माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
यो हल्लै–हल्लाको देश हो .. । कवि भूपि शेरचनको कवितामा भनिएजस्तै शुक्रबार रातिदेखि शनिबार बिहानसम्म नेपालको सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एउटा अप्रिय हल्ला फैलियो । जुन हल्लाले डा. उपेन्द्र देवकोटा र उनका शुभचिन्तक निकै मर्माहित हुन पुगे । मर्माहित हुनु स्वभाविक विषय पनि थियो । किनकि, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका डा. देवकोटाप्रति सामाजिक सञ्जालमा सामान्य नागरिकदेखि उच्च तहका व्यक्तिले समेत श्रद्धाञ्जली व्यक्त गरिरहेका थिए । जुन विषय भ्रामक थियो ।
भ्रामक विषय गलत हो भन्न न्यूरो अस्पतालले विज्ञप्ति नै जारी गर्नुपर्यो । त्यति मात्र होइन, उपचार गराइरहेका डा. देवकोटालाई अस्पताल परिसरमा निकालेर ह्विलचियरमा राखेर हिँडाउनुपर्यो । तब मात्र डा. देवकोटाको वास्तविक स्वास्थ्य अवस्थाबारे सर्वसाधारणले जानकारी पाए । डा. देवकोटाको स्वास्थ्य अवस्थामा अपेक्षा गरे अनुरुप सुधार नभएपनि उनका शुभचिन्तकले सन्तोषको श्वास फेरे ।
सवाल डा. उपेन्द्र देवकोटाको मात्र होइन, केही समय अगाडि तत्कालीन समयमा स्वास्थ्यमा कुनै समस्या नदेखिएका राष्ट्रकवि माधव घिमिरेको विषयमा समेत सामाजिक सञ्जालमा यस्तै अप्रिय समाचार भाइरल बनेको थियो । जुन समाचारलाई वास्तविकता ठानी तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले समेत राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गरे । जुन समाचार भोलिपल्ट घिमिरेका परिवारले घिमिरेलाई सुनाएपछि घिमिरेले यसलाई सुःखद घटनाका रुपमा लिँदै आफू मरेको आफैंले थाहा पाएको बताए ।
त्यति मात्र होइन, विरलै मात्रामा हुुने यस किसिमको घटनालाई आधारित बनाएर राष्ट्रकवि घिमिरेले तत्कालै एउटा कविता समेत रचना गरे । जुन कविता यसप्रकार थियो :
अचम्म भो ! अचम्म भो ! अचम्भ भो !
यही जुनीमा अर्को जुनी पाए ।।
लाख–लाख नेपालीको माया पाए ।।।
यी त भए भाइरल बनेर भ्रामक बनेका देवकोटा र घिमिरेका मृत्युसँग सम्बन्धित समाचारहरू । अब एकैछिन भाइरल बनेर सत्य भएका समाचारको प्रसङ्ग पनि जोडौ ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष (हाल नेपाल कम्यूनिस्ट पार्टी) पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको मृत्यु हुँदा पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस्तै किसिमको समाचार भाइरल बनेको थियो । यसरी समाचार भाइरल बन्ने क्रममा मृत्युको विषयमा आधिकारिक जानकारी नहुँदै सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नेदेखि सञ्चारमाध्यममा मृत्यु भएको समाचार प्रेषित गर्ने विषयमा होडबाजी नै चलेको थियो ।
त्यही क्रममा राजधानीस्थित एक अनलाइनले एक प्रहरी उच्च अधिकारीको हवाला दिँदै प्रकाश दाहालको मृत्यु भएको समाचार दिएको थियो । यद्यपि, उक्त समाचार प्रकाशित भएको केही घण्टापछि दाहालको निधन भएको पुष्टि भयो र समाचार सत्य सावित हुन पुग्यो ।
प्रकाश दाहालको मात्र होइन, नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको निधन हुँदा समेत अन्यौलता छाएको थियो । आफूलाई ‘१ नम्बरको सञ्चारमाध्यम हुँ’ भन्ने सञ्चारमाध्यमले समेत हचुवाको भरमा ‘ब्रेकिङ न्यूज’ दिइरहेका थिए । तर, दुर्भाग्य कोइरालाको मृत्यु भएको हो कि होइन भन्ने विषयमा समेत उनीहरूलाई द्विविधामा नै थिए । तर, कोइरालाको निधन भएका कारण सञ्चारमाध्यम सही सावित हुन पुगे ।
राष्ट्रिय तथा विशिष्ट व्यक्तिहरू उपचार गराइरहेको अवस्थामा यस किसिमका भ्रामक समाचारहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यम पटक–पटक किन दोहोरिरहेका छन् ? यो अत्यन्त दुःखद घटना हो । तसर्थ, आगामी दिनमा सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारमाध्यमले यस्ता समाचार सम्प्रेषण गर्दा अस्पताल र सरकारको जिम्मेवार निकायको स्रोतलाई आधिकारिकता मान्नुपर्छ । विश्वका अन्य मुलुकमा हेर्ने हो भने यस्तै प्रचलन रहेको छ । तर, हामी कहाँ मात्रै किन हल्लै–हल्लामा जिउँदा मानिसप्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रम चलिरहेको छ ।
सामाजिक सञ्जाल विकासले मूलधारमा मिडियाभन्दा पहिला जनतालाई सू–सूचित गर्ने माध्यम बनेका छन् । पछिल्ला दिनमा सामाजिक सञ्जाल रचनात्मकभन्दा पनि अरुलाई गाली गर्ने, अरुको चरित्र हत्या गर्नेजस्ता क्रियाकलाप भइरहेका छन् । छद्म नाम राखेर अरुको बदख्वाइ गर्ने क्रियाकलाप रोकिनुपर्छ ।
सामाजिक सञ्जाललाई शुद्धिकरण गर्ने सम्बन्धमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमा लेखेको सन्देश मननीय छ । भट्टराइले केही समय पहिला लेखेका थिए, ‘भौतिक वातावरण स्वच्छ र स्वस्थ राख्न ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गरिएझैं मानसिक वातावरण स्वच्छ र स्वस्थ राख्न सोसल मिडियालाई ‘अश्लिलता र गालीगलौजमुक्त क्षेत्र’ घोषणा गरे कसो होला ?’
अन्तमा, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट यस्ता भ्रामक समाचार सम्प्रेषण गर्नेमाथि सरकारले कडा कारवाही गर्नु जरुरी देखिन्छ । अन्यथा, सामाजिक सञ्जाल र सञ्चारमाध्यम उपेन्द्र देवकोटा र माधव घिमिरेप्रति मात्र होइन, अन्यले पनि श्रद्धाञ्जली पाउने निश्चित छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...