×

NIC ASIA

अग्रलेख

स्वैच्छिक अवकाश : राज्यकोषले थेग्दैन, पुनर्विचार गर सरकार

फागुन १६, २०७४

Prabhu Bank
NTC
Premier Steels

नेपाल सरकारको निजामती सेवा अप्ठेरोमा परेको देखिँदैछ । किनभने एकैपल्ट करिब पाँच हजार कर्मचारीले स्वैच्छिक अवकाशको सुविधाको उपयोग गर्ने स्थिति आइपरेको छ । सातवर्षको निवृत्तिभरण (पेन्सेन) अग्रिमरूपमा एकमुष्ट पाइने र पछि निवृत्तिभरण निरन्तर रहने प्रस्ताव आकर्षक भएकोले नै होला, विशिष्ट श्रेणीका सचिव समेतका उच्चपदस्थ अधिकृतहरूले समेत सेवाबाट अवकाश लिने इच्छा प्रकट गरेका छन् ।

Muktinath Bank

नयाँ खुलेका प्रदेश सचिवालयहरूमा जाने अनिच्छाले पनि कतिपय कर्मचारीलाई स्वैच्छिक अवकाश लिनेतर्फ प्रेरित गरेको जानकार क्षेत्रमा चर्चाको विषय भएको छ । प्रशासनमा बसेर काम गर्दा योग्यता, दक्षता र कार्यकुशलता छँदाछदै पनि वृत्तिविकासमा पछि परिने अवस्थाको सिर्जना भएको ठान्नेहरूबीच पनि सरकारी जागीरमा रुचि कम भएको सुनिने गर्छ । यसबीच, आन्दोलन र परिवर्तनका ठूला नाराका साथ भएको राजनीतिक उथलपुथलपछि चलेका समावेशी र समानुपातिकका अभियानले योग्यता र दक्षतामा टिकेका कर्मचारीहरू हतोत्साहित हुनु अपरिहार्य पनि हुन गयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकतन्त्रमा नागरिक सर्वोच्चता स्वीकृत मान्यता हो । सेना, प्रहरीजस्ता निकायहरू वैधानिक तवरले निर्वाचित सरकार मातहत परिचालन हुने निकाय हुन् । निजामती सेवा सर्वोच्च राजनीतिक तहको सहयोगी संयन्त्र हुनाले त्यो बौद्धिक तथा विज्ञताको हिसाबले सशक्त र प्रभावकारी हुनु अति जरुरी हुन्छ । किनभने लोकतान्त्रिक परिपाटी अनुरूप राज्यव्यवस्था सञ्चालन कार्य निकै गहकिलो उत्तरदायित्व हो । तसर्थ निजामती सेवामा मेहनती, इमान्दार र प्रतिबध्द कर्मचारीहरू नियुक्त हुनु आवश्यक छ । लोकसेवा आयोगको व्यवस्था सम्भवत: यसै प्रयोजनका लागि भएको हो ।


Advertisment
Nabil box
Kumari

स्वैच्छिक अवकाशको योजना लागू गर्दा एकातिर एकाएक कर्मचारीसंख्या घट्न गै   निजामती सेवा कमजोर हुने र अर्कोतिर निवृत्तिभरणको अतिरिक्त आर्थिक दायित्व अर्थ मन्त्रालयमा थपिने अवस्था आएको छ । त्यसकारण यसमा नयाँ सरकारले पुनर्विचार गर्नु जाती होला । र यसक्रममा अवकाशको उमेर हाल ५८ वर्ष रहेकोमा त्यसलाई बढाई ६० वा ६२ वर्ष पुर्‍याउने उपाय पनि अपनाउन सक्दछ । आखिर मानिसको औसत आयु बढिरहेको छ भने अवकाशको उमेर बढाउन के बाधा पर्ला र ?

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x