×

NMB BANK
NIC ASIA

मधेशमा स्थानीय तहका काम : बुवाको सालिक बनाउनेदेखि बेहुलीलाई आमला तेल उपहारसम्म !

असार १३, २०७५

NTC
Premier Steels

जनकपुरधाम, १३ असार – स्थानीय तहले लगभग पहिलो आर्थिक वर्षको बजेट खर्च गरेका छन् । आफू निर्वाचित भएको पहिलो आर्थिक वर्षमा जनप्रतिनिधिको बजेट विनियोजन र कार्यान्वयनको अवस्था कस्तो रह्यो ?

Muktinath Bank

मधेश क्षेत्र अर्थात् २ नम्बर प्रदेशका स्थानीय तह अनुसार कामको प्रगति मिश्रित रहेको पाइएको छ । कतिपय स्थानीय तहले बजेटको ९० प्रतिशतसम्म रकम खर्च गरेका छन् भने कतिपयमा भौतिक र वित्तीय प्रगति निराशाजनक छ । प्रायःजसो स्थानीय तहले शिक्षा, स्वास्थ्य, सडक, कृषि, सिँचाइ, विद्युतीकरण, खानेपानी लगायत क्षेत्रलाई प्राथमिकमा राखेका छन् । केही स्थानीय तहले जनतालाई आकर्षित गर्ने गरी रचनात्मक र लोकप्रिय कार्यक्रम कार्यान्वयन गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालती मुद्दाले खर्च भएन विकास बजेट


Advertisment
Nabil box
Kumari

धनुषाको कमला नगरपालिकामा विकास बजेट १ प्रतिशत पनि खर्च हुन सकेको छैन । आर्थिक वर्ष सकिनै लाग्दा पनि विकास निर्माणका लागि संघीय सरकारबाट प्राप्त अनुदानको १ रुपैयाँ पनि खर्च गर्न नसकिएको कमला नगरपालिकाका प्रमुख (मेयर) रामुदगार गोईतले बताए । ‘हाम्रो नगरपालिकामा १ प्रतिशत पनि रकम खर्च हुन सकेन । नगरवासीले देखेको विकासको सपना पूरा हुन सकेन,’ उनले भने ।

Vianet communication

मेयर गोईतले आयोजना गरेको नगरसभा अवैध रहेको भन्दै नगरपालिकाका ११ जना वडाध्यक्ष र सदस्यले अदालतमा नगरसभा खारेज गरी अर्को सभा गराउन माग गर्दै मुद्दा दिएका थिए । नगर सभा हुने सूचना नगराएकाले नगरसभा अवैधानिक रहेको भन्दै दिइएको मुद्दामा अदालतले नगर सभाका योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

अदालतबाट मुद्दा फैसला हुँदा सभा खारेजी गरी नयाँ गर्न आदेश गरिएको थियो । ‘अदालतको आदेशपछि नगरसभा गर्न सकिएन र पूरानो सभामा विनियोजित योजना कार्यान्वयन पनि गर्न सकिएन,’ मेयर गोईतले भने, ‘अहिले आर्थिक वर्ष २०७५/७६को नगरसभा गरेका छौं ।’

कर्मचारी नहुँदा १० प्रतिशत बजेट मात्र खर्च

धनुषाको सबैला नगरपालिकामा हालसम्म बजेटको १० प्रतिशत रकम मात्र खर्च भएको छ । असार मसान्तसम्म १५ प्रतिशतसम्म रकम खर्च हुन सक्ने मेयर विजय शंकर प्रसाद साहले बताए । ‘कुल २२ करोड बजेट विनियोजन गरिएपनि कर्मचारी नै नभएका कारण रकम खर्च हुन सकेन,’ उनले भने ।

धनुषाकै हंशपुर नगरपालिकामा चालू आर्थिक वर्षको अन्त्यसम्म करीब ६० प्रतिशत रकम खर्च गर्न सकिने मेयर रामज्ञान मण्डल बताउँछन् । ‘धेरै समय नगरपालिकामा प्रशासकीय अधिकृत नै आउन सकेन,’ उनले भने । नगरमा उपमेयर र मेयरबीच निरन्तर विवाद चलेकाले पनि विकास निर्माणको कामले गति लिन नसकेको भएपनि कतिपय योजनाहरू सफलतापूर्वक सम्पन्न भएको उनले दावी गरे ।

