फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
चीनको ६ दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार बेइजिङ प्रस्थान गर्नुभएको छ । पहिलोपल्ट प्रधानमन्त्री हुँदा ओलीले गरेको चीन भ्रमण जति चर्चा र परिचर्चाको विषय बनेको थियो, अहिले त्यस्तो स्थिति देखिएको छैन । राजनीतिक वृत्त र सचेत नागरिकहरूमा ओलीको यो भ्रमण छलफल र मूल्यांकनको विषय बने पनि आम जनताबीच त्यति चासोको विषय बनेको छैन ।
नेपाली प्रधानमन्त्रीको चीन भ्रमण मुलुकको राजनीति द्वन्द्वबाट गुज्रिएको अवस्थामा वा नेपाल–भारत सम्बन्ध बिग्रिएको बेला बढी चर्चित हुने गरेको विगतको इतिहास छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतले गरेको पहिलो चीन भ्रमणताका भारतीय नाकाबन्दीले नेपालमा असामान्य स्थिति खडा गरेको थियो । त्यतिबेला प्रधानमन्त्री ओलीको चीन भ्रमण चर्चित हुनु स्वाभाविक थियो ।
मुलुकको राजनीतिक स्थिति स्थिर हुँदै जानु र नेपाल–चीनबीचको सम्बन्ध समस्यारहित हुनुले पनि बढी चर्चा नपाएको हुन सक्दछ । प्रधानमन्त्री ओलीको यो भ्रमण कम चर्चित रहे पनि यसले नेपाल चीन सम्बन्धमा मात्र होइन नेपाली राजनीतिमा, मुलुकको समृद्धि र विकासमा पनि दूरगामी प्रभाव पार्ने निश्चित छ ।
नेपाली राजनीति लामो समयदेखि अस्थिरता, अराजकता र तरलताबाट गुज्रिँदै आएको छ । जतिबेला नेपाली राजनीति अस्थिर रह्यो, त्यतिबेला नेपाल–चीन सम्बन्ध पनि उतारचढावमा नै रह्यो । चीनको अहित हुने गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिने नीति प्रायः सबै नेपाल सरकारले वचनमा प्रतिबद्धता देखाएतापनि व्यवहारमा लागू नगर्ने र चिनियाँ सरकारले पनि असल छिमेकी नेपाललाई भने पनि भित्री रूपमा विश्वास नगर्ने स्थितिबाट नेपाल–चीन सम्बन्ध गुज्रिँदै आएको छ । यो स्थितिमा नेपालले चीनसँगको मैत्रीपूर्ण सम्बन्धबाट खास लाभ हासिल गर्न सकेन ।
नयाँ संविधान जारी र वामपन्थी गठबन्धनको बहुमतीय सरकार बनेपछि नेपाली राजनीति स्थिर हुँदै गएको छ । अब नेपाल–चीन सम्बन्धलाई हार्दिकतापूर्ण र परिणाममुखी बनाउने पूर्वाधार तयार भएको छ । यस परिस्थितिलाई प्रधानमन्त्री ओलीले सदुपयोग गर्न सकेमा नेपाल–चीन सम्बन्धले नयाँ गति र उचाइ लिने पर्याप्त सम्भावनाहरू छन् ।
राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि छिमेकी र अन्य मित्रराष्ट्रहरूसँग नेपालले राष्ट्रिय हितमा आधारित स्पष्ट विदेशनीति बनाउन सकेको छैन । अहिले विदेशनीति तत्कालीन परिस्थितिका आधारमा निर्धारण हुँदै आएको छ । “अड्को पड्को तेलको धुप” जस्तो विदेश नीतिले न त राष्ट्रिय हितको संरक्षण गर्दछ, न त मित्रराष्ट्रहरूसँगको सम्बन्ध नै सुमधुर र विश्वसनीय हुन सक्दछ । परिवर्तित राजनीतिक धरातलको जगमा नेपालले दूरगामी र प्रभावकारी विदेशनीति निर्धारण गर्न विलम्ब हुँदै गएको छ ।
नेपालले विदेशनीति निर्धारण गर्दा दुई छिमेकी राष्ट्रहरू भारत र चीनलाई प्राथमिकता दिनु अत्यावश्यक छ । यी दुई छिमेकी मुलुकप्रतिको नेपालनीति अन्य देशहरूसँगको विदेशनीतिलाई सामञ्जस्य गर्न सक्दा मात्रै यथार्थपरक र राष्ट्रिय हितअनुकूलको विदेशनीति बन्न सक्दछ ।
