×

NMB BANK
NIC ASIA

काठमाडौं, २३ चैत– प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको खुलेको छ । 

Muktinath Bank

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सचिवहरुको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेम कुमार राईलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि गृह सचिव रहेका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियारमा सरुवा गरिएको छ ।
 
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अर्का सचिव खगराज बराल शिक्षा मन्त्रालयमा सरुवा भएका छन् । शिक्षा मन्त्रालय सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । 

Vianet communication

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेका अर्का सचिव महेन्द्रमान गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । 

राष्ट्रिय योजना आयोगका सचिव विष्णु लम्साल रक्षा सचिव बनेका छन् । योजना आयोगको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शरच्चन्द्र पौडेललाई सरुवा गरिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरका सचिव मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । पुनर्निर्माण प्राधिकरणको सचिवमा नेपाल ट्रस्ट कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई सरुवा गरिएको छ । 

वन तथा वातावरण मन्त्रालयका सचिव युवकध्वज जीसी  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवमा सरुवा भएका छन् भने वन तथा वातावरण मन्त्रालयमा यसअघि कृषि, भूमि व्यवस्था तथा सहकारी (पशुपंक्षी विकास) मन्त्रालयको सचिव रहेका विश्वनाथ ओलीलाई सरुवा गरिएको छ । 

प्रदेश १ का कामु प्रमुखसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा सरुवा भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x