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले बजेटको ७५ प्रतिशत खर्च भएपनि असार मसान्तसम्म ९० देखि ९५ प्रतिशतसम्म रकम खर्च गरिसक्ने बताए । १५ देखि २० किलोमिटरसम्म सडक पीसीसी ढलान, ढल निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि लगायतमा रकम खर्च गरिएको उनले बताए ।

महोत्तरीकै भंगहा नगरपालिकाका मेयर सन्जीव साहले बजेटको ९० प्रतिशत रकम आर्थिक वर्षको अन्त्यसम्म खर्च गरिसक्ने बताए । ‘दलित वस्तीमा २५ वटा सामुदायिक भवन निर्माण गर्ने योजनामा २२ वटा निर्माण कार्य सम्पन्न भइसक्यो,’ उनले भने, ‘२ करोडको लागतमा बजारमा ढल निर्माण गर्ने योजनाको टेण्डरमा ४७ प्रतिशतमुनि गएर उप्रेको रुपैयाँमा सडकमा पीसीसी ढलान, कृषि सडक, कृषि विद्युतीकरण, सार्वजनिक शौचालयको निर्माण लगायतको काम गरिएको छ ।’

जन्मदर्ता गराउँदा ३ हजार रुपैयाँ र छात्रालाई साइकल सहयोग 

धनुषाको मिथिलाबिहारी नगरपालिकाका मेयर अनिलकुमार साहले चालू आर्थिक वर्षको मसान्तसम्म करीब–करीब बजेटको शतप्रतिशत रकम खर्च गरिसक्ने दावी गरेका छन् ।

असार ११ गतेसम्म ९० प्रतिशत जति रकम खर्च भइसकेको बताउँदै मेयर साहले भने, ‘नगरपालिकाको १० वटै वडामा सडक पीसीसी ढलान, नगरपालिकाका लागि जेसीबी, ट्रयाक्टर, सेफ्टी ट्यांकी सफा गर्ने गाडी लगायतका विभिन्न उपकरण खरिद गर्ने सम्झौता गरेका छौं ।’

मेयर साहले रचनात्मक काम गरेर नगरका जनताको मन जित्न सफल भएका छन् । ‘छोरी बचाऊ, छोरी पढाऔं नारा दिएर नगरमा बच्चा जन्माएको ३५ दिनभित्र जन्मदर्ता गराउँदा प्रतिबच्चा ३ हजार रुपैयाँका दरले अभिभावकलाई दिने गरेका छौं,’ मेयर साहले लोकान्तरसँग भने, ‘नगरभित्र सामुदायिक विद्यालयमा ८ कक्षामा पढ्ने छात्रालाई पढाइमा प्रोत्साहनका लागि एउटा–एउटा नयाँ साइकल किनेर दिने गरेका छौं ।’ नगरमा ३ सय ५० जना छात्राले साइकल प्राप्त गरिसकेका छन् ।

त्यसैगरी, मुटु र पक्षघातका रोगीलाई उपचार गराउन १ पटकका लागि १५ हजार रुपैयाँ दिने निर्णय समेत नगरपालिकाले गरेको छ । हालसम्म करीब २ सय ५० जना व्यक्तिले त्यसका लागि निवेदन दिएका छन् ।

‘केही दिनमै सम्पूर्ण वडाका वडाध्यक्षलाई बोलाएर त्यो रकम हस्तान्तरण गर्ने छौं,’ मेयर साहले भने, ‘रकम दिनुभन्दा पहिले चिकित्सक बोलाएर वास्तविक रोगी हुन् कि होइनन् भन्ने परीक्षण गरिने र पोषण आहारा वाफत रकम हस्तान्तरण गरिने छ ।’ नगरपालिकाका ज्येष्ठ नागरिकलाई दोसल्ला सम्मान र राहात स्वरूप रकम नगरपालिकाबाट प्रदान गरिने कार्यक्रम तय भएको उनले बताए ।

अध्यक्षले बनाए आफ्नै बुवाको शालिक

धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकाका अध्यक्ष मनोजकुमार यादवले बजेटको रकमबाट आफ्नै दिवंगत बुवाको शालिक निर्माण गराएका छन् । करीब २० लाख रुपैयाँको लागतमा उनले बुवाको शालिक निर्माण गरेका छन् ।

यादव भन्छन्, ‘जनताले नै माग गरे बमोजिम मैले बुवाको शालिक बनाएको हो । मेरो लागि त्यो कुनै जरूरी थिएन । तर, जनताले नै भनेपछि मैले नाईं पनि भन्न सकिनँ ।’ राप्रपाबाट निर्वाचित गाविस अध्यक्ष भइसकेका उनका बुबा भोला यादवको राजनीतिक कारणले हत्या गरिएको थियो ।

