माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
काठमाडौं, १४ असार – नागरिकले दैनिक कामकाज छाडेर सडकमा विरोध गर्नुपर्ने अवस्था आउनु माग पूरा गराउने उत्तरार्धको उपाय हो । वक्तव्यवाजी गर्ने, ज्ञापनपत्र बुझाउने, भेटघाट र छलफल गर्ने लगायतका चरण पार गर्दा पनि मागको सुनुवाइ नहुँदा सडक संघर्ष र प्रदर्शनको आवश्यकता पर्छ । संघीय राजधानी काठमाडौंमा आफ्ना माग पूरा गराउन प्रदर्शन गर्ने अन्तिम थलो र एक मात्र विकल्प जस्तै थियो माइतीघर मण्डला । तर, त्यहाँ विरोध गर्न सरकारले निषेध गरेको छ ।
नागरिक आवाज सुनाउने एउटै मात्र थलो हो त माइतीघर मण्डला ? गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारी पक्षबाट यो प्रश्न गरियो । आम नागरिक स्तरबाट जवाफ दिनुपर्दा साँच्चिकै त्यो एउटा मात्रै विकल्प हो भन्दा फरक नपर्ला । सरकारले बुझ्नुपर्ने कुरा के हो भने – विरोध सुनाउने थलोभन्दा सुन्ने सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने हो । सरकारले नसुन्ने प्रवृत्ति बढेपछि मात्रै नागरिकले विरोध गर्ने थलोको खोजी गर्ने हुन् ।
नागरिकले विरोध गर्ने थलो छान्नुपर्दा जुन ठाउँमा विरोध गर्दा बढी प्रभावकारी हुन्छ, त्यही ठाउँ रोज्ने हुन् । नागरिकका माग सरकारका प्रधानमन्त्री, मन्त्री र राजनीतिक नेतृत्वसँग बढी ठोक्किने भएकाले प्रदर्शन गर्ने ठाउँ मन्त्रीको नजर पर्ने ठाउँमै हुनुपर्छ । माइतीघर मण्डला विरोधका लागि यस्तो उपयुक्त ठाउँ हो, जुन बाटो भएर हरेक दिन अधिकांश मन्त्री ओहोरदोहोर गरिरहेका हुन्छन् । मन्त्रीहरूको सरकारी निवास ललितपुरको पुल्चोकबाट कार्यालय सिंहदरबार जाने रुटमा माइतीघर पर्छ । विरोध प्रदर्शनमा बढीभन्दा बढी आम नागरिकको नजर पुग्ने ठाउँ पनि हो माइतीघर मण्डला ।
माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न नपाइने बताउँदै सरकारले विभिन्न स्थान निर्धारण गरेको छ । जिल्ला सुरक्षा समिति काठमाडौं र महानगरपालिकाको छलफलले २०७४ चैत ३० गते नै विरोध गर्ने स्थल निर्धारण गरिसकेको थियो । जसमा काठमाडौं खुलामञ्च, तिनकुने खुलाचौर कोटेश्वर, भुइखेल चौर भगवान पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुलास्थान र सिफल चौर गौशालालाई तोकेको छ । विरोध प्रदर्शन स्थलका लागि तोकिएका क्षेत्रमा सरकारका मन्त्रीको नजर पर्ने सम्भावना कति हुन्छ ? मन्त्रीको नजर नै नपुगेपछि विरोध प्रदर्शनका क्रममा राखिएका माग पूरा हुने ग्यारेन्टी के छ ? यी सवाल विरोध प्रदर्शनको औचित्यसँग जोडिएका छन् ।
विरोध गर्नका लागि तोकिएका स्थानमध्ये ‘भगवान पाउ’ पनि परेछ । सिंहदरबार र सरकारका मन्त्रीको नजरबाट सरकारले आन्दोलन र विरोधलाई स्वयम्भुको फेदमा रहेको भगवान पाउमा पठाइदिएको छ । भगवान पाउमा विरोध प्रदर्शन गर्दा माग पूरा हुने सम्भावना पनि ‘भगवान भरोसा’ नै होला । भक्तपुरको पेप्सीकोला खेलमैदान लगायत क्षेत्रलाई विरोध स्थलका रुपमा तोकेर सरकारले विरोधलाई आफ्नो जिम्मेवारीबाट टाढा धकेल्न खोजेको छ, यो उचित होइन ।
माइतीघरमा विरोध गर्दा माग पूरा गराउन सरकारलाई बढी दबाब पर्छ । अन्यत्र स्थलमा विरोध गर्दा पनि माग पूरा हुने भए माइतीघर नै रोज्नुपर्ने अनिवार्य छैन । माइतीघरको सौन्दर्यलाई सरकारले जस्तै नागरिकले पनि सर्वाेपरी ठानिदिन सक्लान् । तर, अन्यत्र विरोध गर्दा सरकारले माग पूरा गरिदिने कि नगर्ने ? यो मुख्य सवाल हो ।
सरकार संवेदनशील हुने हो भने वक्तव्यवाजी, ज्ञापनपत्र र छलफलकै आधारमा पनि विरोध प्रदर्शन नगरिकनै नागरिकलाई सम्बोधन गर्न सकिन्छ । त्यसो भयो भने माइतीघर मात्रै होइन, कतै पनि विरोध प्रदर्शन गर्नुपर्ने छैन ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...