसियतमा पुगेका देउवाले सत्ता हस्तान्तरण प्रकिया अगाडि बढाउँदै गर्दा केही ढिला हुन पुगेको घाम जस्तै छर्लङग छ ।

Muktinath Bank

यसरी सत्ता हस्तान्तरणमा ढिलाई हुँदै गर्दा देउवा प्रति विभिन्न किसिमका टिकाटिप्पणी र आलोचनाहरु नभएको होइन् । तर टिकाटिप्पणी र आलोचनालाई वेवास्ता गर्दे लोकतान्त्रिक मूल्य मान्यताको परिधी भित्र रहेर निर्वाचन सम्पन्न भएको २ महिना १० दिन  पछि देउवा सत्ता हस्तान्तरण गरेका छन् । जुन कार्य  निकै उदाहरणीय छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअगाडि पनि तीन पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले चौथो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको राजनीति निकै तरल अवस्थामा रहेको थियो । अलिकति पनि सन्तुलन बिग्रिएको भए लोकतान्त्रिक शासन व्यवस्था नै धरापमा पर्ने अवस्था थियो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको देउवाले स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न गर्ने देखि प्रतिनिधी र प्रदेश सभा निर्वाचन सम्पन्न गर्ने सम्मको ऐतिहासिक कार्य सम्पन्न गरेका छन् । जुनकार्य पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछिको अर्को एक महत्वपूर्ण कार्य हो । जसको मूल्याङकन वर्तमान नभएपनि भावी पिढीले गर्नेछ ।

Vianet communication

इतिहासलाई एकपटक पछाडि फर्केर हेर्ने हो भने संविधान सभाबाट संविधान निर्माण गर्ने उदेश्यका साथ २००७ सालमा नेपाली काग्रेसका संस्थापक नेता जननायक विपी कोइरालाको अगुवाईमा क्रान्ति भएको थियो । जुन क्रान्ति सफल भएपछि संविधान सभाको निर्वाचन गरी संविधान जारी गर्ने उदेश्य राखिएको थियो । 

तर अस्थिर राजनीतिक कारण न त संविधान सभाको निर्वाचन नै भयो न २०१५ सालमा जनताद्धारा निर्वाचित सरकारको रक्षा नै हुन पायो । फलस्वरुप मुलुकमा ३० बर्षिय पञ्चायती शासन स्थापना हुन पुग्यो । उक्त शासन व्यवस्था पनि काग्रेसकै अगुवाईमा स्वं गणेशमान सिंहको कमाण्डमा २०४६ सालमा फालिन पुग्यो । त्यसपछि नेपाली काग्रेसका नेता कृष्णप्रसाद भट्टराईको अगुवाईमा संसदको निर्वाचन र संविधान निर्माण कार्य सम्पन्न हुन पुग्यो । 

तर दुरभाग्य काग्रेस भित्रको किचलो सगै मुलुकमा शुरु भएको माओवादी जनयुद्धका कारण मुलुक फेरी अन्धकारको खाडलमा धकेलिन पुग्यो । जसको फाइदा उठाउँदै तत्कालिन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री जिम्मेवारी सम्हालेका देउवालाई पटक—पटक पदच्यूत गरे । जुनघटना अगाडि जननायक विपी कोइरालाले भोग्नु परेको थियो । 

यद्यपी देउवाका आलोचकहरुले प्रजातन्त्र दरबारमा बुझाएको आरोप भने लगाउन  छाडेको पाइदैन । आखिर जे जस्तो आरोप लागेपनि राजाबाट सत्ता खोसिनेमा देउवा दोस्रो निर्वाचित प्रधानमन्त्री हुन् । 

लोकनायक स्व. गिरिजाप्रसाद कोइरालाको अगुवाईमा जनआन्दोलन भाग २ सगै मुलुकको राजनीति नयाँ दिशातर्फ अगाडि बढेको सबैलाई सर्ववितिदै छ ।

देउवाका आलोचकहरुले प्रजातन्त्र दरबारमा बुझाएको आरोप भने लगाउन  छाडेको पाइदैन । आखिर जे जस्तो आरोप लागेपनि राजाबाट सत्ता खोसिनेमा देउवा दोस्रो निर्वाचित प्रधानमन्त्री हुन् । 

पहिलो संविधान सभा निर्वाचन मार्फत यो मुलुकमा संविधान जारी हुने धेरैको अनुमान थियो । तर संविधान जारी हुनका लागि महाविनाशकारी भूकम्प नै आउनु परयो । जसको अगुवाईको अवसर नेपाली काग्रेसका तत्कालिन समयमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्लेका स्व.सुशिल कोइरालाले पाएका थिए । 

मुलुकमा संविधान जारी हुँदै गर्दा संघीय संरचनामा लैजानु चानेचुने विषय थिएन । त्यसपछि बनेका सरकारले समेत यो प्रक्रिया अगाडि बढाएका थिए । तर पार लगाउन भने सकिराखेको अवस्था थिएन । अनन्त ः काग्रेस सभापति समेत रहेका देउवाको अगुवाईमा नै मुलुकमा संविधान कार्यान्वयनले सार्थकता पाएको अवस्था छ । यो नेपाल र नेपाली जनताका लागि ठूलो उपब्धि हो । 

देउवाले नेपाल र नेपाली जनताको भाग्य भविष्य जोडिएको संविधान कार्यान्वयनको विषयलाई सफलता पूर्वक सम्पन्न गर्देगर्दा केही विषयहरुमा भने अनावश्यक रुपमा विवादित हुन पुगे । जसको असर निर्वाचनमा समेत परेको आरोप देउवा माथि लाग्न पुगेको छ । तर देउवाले ४० औं प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा जुन संयमता अपनाए र मुलुकलाई अन्धकारको खाडलमा भासिनबाट जोगाए त्यो कार्य निकै अतुलनीय छ । 

तसर्थ देउवाले निर्वाह गरेको भूमिकालाई मुलुक र मुलुकबासीले धन्यवाद नदिरहन सक्दैनन । अन्तमा, पार्टीले निर्वाचन हारेपनि देश र जनताले जित्दै गर्दा प्रतिपक्षमा बस्दा पनि देउवा र उनको पार्टीले मुलुक र मुलुकबासीको हितमा काम गर्न पछाडि पर्नु हुँदैन । जुन कुरा उनले बिहीवारको सम्वोधनमा पनि छुटाएका छैनन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x