×

NMB BANK
NIC ASIA

समाज सुधारक शची

कात्तिक २०, २०७४

NTC
Premier Steels
kamal rijalवैदिककालीन समाजसुधारको क्षेत्रमा देवेन्द्राणी शची अग्रस्थानमा लिइने नाम हो । हुन त उनको समय अहिलेको होइन, हजारौं वर्ष पूर्वको हो तर उनको समाज सुधारसम्बन्धी अभियान भने अहिले पनि उत्तिकै सान्दर्भिक छ । यसका लागि तत्कालीन परिवेशमा उनले जे जति गरिन् निस्सन्देह त्यो स्तुत्य छ र यसबाट अहिलेका समाजसुधारक हौं भन्नेहरूले समेत केही न केही शिक्षा लिनुपर्ने देखिन्छ । आजको बसाइमा उनै वैदिककालीन समाजसुधारकी अग्रणी व्यक्तित्व शचीको जीवनदर्शनका पाना पल्टाउने प्रयास गरिएको छ ।
वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार शचीले सामाजिक सद्भाव र समुन्नतिका लागि निकै ठूलो संघर्ष गरेकी छन् । यसका लागि उनले उँचनीच, जातिपाती, धर्मसंस्कृति आदिका बन्धन तोडेकी मात्र छैनन्, साम्प्रदायिक विद्वेष जस्ता सङ्कीर्ण सोचको पर्खालसमेत भत्काउन पुगेकी छन् । उनको देवराज इन्द्रसँगको प्रेमविवाह प्रकरणलाई यसैभित्र लिन सकिन्छ । उनी असुर सम्प्रदायकी थिइन् । देवराज इन्द्र सुर सम्प्रदायका थिए । तत्कालीन भूगोलका यी दुई यस्ता सम्प्रदाय हुन् जो आपसमा लडार्इं, झगडा, तथा मारकाट गरेर कहिल्यै थाक्दैनथिए । यस्तो अवस्थामा एउटी असुर राजकुमारीले सुर सम्प्रदायका राजा इन्द्रसँग प्रेम विवाहको जोखिम उठाउनु चानचुने कुरा थिएन । तैपनि समाजमा लामो समयदेखि कायम रहदै आएको हत्या, हिंसा र आतङ्कलाई समाप्त गर्न कोही न कोही अघि सर्र्नैपर्ने थियो । राजकुमारी शचीले यही जोखिम मोलेकी छन् र यसैको माध्यमबाट साम्प्रदायिक सद्भावको गाँठो दरिलो पारेकी छन् ।
उनी वैदिक मन्त्रद्रष्टाहरूमध्येमा पनि पर्दछिन् । खासगरी वैदिक मन्त्रद्रष्टा पुरुषलाई ऋषि भनिन्छ भने महिलालाई ऋषिका भनिन्छ । यिनै ऋषिकाहरूबीच उनको स्थान सर्वाधिक अगाडि देखिएको छ । उनका शची र देवेन्द्राणी बाहेक अन्य नाम पनि छन् । इन्द्रकी पत्नी भएकीले उनलाई इन्द्राणी पनि भनिन्छ । देवेन्द्राणी चाहिं इन्द्रलाई देवराज पनि भन्ने गरिएकोले त्यसैको आधारमा रहन गएको हो । यसबाहेक उनलाई पुलोमजा र पौलोमी भन्ने गरिएको पनि पाइन्छ । असुर राजा पुलोमाकी छोरी भएकीले त्यसो भनिको हो ।
उनले समाजसुधारका लागि वैदिक ग्रन्थहरूमै विशेष आवाज उठाएकी छन् । ऋग्वेद दशौं मण्डलको १४५ औं सूक्त उनैद्वारा देखिएका मन्त्रहरूको सँगालो हो । यसमा जम्मा छवटा मन्त्र छन् । यी छवटा मन्त्रहरूमा घर–परिवार तथा सामाजिक सुधार र समुन्नतिको विशेष कामना गरिएको छ । उनले यी मन्त्रहरूमा घर, परिवार तथा सामाजिक वातावरण दूषित गराउने यावत् पक्षलाई कसरी हटाउने भन्नेबारे सटीक विचार प्रवाह गरेकी छन् । यसबाहेक यसै मण्डलको १५९ औं सूक्तलाई पनि उनैद्वारा देखिएको मन्त्रहरूको सँगालो मानिएको छ । यसमा पनि कुल छवटा नै मन्त्र छन् र यिनीहरूको पनि आशय करीब उस्तै रहेको छ ।Kamal-Rijal (1)
