कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडौं, १९ चैत– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पद सम्हालेको ३५ दिनपछि सोमवार गृह प्रशासन सुधारसम्बन्धी कार्ययोजना सार्वजनिक गरेका छन् ।
‘राष्ट्रिय एकता र जनसेवाका लागि प्रशासन, विकास र समृद्धिको लागि शान्ति, सुरक्षा र सुशासन’ भन्ने नारा रहेको ८२ बुँदे कार्ययोजनामा गृह प्रशासन सुधारका लागि प्रशासनिकदेखि प्राविधिक विषयलाई समेटिएको छ ।
गृहमन्त्रीले प्रत्येक स्थानीय तहमा कम्तिमा एक प्रहरी इकाइ राख्नेदेखि ५०० भन्दा बढी कैदी रहेको कारागारमा पुर्पक्षमा रहेका कैदीहरुलाई भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा पेश गर्न व्यवस्था मिलाउनेसम्मका योजनाहरु समेटेका छन् ।
उनले घोषणा गरेका कार्ययोजना कार्यान्वयन हुन सके गृह प्रशासनमा पक्कै पनि धेरै सुधार हुने देखिन्छ । तर कार्ययोजना सार्वजनिकका दौरान गरेको भाषणमा भने गृहमन्त्रीले यस्ता विषयको पनि खुलासा गरेका छन्, जो आन्तरिक सुरक्षाका हिसावले संवेदनशील सूचना हुन् । साथै उनले गृह मन्त्रालय मातहतका निकायमा भएको व्यथितिको पनि पर्दाफास गरेका छन् ।
मर्सिडिजमा घुम्नेदेखि नेवारी खाजा नभई नहुने कैदीहरु
गृहमन्त्री बादलले देशभरका ७४ कारागार भित्र पनि ‘मिनी नेपाल’ रहेको उल्लेख गर्दै त्यहाँ पनि तस्करी, गुण्डागर्दी, आर्थिक अनियमितता लगायत बेथिति रहेको बताए ।
‘देशभर अहिले ७४ करागार र १९ हजार कैदी छन् । त्यहाँ पनि मिनी नेपाल छ,’ गृहमन्त्री बादलले भने, ‘त्यहाँ पनि तस्करी हुन्छ । बाहिर प्रतिकिलो ७५–८० रुपैयाँमा पाइने चिनी जेलभित्र २०० रुपैयाँमा बिक्री हुँदो रहेछ ।’
गृहमन्त्री बादलले जेलभित्र पनि हप्ता असुली हुने गरेको अर्को रहस्यको पर्दाफास गरे । ‘बिराटनगरको कारागारका एक कैदी दैनिक रुपमा मर्सिडिज गाडी चढेर बजार घुम्दा रहेछन्,’ गृहमन्त्री बादलले भने, ‘अनि अर्को कारागारमा एक कैदी छन्, जसलाई नेवारी खाजा निकै मन पर्ने रहेछ । जेलरले नै ती कैदीलाई नेवारी खाजा खान जान दिने रहेछन् ।’
गृहमन्त्रीले अगाडि भने, ‘जेलका हाकिमलाई हप्ता बुझाएर मात्रै त त्यहाँका ठूला–ठालू कैदीहरुले गाडीमा घुम्नेदेखि नेवारी खाजा खान जाने छुट पाउने होलान् ।’
नेपालका गुण्डा : सोलेका गब्बरका बाउ
गृहमन्त्री बादलले नेपालमा गुण्डागर्दीको अवस्थाबारे वर्णन गर्न चर्चित भारतीय सिनेमा ‘सोले’को उदाहरण दिए । सोलेमा बलिउडका महाअभिनेता अमिताभ बच्चन र धमेन्द्रको मुख्य भूमिका छन् । फिल्ममा गब्बर नामका खतरानाक गुण्डा छन् । नेपालका गुण्डाको चित्रण गर्न गृहमन्त्री बादलले उनै गब्बरको उदाहरण दिए ।
‘यहाँ केही पाका व्यक्तिहरु हुनुहुन्छ । तपाईंहरुले पक्कै पनि हिन्दी चलचित्र सोले हेर्नुभएको होला । गुण्डाहरु कस्ता हुन्छन् भनेर सोले फिल्मबाट राम्ररी बुझ्न सकिन्छ । यहाँ (नेपाल)मा त सोलेमा भएका गुण्डाका बाउहरु छन्,’ गृहमन्त्री बादलले भने ।
गृहमन्त्री बादलले राजधानीको ट्राफिक जाममा गुण्डागर्दी, भ्रष्टाचार, कमिसनखोरी जोडिएको भन्दै अहिलेसम्मको अवस्थामा त्यसलाई तोड्न गृह प्रशासनबाट खासै पहल नभएको उल्लेख गरे । ‘काठमाडौंको ट्राफिक जामले समग्र देशको विकास रोकेको छ । ट्राफिक जाम हुँदा कर्मचारीहरु समयमै कार्यालय पुग्दैनन् । समयमै हुनुपर्ने काम हुँदैन,’ गृहमन्त्रीले भने, ‘देख्दा सामान्य लाग्ने ट्राफिक जामले हाम्रो आन्तरिक प्रशासनको खिल्ली उडाएको छ । ट्राफिक जामसँग गुण्डागर्दी, भ्रष्टाचार, कमिसनखोरीजस्ता बेथितिहरु जोडिएका छन् । अब यसलाई चिर्न जरुरी भइसकेको छ ।’
कर्मचारीका कारण देशको बदनाम
आफ्नो मन्तव्यका क्रममा कर्मचारीप्रति आक्रामकसँगै आशावादी भाव प्रस्तुत गरेका गृहमन्त्री बादलले केही कर्मचारीकै कारण देशको बदनाम भएको पनि बताए ।
‘विमानस्थलमा अध्यागमन र सुरक्षा जाँचको अवस्था एकदमै नाजुक छ । विमानस्थलबाटै टनका टन सुन तस्करी भइरहेको छ,’ गृहमन्त्री बादलले भने, ‘सबै कर्मचारी नराम्रा त छैनन् । तर केही बद्मास कर्मचारीका कारण देशको बदनाम भइरहेको छ ।’
मन्त्री ज्युले त नाङ्गै पारिदिनु भो !
कार्ययोजना सार्वजनिक गर्ने भनेर पत्रकार सम्मेलन गरेका गृहमन्त्रीले सोमबार गृहमन्त्रालयको ‘आन्द्रा भुँडी’ नै देखाइदिए । गृह मन्त्रालय सम्हालेको ३५ दिनसम्म आफूले प्राप्त गरेका प्राय सबै जानकारी गृहमन्त्रीले सार्वजनिक गरे । गृहमन्त्रीको मन्तव्य सञ्चारकर्मीका लागि ‘न्यूज क्लु’ बनेपनि कर्मचारीका लागि भने नमिठो बचन बनिदियो ।
गृहमन्त्रीको मन्तव्यसँगै कार्यक्रम सकिएपछि गृहमन्त्रालयको सभाहलबाट बाहिर निस्किने क्रममा कर्मचारीहरु आपसमा ख्याल–ठट्टा गरिरहेका थिए । गृहमन्त्रालयको सुरक्षा महाशाखामा कार्यरत एक कर्मचारी आफूसँगैका अर्का कर्मचारीसँग भन्दैथिए, ‘मन्त्री ज्यूले त नाङ्गै बनाइदिनु भयो नि !’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...