×

NMB BANK
NIC ASIA

प्रदेश सरकार सुस्त : सर्वसाधारण बाढीमा बग्दै, सरकार अल्झियो ऐनमै

असार १९, २०७५

NTC
Premier Steels

जनकपुरधाम, १९ असार – प्रदेशमै सरकार बनिसकेकाले सर्वसाधारणले हरेक समस्यामा प्रदेश र स्थानीय सरकारप्रति आशा गर्छन् । प्राकृतिक विपद् व्यवस्थापनमा समेत प्रदेश सरकारप्रति आशा गरेका २ नम्बर प्रदेशका सर्वसाधारणले निराश हुनुपर्ने अवस्था आएको छ ।

Muktinath Bank

वर्षाले प्रदेशमा बाढी आएर जनधनको क्षति हुन थालेपनि पनि प्रदेश सरकार सुस्त बसेको छ । कतिपय खोलामा बाढी खतरा सतहसम्म पुगिसकेको भएपनि प्रदेश सरकारले आवश्यक प्रतिकार्य गर्न सकेको देखिएन । आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् व्यस्थापन शाखाका शाखा अधिकृत हेमबहादुर कार्की भन्छन्, ‘विपद् सम्बन्धी उद्दार तथा राहात सम्बन्धी मापदण्ड तथा कार्यविधि त हामीले बनायौं, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको मस्यौदा पनि तयार गरेर मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ, केही दिनमै प्रदेश सभामा टेबल पनि हुन्छ । तर, आवश्यक ऐन नियमको अभावमा काम अघि बढ्न सकेको छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गठन गरिएको विपद् व्यवस्थापन कोषमा २ करोड रुपैयाँ छुट्याइएको छ । तर, खर्च गर्न सकिएको छैन । राष्ट्रिय आपतकालीन केन्द्र काठमाडौंबाट राहात तथा उद्दारका लागि केही दिनअघि नै १ ट्रक सामान पनि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आइसकेको छ । आवश्यकता अनुसार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको समन्वयमा काम हुने कार्कीले बताए ।


Advertisment
Nabil box
Kumari

सरकार नै सूचनाका लागि समाचारको भरमा !

Vianet communication

बाढीको पूर्वसूचना दिने प्रविधि प्रदेश सरकारसँग छैन । जल तथा मौसम विज्ञान विभागमा मन्त्रालयले सूचना प्रदान गरिदिन आग्रह गरेको छ, त्यसकै भरमा मन्त्रालयले केही सूचना पाइरहेको छ । प्रदेशका जोखिमयुक्त क्षेत्रबारे पनि प्रदेश सरकारसँग पर्याप्त र भरपर्दो जानकारी छैन ।

मन्त्रालय मातहतको विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत हेमबहादुर कार्कीले भने, ‘प्रदेश प्रहरीको कार्यालयबाट प्राप्त हुने सूचना, जाहेरी र मिडियामा आएका समाचारबाट नै प्रदेश सरकारले पनि सूचना पाइरहेको छ ।’ उनका अनुसार मंगलबार प्राप्त भएको सूचना अनुसार रौतहट र सर्लाहीको लालबकैया खोलामा बाढीले कटान गरेर गाउँमा पानी पस्ने खतरा छ । तर, पूर्वसूचना प्रणालीको प्रविधि जडान नभएका कारण समस्या भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहका अनुसार सबै जिल्लामा जिल्ला प्रहरी कार्यालयहरू उच्च सतर्कताको अवस्थामा बसिरहेका छन् । ‘हामीसँग डुंगा नभएका कारण प्रहरी प्रधान कार्यालयसँग प्रत्येक जिल्लाका लागि एउटा–एउटा डुंगा, डोरी, कोदालो, गैंची, वूड कटर, टेन्ट  तथा केही अत्यावश्यक सामग्री माग गरिसकेका छौं,’ साहले भने, ‘सप्तरीको राजविराजमा २६ जना प्रहरीको ‘स्विमर स्क्वाड’ तैनाथ समेत गरिसकेका छौं ।’

मुख्यमन्त्री राउतले लिए जानकारी

प्रदेशका विभिन्न जिल्लाको अवस्था बुझ्न प्रदेश मुख्यमन्त्री लालबाबु राउतले आज सुरक्षा निकायसँग छलफल गरेका छन् । प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहका अनुसार बैठकमा मुख्यमन्त्रीले विपद्को वर्तमान अवस्था, पूर्वतयारी र राहात तथा उद्दारको बन्दोबस्तबारे जानकारी लिएका छन् । 

‘विभिन्न जिल्लामा दक्ष जनशक्तिसहित पूर्वतयारी अवस्थामा हामी बसेका छौं, केही  भए तत्कालै उद्दार कसरी गर्ने भन्ने कुरा हाम्रो पहिलो प्राथमिकता रहेको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारीको तयारी