धैर्य, साहस र पराक्रमका क्षेत्रमा त उनलाई एक किसिमले त्रिवेणीकै रूपमा लिन सकिन्छ । बौद्धिक चातुर्यलाई पनि उनको मूलभूत विशेषता नै मान्न सकिन्छ । उनले आफंै युद्धमोर्चा सम्हालेको उदाहरण त भेटिँदैन । युद्ध रोक्नका लागि जीवन र मरणको मैदानमा उत्रनसक्ने यी वीराङ्गनाको यो क्षेत्र हुँदा पनि होइन । तथापि सन्धि, विग्रह आदि राजनीतिक र कूटनीतिक क्षेत्रमा इन्द्रलाई उनले दिएको सल्लाह र सुझावको भने थुप्रै उदाहरण भेटिन्छन् । उनले बौद्धिक चातुर्यका कारण तत्कालीन समयका त्रिलोक विजयी मानिएका राजा नहुषलाई सत्ताच्युत गरेकी मात्र छैनन् आफ्नै कर्तुतका कारण मानसरोवरमा लुक्न पुगेका पति इन्द्रलाई पुनः स्वर्गको सत्तामा फर्काउने कामसमेत गरेकी छन् ।
सांस्कृतिक क्षेत्रमा पनि उनको स्थान एक पाइलो अगाडि नै देखिन्छ । स्वयंवर विवाहको त उनी प्रवर्तक नै मानिएकी छन् । वैदिक ग्रन्थहरूमा प्रेमविवाह गर्ने पहिलो पात्र उनी नै देखिएकी छन् । प्रेमविवाह भनेको पनि अन्ततः स्वयंवर विवाह नै हो । त्यसैले उनी स्वयंवर विवाहको आदिप्रवर्तक मानिएकी हुन् । त्यसैले हुनुपर्छ अहिलेसम्म पनि स्वयंवर गर्दा कन्याहरूले सर्वप्रथम उनकै पूजा गर्ने गर्दैै आएका छन् । यतिबेला स्वयंवराकाङ्क्षी कन्याले ‘देवेन्द्राणी नमस्तुभ्यं देवेन्द्र प्रियवादिनि । विवाहभाग्यमारोग्यं पुत्रलाभं च देहि मे ।’ .अर्थात् हे देवेन्द्राणी ! हे देवेन्द्रकी प्रियवादिनि ! तिमीलाई नमस्कार गर्दै स्वयंवरद्वारा विवाहबन्धनमा बाँधिदैछु । अतः सौभाग्य, आरोग्य र असल सन्तानको कामना गर्दछु भन्दै उनीसँग आशीर्वाद माग्ने गर्छन् ।
यस परम्परालाई सामाजिक वर्ग समन्वयको अचुक अस्त्रको रूपमा समेत लिन सकिन्छ । सबैलाई थाहा भएकै कुरा हो वर्ग समन्वयका लागि सहकार्यले मात्र पुग्दैन । सहयात्राको समेत आवश्यकता पर्दछ । उदाहरणका लागि छुवाछुत उन्मूलन अभियानलार्ई नै लिन सकिन्छ । हाम्रो यहाँ यसको शुरुवात विगत ५५ वर्ष अघि नै भएको हो । यस अवधिमा कति कानून बने, कति संवैधानिक प्रतिबद्धताहरू व्यक्त भए । कति सहकार्य भए । कति सहभोजहरूका आयोजना गरिए तैपनि यसको पूर्णतः उन्मूलन भने अझै हुन सकिरहेको छैन । यसैले प्रष्ट पार्छ कि यसका लागि सहकार्य र सहभोजले मात्र पुग्दो रहेनछ, सहयात्राको समेत उत्तिकै आवश्यकता पर्दो रहेछ । भातभान्छा मिलेर मात्र हुँदो रहेनछ, चुलाचौका पनि मिल्नुपर्दो रहेछ । बैठककोठा मिलेर मात्र पनि हुँदो रहेनछ, शयनकक्ष पनि मिल्नुपर्दो रहेछ र मन मात्र मिलेर पनि हुँदो रहेनछ, तन पनि मिल्नुपर्दो रहेछ । इन्द्राणीले यही बाटो रोजेकी छन् र इन्द्रसँगको रक्तमिश्रणबाट एक छोरा र एक छोरीको जन्म दिएर सद्भावको डोरी बाट्ने काम गरेकी छन् ।
उनलाई लिङ्गभेदविरोधी अभियानको पनि विशेष उदाहरणको रूपमा लिन सकिन्छ । उनले लिङ्गभेदविरोधी विचारलाई गतिलो झापड दिएकी मात्र छैनन् यसलाई पूर्णतः निर्मूल पार्नुपर्छ भन्ने सन्देश समेत दिएकी छन् । अहिले पनि कतिपय शास्त्रका ठेकेदारहरू महिलाले वेद पढ्न हुँदैन भन्न पछि परिरहेका छैनन् । यसमा कतिपय पौराणिक ग्रन्थहरूले पनि मलजलको काम गरिरहेका छन् तर इन्द्राणीले वैदिक मन्त्रहरू रचना गरी वैदिक युगमै यसको उत्तर दिइसकेकी छन् । तिनै महिलाको आशीर्वाद लिएर वैवाहिक कार्य सम्पन्न गर्न हुने । त्यस्तै तिनै महिलाद्वारा साक्षात्कार गरिएका वैदिक मन्त्रहरूका ठेलीलाई पवित्र गन्थ मानेर नमन पनि गर्ने अनि तिनै महिलाले वेद पढ्न हुँदैन भन्नु भनेको बौद्धिक दरिद्रताबाहेक केही हुँदै होइन । त्यसैले यस्ता उपबुज्रुकहरूले समेत एकपटक यसतर्फ ध्यान दिनैपर्ने देखिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x