×

NMB BANK
NIC ASIA

थोत्रा गाडी हटाउने तर थोत्रा नेताहरू नहटाउने ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
राजधानी काठमाडौं उपत्यकाबाट बीस वर्ष पुराना थोत्रा गाडीहरू हटाउन सरकारले पहलकदमी लिइरहेका कर्णप्रिय समाचार दिनानुदिन सुन्न पाउनु नेपालीका लागि सुखद समाचार बनेको छ । तर दुर्भाग्य भनुँ या नियतिको खेल भनुँ, तीसौं वर्ष पुराना, थोत्रा, विचारशून्य र मक्किएका मानिस (नेता)हरूको हातमा यो देशको लगाम छ ।
थोत्रा नेताहरू र थोत्रा गाडीहरूबीचमा धेरै समानता देखिन्छ । बीस वर्ष पुराना गाडीहरू उपत्यका र बाहिर गरेर करीब पाँच हजारको संख्यामा छ भन्ने तथ्यांक यातायात व्यवस्था कार्यालयले दिएको छ भने करीब त्यसको दोब्बर संख्यामा थोत्रा नेताहरू उपत्यका र उपत्यकाबाहिर छरिएर रहेका छन् । संसदमा रहेका ६ सय थान उनीहरूसँग पराजित भएका अर्को ६ सय थान, माओवादी केन्द्रका चार हजार केन्द्रीय सदस्य र बाँकी पार्टीका औसत तीन सय केन्द्रीय सदस्य राख्ने हो भने अझ दशहजारको आँकडा पार गर्छ ।

पञ्चायत तीस वर्ष टिक्यो, तर पञ्चायतकालदेखि आजसम्म पनि राजनीति गरेका नेताहरू चालीस वर्षसम्म देश र जनता चुस्दा पनि अघाएनन् । खिया लागेको टिनमा नक्कली जलप लगाएर पञ्चहरू अहिले पनि जनतालाई दिग्भ्रमित पार्न कोशिश गर्दैछन् ।

रंगरोगन गरेर होस् या नयाँ ब्रान्डमा पुराना सामान राखेर होस्, नेपाली बजारमा सामानहरू र नेताहरू बराबर बिक्छन् । आज फलानो यातायात भनेर चक्रपथमा चलेका गाडीहरूले भोलिपल्ट निधारमा ढिस्कानो यातायात र पर्सिपल्ट चिलानो यातायात बनाएर रंगरोगन गरेर यात्रुहरू चढाइरहेका भेटिएझैं, आज समाजवाद नाम गरेका नेताहरूले जनताको बुद्धि भुटेका छन् भने भोलि तिनैले जनवादको नामबाट भुट्छन् । गजबको समानता छ थोत्रा नेताहरू र थोत्रा गाडीहरूको ।

ट्राफिक नियम र प्रहरी प्रशासनको वरीयता उल्लंघन गर्ने काममा दुवैमा एकरत्ती पनि फरक छैन । विना काममा हर्न बजाएर ध्वनिप्रदूषण गर्ने गाडी र हातमा कैंची लिएर रिबन काट्न हिँड्दै गर्दा बाटोमै दुईचारजना लाठेमुङ्ग्रे जम्मा पारेर भाषण ठोकिहाल्ने नेतामा कसैले केही फरक देख्छ भने उसको दृष्टिदोष मात्र हो ।

बीचबाटोमै टायर पंक्चर भएर यात्रुहरूलाई ओरालेर बिचल्ली पार्ने थोत्रा गाडीहरू र बीचबाटोमै सिद्धान्त पंक्चर गराएर कार्यकर्ताहरूको चिल्लीबिचल्ली पार्ने नेताहरू दुवैको एउटा अर्को समानता भनेको नयाँ गाडी र नयाँ वाद खोज्नु हो । त्यसमा मान्छेहरू अटेपनि नअटेपनि अटेसमटेस गरेर बोकेर हिँड्न हतारिइहाल्छन् ।

अझ बाटोमा बढी यात्रु चढाएको, बढी भाडा लिएको या कुनै आरोपमा ट्राफिकले समातिहाल्यो भने जरिवानाको सट्टा चियापानी खर्चमा कुरा मिलाएर लिएर हिँड्ने गाडीका चालकहरू र बीचमा अख्तियार, सर्वोच्च अदालत अनि संसदीय समितिको फेला परे भने नेताहरूले पनि टेबलमुनिबाट चियापानी चढाएर फेरि आफ्नो थोत्रो सिद्धान्तको गाडी हाँक्न आतुर भैहाल्छन् ।

चियापानी खर्च गाडीको हकमा केही सय या हजारसम्म पुग्छ भने नेताहरूको हकमा लाखदेखि करोडसम्म पुग्छ । यसमा अर्को गजब त के भेटिन्छ भने आफू छिटो पुग्ने आशामा यात्रुहरूले पनि ड्राइभर या नेताको पक्ष लिएर चियापानीलाई अनदेखा गरिदिन्छन् जबकि थोत्रा गाडीहरू र थोत्रा नेताहरूको पछि लाग्दा कहाँसम्म पुगिने हो, कुनै भरोसा हुँदैन ।