नेपालका लागि दुई छिमेकी राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध भूगोलको कारणले मात्र होइन, इतिहास, सामाजिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण छ । नेपालको भारत र चीनसँगको सम्बन्ध र आत्मीयताको प्रकृति समान छैन, भिन्नाभिन्नै छ । दुवै छिमेकी मुलुकलाई एउटै विदेशनीतिका आधारमा हेर्नु र व्यवहार गर्नु बुद्धिमत्तापूर्ण हुँदैन ।
चीन नेपालको विश्वासिलो र भरपर्दो मित्रराष्ट्र हो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नेपालनीतिले गर्दा नेपाल–चीन सम्बन्ध विवादरहित र समस्यारहित भएको हो । चीनको नेपालनीति निरन्तर एउटै रहँदै आएको छ, त्यसमा उतारचढाव छैन । चीनले नेपालबाट विश्वासिलो र भरपर्दो चीननीतिको अपेक्षा गरेको छ । प्रधानमन्त्री ओली यस्तो चिनियाँ मनोविज्ञान र चाहनाको सम्बोधन गर्न जति सफल रहन्छन्, त्यति नै यो भ्रमण उपलब्धिमूलक हुनेछ ।
भारतको मुख हेरेर वा उसको इशाराअनुसार बनाइने चीननीतिले चिनियाँ विश्वास जित्न सकिँदैन । नेपालले आफ्नो राष्ट्रिय हितका आधारमा तय गर्ने चीननीतिले मात्र नेपाल–चीन सम्बन्धलाई नयाँ गति र दिशा दिनेछ । नेपालको चीनसँगको निकटतालाई भारतीय सत्ता त्यति मन पराउँदैन । भारतीय आँखाबाट चीनलाई नेपालले हेरोस् भन्ने चाहना भारतीय सत्ताको रहँदै आएको छ । नेपालले स्वतन्त्र चीन नीति अख्तियार गर्दा वा गर्न खोज्दा भारतीय सत्ता आक्रोशित हुने कारण पनि यही नै हो ।
तर अहिले परिस्थिति बदलिएको छ । “दोक्लम” विवादबाट निकै बिग्रिएको भारत–चीन द्वन्द्व अहिले साम्य हुँदै गएको छ । भारतीय प्रधानमन्त्री मोदीले हालै गरेको चीन भ्रमणबाट सकारात्मक परिस्थिति बनेको हो । यस अवस्थामा नेपालले स्वतन्त्र चीन नीति निर्धारण गर्नु बुद्धिमत्तापूर्ण हुन्छ । प्रधानमन्त्री ओलीले स्वतन्त्र चीन नीति अवलम्बनमा जति विश्वास चिनियाँ नेताहरूलाई दिलाउन सक्दछन्, त्यति नेपाल–चीन सम्बन्ध सुदृढ हुनेछ । प्रधानमन्त्री ओलीले यस्तो भूमिका निर्वाह गर्लान्, नगर्लान् त्यो भने परीक्षाकै विषय छ ।
चीनको लागि सुरक्षाको संवेदनशील कडी तिब्बत हो । पश्चिमा अस्थिरतावादी शक्तिहरूले नेपाली भूमि प्रयोग गरेर यो मर्मस्थानमा प्रहार गर्ने दुष्प्रयास गर्दै आएका छन् । नेपाल–चीन सम्बन्धलाई चिसो र तातो बनाउने यही मुद्दा हो । जतिबेला पश्चिमी अस्थिरतावादी शक्तिको चलखेल नेपालमा बढ्दछ, त्यतिबेला नेपाल–चीन सम्बन्धमा विश्वासको संकट आउने र यस्तो चलखेल नियन्त्रण हुँदा सम्बन्ध हार्दिक हुने गरेको छ । नेपालको राजनीतिक अस्थिरतालाई दुरुपयोग गर्ने अस्थिरतावादी शक्तिले आफ्ना प्रभाव निकै विस्तार गरेका छन् । उनीहरूको घुसपैठ नेपालको राजनीतिक क्षेत्रदेखि राज्यका संवेदनशील अंगहरूमा मात्र होइन, प्रधानमन्त्री ओलीलाई पनि
यिनीहरूले घेराबन्दी गर्दै गएका छन् । यस विषयमा प्रधानमन्त्री ओलीले चिनियाँ नेताहरूलाई जति विश्वस्त गर्न सक्दछन्, त्यति नै ओलीको चीन भ्रमण सफल हुनेछ ।
नेपालको चीनसँगको सम्बन्ध मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता र स्वतन्त्रतासँग पनि जाडिएको छ । जतिबेला नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र सामाजिक सद्भावको जग पुनः निर्माण गर्नु आवश्यक छ । यसका लागि चिनियाँ सहयोग र सदाशयता निकै महत्त्वपूर्ण हुन्छ । जबसम्म नेपाल आर्थिक र राजनितिक रूपमा भारतनिरर्भताबाट माथि उठ्न सक्दैन, तबसम्म मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथिको खतरा टर्न सक्दैन । यसका लागि चीनसँग गरिने यातायात, पारवहन, व्यापार, इन्धन र विद्युत् सम्झौता कोशेढुंगा हुन् । कोही रिसाउला भन्ने भयबाट वा कसैलाई नचिढाउने मनोविज्ञानबाट मुक्त रही प्रधानमन्त्री ओलीले चीनसँग सार्थक समझदारी र सम्झौता गर्नुभयो भने नेपालका लागि ऐतिहासिक उपलब्धि नै हुनेछ ।
