×

NIC ASIA

सवारी साधन जफत गर्ने अविवेकी निर्णय

फागुन २९, २०७४

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय समाचार समिति (रासस) ले फागुन २७ गते वितरण गरेको एक समाचार अनुसार, यही चैत्र १ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारी साधनलाई सडकमा गुड्न नदिनेबारे जारी भएको सरकारी आदेशको यातायात व्यवसायीहरूले पालना नगर्ने अठोट गरेका छन् । यातायात व्यवस्था विभाग भने तोकिएको मितिबाट यो निर्णय लागू गर्ने र पुराना वाहनहरू सडकमा भेटिए जफत गर्ने तयारीमा रहेको देखिन्छ । महानिर्देशक रूपनारायण भट्टराईका कथन र यातायात व्यवसायीहरूका जिकीर हेर्दा मूठभेड अपरिहार्य छ ।

Muktinath Bank

यस्तो अप्रिय स्थिति आउन नदिन यातायात व्यवस्था विभागको तालुकवाला मन्त्रालय र सरोकारवाला निकायहरू समय छँदै सकृय हुन आवश्यक छ । किनभने सरकार र व्यवसायीहरूबीचको खिचातानीले जनसाधारण यात्रुले कष्ट, कठिनाइ भोग्नुपर्ने अवस्था आउन दिनु हुँदैन । र, यसमा व्यवसायीको भन्दा सरकारी निकायको जिम्मेवारी बढी हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरोकार भएका निकायसंग छलफल नै नगरी गरिएको एकतर्फी निर्णयको आधारमा जनसाधारणको सेवा रोक्न सकिँदैन भन्ने क्रममा व्यवसायीहरूको तर्फबाट योगेन्द्रनाथ कर्माचार्यबाट ‘फलामको आयु तोक्ने सरकारको निर्णय गलत’ भएको विचार आएको छ । यो विचारणीय पक्ष हो । किनभने नियमित मर्मत-सम्भार र प्रदूषण जाँचको व्यवस्था गरेर चल्नसक्ने सवारीमाथि प्रतिबन्ध लगाउनु सर्वथा अविवेकी निर्णय हुनेछ । लाखौं रुपिञाको लगानी गरेर यातायात सेवा सञ्चालन गर्ने नेपालीहरूलाई हतोत्साहित र दण्डित गर्ने नीतिको समर्थन गर्न गाह्रो हुन सक्छ । जाँच, निगरानीका संयन्त्र कृयाशील गरेर सुरक्षित यातायात सेवा सुनिश्चित गर्नु पो सरकारको दायित्व हो । हचुवाको भरमा नियम बनाउने र संशोधन गर्ने परिपाटीको अन्त्य गरिनु पर्छ । र, यस्तो बेथिति के कति कारणले यतिञ्जेल कायम रहन गएको हो त्यसबारे छानबीन गर्न प्रधानमन्त्रीकै तहबाट यातायात व्यवसायी समेत रहेको टोली तत्काल गठन गरियोस् भन्ने लोकान्तरको सुझाउ छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x