एकथरीले वातावरण प्रदूषण गरिरहेका छन्, अर्काथरीले राजनीति प्रदूषित गरिरहेका छन् । एकाथरीको पाइपबाट धूवाँ निस्कन्छ भने अर्काथरीको किलकिलेबाट नाइट्रोअक्साइड हावा निस्कन्छ, जसलाई सुँघेर यात्रुहरू मरीमरी हाँस्छन् ।

गाडीहरूको पछाडि एकप्रकारको साहित्यिक लाइन कोरिएको हुन्छ । जस्तै, फेरि भेटौंला, मायाको साइनो, नेपाल त पहिलेकै ठीक, आदि इत्यादि । त्यस्ता साहित्यिक जस्ता लाग्ने मीठा मीठा शब्दहरू नेताहरूको पछाडि पनि लेखिएको हुन्छ । जस्तै, शान्ति, विकास र निकास, नौलो जनवादी क्रान्ति, नयाँ नेपाल र समृद्ध नेपाल आदि इत्यादि ।

न त फेरि भेटौंला लेखेको गाडीको कहिले भेट्ने टुङ्गो हुन्छ, न त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लेखेको नेताले नेपालको राष्ट्रियताको रक्षा गर्दै समाजवादी व्यवस्था ल्याउने टुङ्गो हुन्छ । न त मायाको साइनो लेख्ने गाडीले यात्रुहरूलाई माया गरेर दुईचार रुपैयाँ भाडा घटाउन सक्छ, न त समृद्ध नेपाल लेखेको नेताले नेपाललाई कहिल्यै समृद्ध बनाउँछ ।
लेखक अर्याल

गाडीहरू ठाउँठाउँमा डिजेल हाल्ने भनेर रोक्छन् । डिजेल भएन भने एयर लिन्छ र गाडीको इन्जिन खराब हुन्छ । नेताहरू पनि बेलाबेलामा डिजेल, पेट्रोल या ग्यास हाल्न स्टेसनतिर गैरहन्छन् । अहिले नेताहरूको लागि संयुक्त इन्धन पम्प चाहिँ लैनचौर भएको छ ।

त्यहाँभित्र नछिर्ने नेताहरू फुल स्पीडमा भाग्न सक्दैनन् । तर उल्टो के भने इन्धन नहाल्दा गाडीले एयर लिन्थ्यो भने इन्धन नहाल्दा नेताहरूको एयर खल्यातखुलुत बाहिर निस्किन्छ र हेर्दा मरन्च्याँसे देखिन्छन् ।

काठमाडौंमा ससाना माइक्रोबसहरूले यातायात सेवा प्रदान गरिरहेका छन् । यसो हेर्दा यातायात समितिहरू सयभन्दा माथिका हाराहारीमा छन् ।

नेताहरूले पनि ससाना समितिहरूमार्फत मान्छेको ब्रेनवास गर्दिने सेवा दिन्छन् । संसदभित्र र बाहिर गरेर सयको हाराहारीमा पार्टीहरू छन् । संख्यामा लगभग उस्तै समानता देखिन्छ ।

हुन त विश्वका कतिपय ठाउँमा चल्ने गाडीहरू, ट्रेनहरू रिमोटबाट चल्छन् तर नेपालमा गाडीहरू चलाउन अझै पनि ड्राइभरको नै आवश्यकता पर्छ । तर नेताहरू एक स्टेप अगाडि बढेर आफूलाई आधुनिकीकरण गरेका छन् । यिनीहरू रिमोटले चल्छन् र रिमोटकै आधारमा यिनीहरूको दिशा र गति निर्धारण हुन्छ । यिनीहरूको आइटी सर्भर चाहिँ विदेशमा हुन्छ ।

यति धेरै समानता बोकेका नेताहरू र गाडीहरूबीचको संघर्ष उत्कर्षमा पुगेको छ । सयमा उनान्सय समानता भएपनि एउटा मात्र फरक के छ भने थोत्रा गाडीहरूले थोत्रा नेताहरू हटाउन सक्दैनन्, तर थोत्रा नेताहरूले थोत्रा गाडीहरू हटाउन भने मजाले सक्छन् । यो विशेषता नेताहरूले शायद जन्मिँदै लिएर आएको हुनुपर्छ ।

तर नेपालमा न त त्यस्ता गाडीहरूको आवश्यकता छ न त त्यस्ता नेताहरूकै आवश्यकता छ । अब पनि नयाँ प्रविधिबाट बनेका नयाँ मोडेलका नयाँ युवाहरू जसले तेल कम खान्छन् तर बढी माइलेज दिन्छन्, उनीहरूलाई प्रयोग गरेर देश हाँक्ने जिम्मेवारी दिन कहिले सक्षम हुने हामी ?

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x