नगरपालिकामा बजेटको ७५ प्रतिशत रकम खर्च भइसकेको र बाँकी रकम पनि खर्च हुने उनले बताए । सिँचाइका लागि करीब १२ किलोमिटरसम्म नहर खनाइएको, सडक पीसीसी ढलान, कृषि लगायत क्षेत्रमा रकम खर्चिएको अध्यक्ष यादवले बताए ।

सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाइ

महोत्तरीको मनरा शिसवा नगरपालिकामा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ अनिवार्य गरिएको छ । नगरपालिकाका २३ वटा सामुदायिक विद्यालय र ४ वटा मदरसामा यसपालि बाल कक्षाबाट अंग्रेजी माध्यममा पढाइ शुरू गराइएको हो ।

मेयर संजय सिंहले भने, ‘बाल कक्षाका विद्यार्थीका लागि नगरपालिकाकै तर्फबाट पोशाक, टाइबेल्ट, झोला निःशुल्क वितरण गरेको छु ।’ यसपालि बाल कक्षामा अंग्रेजी माध्यमको पढाइ शुरू गरिएपनि अर्को वर्षदेखि कक्षा १ हुँदै अंग्रेजी माध्यममै अपग्रेड गर्दै लैजाने योजना रहेको उनले बताए । ‘कक्षा ६ देखि माथिका छात्राका लागि स्यानेटरी प्याड वितरण गर्ने गरिएको छ,’ उनले भने ।

दलित विद्यार्थीलाई ४ सय अतिरिक्त छात्रवृत्ति 

गौशाला नगरपालिकामा पनि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ शुरू गराइएको छ । मेयर शिवनाथ महतोले भने, ‘बाल विकासमा ‘अल इन वन’ नारा दिएर अंग्रेजी माध्यममा पढाइ शुरू गराएको छु, दलित समुदायका विद्यार्थीलाई झोला र पाठ्यपुस्तक नगरपालिकाबाट निःशुल्क वितरण गरेको छु, छात्रालाई स्यानेटरी प्याड वितरण गरेको छु ।’

४ वर्षमुनिका दलित विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रतिमहिना प्रतिविद्यार्थी ४ सय रुपैयाँ अतिरिक्त छात्रवृत्ति दिने गरेको उनले बताए ।

बच्चालाई ‘बेबी जोन्सन पाउडर’ र बेहुलीलाई आमला तेल उपहार !

महोत्तरीको सोनमा गाउँपालिकामा विभिन्न किसिमका आकर्षक ‘अफर’ दिइएको छ । बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गरेमा बच्चालाई एउटा ‘बेबी जोन्सन पाउडर’ उपहार दिने गरिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार यादवले भने, ‘विवाह गरेका दम्पत्तिले विवाह गरेको ३५ दिनभित्र विवाह दर्ता गराउँदा महिलालाई आमला तेल दिने गरेका छौं । तर, यति उपहार दिँदा पनि जनतामा चेतनाको अभावका कारण त्यस्ता दर्ता गराउने संख्या भने बढेको छैन ।’

गाउँपालिकामा बजेटको ७५ प्रतिशत रकम खर्च भइसकेको भन्दै उनले भने, ‘महोत्तरी जिल्लाको हुम्ला–जुम्लाजस्तै दुर्गम गाउँपालिकाको रूपमा रहेको सोनमामा अधिकांश सडक पीसीसी ढलान गरेका छौं, कृषिमा लगानी गरेका छौं ।’

विद्यालयमा विद्युतीय हाजिरी र सीसीटीभी क्यामेरा

धनुषाको गणेशमान चारनाथ नगरपालिकाले ८० प्रतिशत रकम खर्च गरिसकेका छ । २३ करोड बजेटमध्ये शिक्षामा डेढ करोड, स्वास्थ्यमा ५० लाख, पर्यटनमा १ करोड, बृद्धाश्रममा ६५ लाख, ४ वटा वडामा १/१ करोड रुपैयाँ बजेट खर्चिएको मेयर रामबाबु यादवले बताए ।

‘नगरपालिकामा रहेका २२ वटा विद्यालयमध्ये १९ वटा विद्यालयमा दिनको ३ पटक हाजिरी गर्नका लागि विद्युतीय हाजिरी मेसिन लगाएको छु, प्रत्येक विद्यालयमा सीसीटीभी क्यामेरा र जेनेरेटर जडान गर्दैछु,’ मेयर यादवले भने, ‘विद्युतीय हाजिरी मेसिन लगाएपछि शिक्षकले बिरोध गरिरहेका छन्, दिनभरि बस्नु परिरहेको छ, खाजाभत्ता अतिरिक्त दिनुपर्यो भन्दै माग गरिरहेका छन् ।’

