फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
संघीय समाजवादी फोरम नेपालले दुई बुँदे लिखित सम्झौता गरी नेपाल कम्युनिस्ट पार्टीको सरकारमा सहभागी भएको दिनदेखि काठमाडौंको राजनीतिक संसारमा खुसीको माहौल छाएको छ । उता मधेशमा उपेन्द्र यादव नेतृत्वको पार्टीका कार्यकर्ता बाहेकले उनको सत्तारोहणलाई मधेश आन्दोलनको भावनामाथिको धोखा भनिरहेका छन् ।
राजनीति बडो अजीव हुन्छ । उपेन्द्र यादवले काठमाडौंको माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएका थिए र मधेशी जनताले उनलाई आफ्नो नेताको रुपमा स्वीकार गरिहाले । यसको अर्थ अन्तरिम संविधान नजलाउँदासम्म उनी नेता थिएनन् भन्न खोजिएको होइन ।
तर उपेन्द्रबाटै मधेशको कायापलट हुन्छ भन्ने भावनामा बग्नु मधेशी जनताको भूल थियो भने कुरा सायद अब मधेशी जनताले बुझेको हुनुपर्छ ।
उपेन्द्र यादवले भारतको पटनामा निर्वासन भोगेको तथा वामपन्थी इतिहासको चर्चा गर्नु भन्दा पनि उनको पछिल्लो इतिहासबारे थोरै चर्चा गरौं ।
नेपालको संविधान २०७२ निर्माण र संविधान घोषणा हुँदा अन्य मधेशवादी दलहरु संविधान संशोधनको माग गरिरहँदा यादव भने पुनर्लेखनको आवश्यकता भएको वकालत गर्दै मधेश दौडाहामा थिए ।
संविधान पुनर्लेखनको माग भनेको नेपालको सत्ता केन्द्रित राजनीतिमा आफ्नो स्थान खोज्नु थियो । जुन उपेन्द्र यादवका लागि “बायाँ हाथको खेल” भइसकेको छ ।
विभेदपूर्ण र नश्लीय भन्दै संविधानको विरोधमा रहेका यादवले कम्युनिस्ट सरकारमा सहभागी भइ संविधानलाई पूर्णत स्वीकार गरेका छन् । जसबाट यो प्रमाणित हुन्छ कि उनले मधेशमा गरेका हरेक आन्दोलन फगत एउटा नाटक थियो ।
मधेशी जनता माझ अहिले पनि संविधानप्रतिको असन्तुष्टीे तुष हरित नै छ । जसलाई उपेन्द्र यादवले नबुझ्ने कुरै भएन ।
यसका बाबजुदपनि उपेन्द्र यादवले नेकपासँग दुई बुँदे तमसुक गरि आम मधेशीको भावना माथि कसरी कुठाराघात गर्ने आँट गरेका होलान् मधेशमा प्रश्न गर्नेको संख्या कमी छैन ।
यो प्रश्नको जवाफ सजिलो छ । उपेन्द्र यादवले आम मधेशी जनतालाई केही महत्त्वपूर्ण कुरा प्रस्ट गर्न खोजेका छन् । उनको यो सत्तारोहणबाट उनले के प्रस्ट्याउन खोजेका छन् भने अब यादवमा सिमान्तकृतको मुद्दा बोक्ने क्षमता छैन । जसका कारण उनी विस्तार सत्तामुखी राजनीतिको बाटो अवलम्बन गर्नुमा नै आफ्नो भविष्य उज्ज्वल देखिरहेका छन् । र, यो वास्तविकता पनि हो । हरेक व्यक्तिको एउटा सिमित क्षमता हुन्छ ।
राजनीतिमा त अझ बढी । अब उपेन्द्र यादवसँग संघर्ष गर्ने क्षमता नरहेको सजिलै बुझ्न सकिन्छ । उनको पार्टीभित्र रहेको बर्चस्वले गर्दा पार्टीका अन्य नेताहरु पनि आज आम मधेशीबाट गालीको भागिदार बन्न बाध्य भएका छन् ।
मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरु संघीय समाजवादी फोरम नेपालले गरेको दुई बुँदे सम्झौताको बारेमा अनविज्ञ छन् । समग्र मधेश एक प्रदेश हुँदै एक मधेश दुई प्रदेशको सपना देखाउदै सत्तारोहणमा लिप्त मधेशवादी दलहरु संघर्षको लडाईंमा असफल भइसकेको कुरा किन स्वीकार्न हिचकिचाउँछन् ? नेपालको संविधानलाई विश्व कै उत्कृष्ट संविधान भन्नेहरुसँग संविधान पुनर्लेखनका वकालतकर्ताले कस्तो किसिमको संशोधन गराउलान् उनै जानुन् ।
आमजनले यति मात्र बुझेका हुन्छन् की विजेता र पराजितबीच कुनै पनि सम्मानजनक सम्झौता हुन सक्दैन ।
अहिलेको कम्युनिस्ट सरकार बिजेता हो भने फोरम नेपाल र राजपा नेपाल जस्ता कथित मधेशवादी दलहरु पराजित दल हुन् । झन् संविधानमा संशोेधनको कुरा मधेशवादीले उठान गरेको हरेक पल्ट कम्युनिष्ट पार्टीका मुखिया केपी शर्मा ओलीले अस्विकार गर्दै आएका थिए । संविधान संशोधनको हरेक बुँदामा देशघात देख्ने ओलीले उपेन्द्रको संविधान संशोधनको सहमतिलाई कसरी कार्यान्वयन गर्लान् ?
देशहितमा मात्र संविधान संशोधन गर्नुपर्छ तर देशहितको परिभाषा तथा भाष्य निर्माण गर्ने जिम्मा एक जना व्यक्ति ओलीमा मात्र रहेको कुरा अहिलेको दम्भयुक्त राजनीतिक वातावरणले प्रष्ट गरेको छ ।
वर्तमान अवस्थामा मधेशवादी दलहरुमार्फत संविधानको अर्थपूर्ण संशोधनको आश गर्नु व्यर्थ हो ।
मधेशमा स्थानीय तहमा, प्रदेशमा मधेसी दलको सरकार छ । विकासका काम अगाडि बढिरहेका छन् ।
मधेशमा सरकाको नेतृत्वकर्ता दल अनि प्रभावशाली पार्टीका प्रमुख भएर सामान्य खालको मन्त्रालयको मन्त्री बन्नु भनेको पराजित मानिसकाताको उपज र व्यक्तिगत स्वार्थ होइन भने के हो ? मधेशी जनताले उपेन्द्र यादवमाथि यो आरोप लगाउनु के गलत हो ?
अन्त्यमा, मधेश आन्दोलन अहिलेको लागि अब पूर्णतः समाप्त भएको बुझ्दा गलत हुने छैन । राजपा पनि सरकारमा जान कुस्ती खेलिरहेको थियो तर बाजी उपेन्द्रले मारेका मात्र हुन् । जसरी हिमाल र पहाड मा विप्लव र मधेशमा सिके राउत संगठन विस्तारमा लागेका छन् त्यो अर्को आन्दोलनको संकेत हो । यही अवस्थामामधेस अब उपेन्द्रहरुको हताबाट फुत्किनेमा शंका छैन ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...