×

NMB BANK
NIC ASIA

काठमाडौं, २२ चैत– नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षा निकायका उच्चपदस्थ अधिकारीको नाम लिएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

सेना तथा प्रहरीमा जागिर लगाइदिने, सुरक्षा निकायका विभिन्न मिसनमा पठाइदिने तथा युरोपियन देशमा पठाइदिने भन्दै करोडौं ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा लमजुङ घर भइ हाल काठमाडौंको तारकेश्वर बस्ने २८ वर्षीय मोहन दुरा, लमजुङ नै घर भइ काठमाडौंको मनमैजु बस्ने ४७ वर्षीय पशुपति अधिकारी र  तनहुँकी ४० वर्षीय यमुना खड्का तथा कास्कीका रमेश कुमाल छन् । 


Advertisment
Nabil box
Kumari

उनीहरुले राष्ट्रिय अनुसन्धानको सिपाही बनाइदिने भन्दै प्रतिव्यक्ति २ लाख, सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनाइदिन्छु भन्दै ७ लाख, शान्ति सेनामा पठाइदिने भन्दै २ लाख तथा पोल्याण्ड लगायत युरोपियन देशमा पठाइदिने भन्दै १ लाख ५० हजार उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

Vianet communication

प्रहरीका अनुसार विभिन्न व्यक्तिलाई ठगी गरेर उनीहरुले १ करोड १५ लाख रुपैयाँ उठाएका छन् । 

एआईजीकी श्रीमती हुँ भन्दै ठगी   

पक्राउ परेकीमध्ये यमुना खड्काले आफू राष्ट्रिय अनुसन्धानका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)की श्रीमती हुँ भन्दै ठगी गरेको भेटिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए । 

यस्तै मोहन दुराले नेपाली सेनाको भावी महासेनानी (सैनिक प्रमुख)को खास व्यक्ति भएको र आफू सेनाको जमदार रहेको भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको एसएसपी पोखरेलले बताए । 

उनीहरुबाट करिव २ दर्जन व्यक्ति ठगीएको हुन सक्ने प्रहरीको अनुसन्धान छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x