अहिले विकास र समृद्धि नेपाली जनताको चाहना र महत्त्वाकांक्षा बनेको छ । यो चाहना र महत्त्वाकांक्षा पूरा गर्न ठूलो लगानीको आवश्यकता पर्दछ, जुन लगानी गर्ने क्षमता नेपाल आफंैसँग छैन । नेपालमा ठूलो लगानी गर्न सक्ने छिमेकी मुलुक चीन नै हो । सञ्चित पूँजीलाई अन्य देशमा लगानी गर्ने नीति अवलम्बन गरेको चीनलाई विश्वस्त गराउँदा चिनियाँ लगानी नेपालमा भित्रिने पर्याप्त आधार र सम्भावनाहरू छन् । सडक, रेल, ऊर्जा, सिँचाइ र पर्यटन क्षेत्रमा चिनियाँ लगानी साझेदारी भित्र्याउने हो भने मुलुकको विकास र समृद्धिले फड्को मार्न सक्दछ । यसको लागि ओलीको पहिलो प्रधानमन्त्रित्वमा चीनसँग भएका सन्धि समझादारीहरूको सक्रियतापूर्वक कार्यान्वयन गरिने विश्वास चिनियाँ नेतालाई दिलाउन सक्नुपर्दछ ।
नेपाल–चीन सम्बन्धलाई उपलब्धिमूलक बनाउन नयाँ जग र अवधारणा प्रधानमन्त्री ओलीले पहिलो चीन भ्रमणमा गरेका १० बुँदे सम्झौता र १५ बुँदे संयुक्त वक्तव्य नै हुन् । कोशेढु्ङ्गाका रूपमा रहेका यी आधार र अवधारणाहरूलाई घटाउने होइन, समृद्ध र परिष्कृत गर्न सक्दा मात्र चीनसँगको नेपाल सम्बन्ध हार्दिकतापूर्ण हुन सक्दछ । यसमा दायाँ बायाँ गर्दा दुई देशको सम्बन्धमा अविश्वास सिर्जना हुन्छ । चिनियाँ महत्त्वाकांक्षा आयोजना बेल्ट एन्ड रोड इनिएिसटिभको कार्यान्वयनमा नेपालको सक्रिय सहभागिता रहने सन्देश दिनसके मात्र चिनीया विश्वास जित्न सक्ने स्थिति छ ।
नेपाली विद्युतलाई चिनियाँ बजारमा पुर्याउनु, रसुवागढी केरुङ अन्तर्देशीय विद्युत् प्रसारणलाई निर्माण गर्नु नेपालको विद्युत् विकासका लागि आवश्यक पूर्वाधारहरू हुन् । नेपाल–चीन–भारतका बीच त्रिदेशीय चिनियाँ अवधारणाबाट नेपालले पर्याप्त लाभ हासिल गर्न सक्ने स्थिति छ । यसतर्फ प्रधानमन्त्री ओलीको ध्यान जान सक्यो भने यो भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ ।
चीनसँग जोड्ने केरुङ–काठमाडौं–पोखरा र लुम्बिनी रेल नेपाली जनताको आकर्षण मात्र होइन, प्रतिष्ठाको विषय बनेको छ । जुनसुकै मूल्यमा यो आयोजना सफल भएको हेर्ने चाहना नेपाली जनताको छ । यो योजना नेपाली र चिनियाँ जनताको हार्दिकतालाई जोड्ने कडी पनि हो । यो योजनाबाट हुने लाभ र हानिको मूल्यांकन नेपाली जनताको नजरमा गौण बनेको छ । ओलीको पक्षमा गत आमनिर्वाचनमा उर्लिएको जनसमर्थनको एउटा उल्लेखनीय कारण पनि यही नै थियो । यसलाई असफल बनाउन बाहिर र भित्र दुवै कोणबाट दुष्प्रयास भइरहेका छन् ।
यसमा प्रधानमन्त्री ओली कति दह्रो खुट्टा टेक्दछन्, परीक्षणको विषय बनेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नेपाल–चीन सम्बन्धलाई सुदृढ र विश्वसनीय बनाउन निकै अर्थपूर्ण र उपलब्धिमूलक हुन्छ । चिनियाँ राष्ट्रपतिको भ्रमणलाई रोक्न विगतमा गरिएको षड्यन्त्र जगजाहेर नै छ । अझै पनि त्यो दुष्प्रयास पर्दापछाडि भइरहेको छ । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको वातावरण बनाउन सके भने त्यो मुलुकका लागि निकै उपलब्धिमूलक हुनेछ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...