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद् व्यवस्थापन समिति तयारी अवस्थामा बसेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहका अनुसार जिल्लामा २० जना नेपाली सेना, १८ जना नेपाल प्रहरी र १५ जना सशस्त्र प्रहरी गरी ५३ जनाको संयुक्त टोली गठन गरेर तयारी अवस्थामा बसेका छन् ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित टोलीमा सुरक्षा निकायका अतिरिक्त नेपाल रेडक्रस सोसाइटी, प्राक्टिकल एक्सन लगायत संस्थाबाट तालिम प्राप्त स्वयम्सेवक पनि तयारी अवस्थामा राखिएको छ । तयारीका बाबजूद राहात तथा खाद्यान्न सामग्री भने उपलब्ध नरहेको, बाढीको क्रममा बाटो अवरुद्ध भएपछि अवरोध हटाउन आवश्यक पर्ने सवारीसाधन तथा उपकरण जिल्लाको यान्त्रिक कार्यालयमा अभाव रहेपछि निजी क्षेत्रबाट झिकाउने तयारी गरिएको प्रशासकीय अधिकृत साहले बताए ।

प्रमुख जिल्ला अधिकारीले जिल्लाका प्रत्येक स्थानीय तहमा पत्राचार गरेर बाढी आउने जोखिम क्षेत्रको पहिचान गरी वस्तीका जनतालाई पूर्वसूचना जारी गर्न, बाढीमा फसेकालाई उद्दार गरी सुरक्षित स्थानमा अवतरण गर्न विद्यालय खाली गराउन, विद्यालयमा खानेपानीका लागि उचित व्यवस्थापन गरेर राख्न, एम्बुलेन्स सुचारू अवस्थामा राख्न यसअघि नै निर्देशन गरिसकेका छन् ।

धनुषामा कमला नदी र जलाध नदीको जलाधार क्षेत्रका गाउँ वस्ती बाढीको जोखिममा रहेकाले ती नदीको अवस्थाबारे सूचना प्रवाह गर्नका लागि जल तथा मौसम विज्ञान विभागमा प्रजिअले समन्वय गरिरहेका छन् ।

वर्षा र बाढीले प्रदेश प्रभावित

विगत ३ दिनदेखि परेको वर्षाले २ नम्बर प्रदेशको जनजीवन प्रभावित भएको छ । प्रदेशका कतिपय जिल्लाका नदीमा बाढी आएको छ भने कतिपय नदीको बाढीले नदी कटान गरेका कारण गाउँवस्तीमा बाढीको पानी प्रवेश गर्ने खतरा बढेको छ । केही जिल्लामा मानवीय क्षति हुनुका साथै भौतिक क्षति समेत भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढीका कारण सिरहा गोलबजार नगरपालिका–३ बस्ने ४० वर्षकी मानसिक सन्तुलन ठिक नभएकी बीना योन्जनलाई हिजो मैनाबत्ति खोलाले बगाएपछि स्थानीय प्रहरी टोलीले उद्दार गरेका छन् । योन्जनलाई तत्कालै उद्दार गरी गोलबजारस्थित हेल्थ केयर अस्पतालमा भर्ना गराइएको छ । उनको अवस्था गम्भीर रहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

पर्सामा विद्यालयबाट घर फर्किने क्रममा फन्ती खोलामा आएको बाढीमा बगेर २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक साहले बताए । केही विद्यार्थी विद्यालयबाट घर फर्किरहेको बेलामा खोलामा बाढी आएर घेरिएका थिए । १ छात्राको मृत्यु भइसकेको छ भने १ जना बेपत्ता छन् । बाँकी २ जना विद्यार्थीलाई प्रहरी टोलीले उद्दार गर्न सफल भएको प्रहरी निरीक्षक साहले बताए । खोलामा आएको बाढीले १ चौपाया पनि बगेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–९ मा हिजो अन्दाजी ७० वर्षका मानसिक अवस्था ठीक नभएका टेकबहादुर विक हरिवन खोलामा बगेर बेपत्ता भएका छन् । सर्लाहीको रामनगर नगरपालिका–६ स्थित स्वास्थ्य चौकीभित्र वर्षाको पानी पसेपछि अन्दाजी ४० हजार रुपैयाँ बराबरको औषधि क्षति भएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–११ सिसौटियाका दिलिपकुमार अधिकारीको १ तल्ले कच्ची घर हिजो पूर्णरूपले क्षतिग्रस्त भएपछि उनका परिवार दाजुभाईको घरमा बसोबास गरिरहेको प्रदेश प्रहरीले बताएको छ । महोत्तरी र रौतहट जिल्लामा वर्षा र बाढीका कारण केही व्यक्तिको कच्ची घर पूर्णरूपले क्षतिग्रस्त भएपछि विस्थापित परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x