नगरपालिकाको डुमरिया, राधापुर र बरमझियामा विद्युतीय हाजिरी मेसिन शिक्षकले जडान गर्न नदिएको उनले बताए । ‘११ वडाका ११ वडाध्यक्षलाई १/१ मोटरसाइकल किनेर दिएको छु, कार्यपालिकाका सबै ६० जना सदस्यलाई पोशाक दिएको छु,’ मेयर यादवले भने, ‘पुरुषलाई कोट, पाइन्ट र सर्ट दिएको छु भने महिलालाई साडी र सुट दिएको छु ।’

किरीया खर्चवाफत १० हजार

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पनि नगरपालिकाले नगरवासीलाई विभिन्न किसिमका सुविधा दिइरहेका छन् । ‘गर्भवती भएको महिलालाई ९ महिनासम्म पोषणका लागि १८ सय रुपैयाँ दिइरहेको छु, बच्चाको जन्मदर्ता बनाउँदा थप २४ सय रुपैयाँ दिइरहेको छु,’ नगरपालिकाका मेयर योगेन्द्र पंजियारले भने, ‘असहाय नागरिकको मृत्यु भएपछि मृत्यु दर्ता बनाउने बेलामा दाहसंस्कार र किरीया खर्चवाफत १० हजार रुपैयाँ दिने गरेको छु, असहाय रोगीलाई ५ हजार रुपैयाँ उपचारवाफत दिइरहेको छु ।’

ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सक लगेर उपचार गराएको उनले बताए । ‘सबै काम गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोतको रकम खर्च गरेको छु,’ पंजियारले भने । ३१ करोड रुपैयाँ बजेटमा ७० प्रतिशत रकम खर्च गरिसकेको उनले बताए ।

एसईईमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

धनुषाको औरही गाउँपालिकामा २६ करोड रकम बजेटको ८५ प्रतिशत रकम खर्च भइसकेको छ । अध्यक्ष ब्रह्मदेव यादवका अनुसार विकास निर्माणमा ती रकम खर्च गर्नुका साथै सामुदायिक विद्यालयबाट एसईई परीक्षामा ‘ए’ र ‘ए प्लस’ ग्रेड ल्याएका विद्यार्थीलाई ११ र १२ कक्षाको सम्पूर्ण पढाइको खर्च नगरपालिकाले नै व्यहोर्ने छ । ‘अहिले त्यस्ता विद्यार्थीको लगत संकलन गर्ने काम भइरहेको छ, जिल्लामा जुनसुकै विद्यालयमा पढेपनि पढाइ खर्च नगरपालिकाले व्यहोर्छ,’ यादवले भने ।

त्यसैगरी, धनुषाकै शहीदनगर नगरपालिकाले एसईई परीक्षामा नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउने १ जना छात्र र १ जना छात्रालाई काठमाडौंमा अध्ययन गराउन लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने मेयर उदय बर्बरिया यादवले बताए । यादवले भने, ‘नगरपालिकाका ३ सय ४५ जना अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर वितरण, दृष्टीविहीन ५ जनालाई स्ट्रीक वितरण गरिएको छ ।’

गुणस्तरहीन काम भएको गुनासो

स्थानीय तहमा भइरहेका भौतिक पूर्वाधार निर्माणका काम गुणस्तरहीन रहेको गुनासो गरिएको छ । जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव वनरैत यादव भन्छन्, ‘मौखिक र लिखित रूपमा पनि स्थानीय तहमा भइरहेको काममा अनियमितता भएको भन्दै गुनासो आइरहेका छन्, अब हामी पनि ती कामको अनुगमन गर्ने छौं ।’

जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश सिंहले पनि विकास निर्माणका काममा अनियमितता भएको गुनासो सर्वसाधारणबाट बढेको स्वीकार्छन् । जनप्रतिनिधिले आफूखुशी गरेको, नातेदार तथा निकटका व्यक्तिलाई कोटेसनमा काम दिएको, असार महिनामा बजेट पचाउनकै लागि काम गर्दा आर्थिक हिनामिना भएको, भ्रष्टाचार, घुसखोरी र कमिशनतन्त्र बढ्दै गएको स्थानीयको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x