×

NIC ASIA

महर्षि गृत्समद र उनको देन

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
वैदिक विद्वानहरूमा महर्षि गृत्समद पनि उज्ज्वल नक्षत्र हुन् । अङ्गिरावंशीय शुनहोत्रका छोरा मानिएका गृत्समद वैदिक मन्त्रद्रष्टा ऋषिमा पनि पर्छन् । ऋग्वेदको दोस्रो मण्डल उनैद्वारा देखिएका मन्त्रहरूको सँगालो मानिन्छ ।kamal rijal

यसैको कारण यस मण्डललाई गार्त्समद मण्डल भन्ने गरिएको पनि पाइन्छ । कुल ४३ वटा सूक्त रहेको यस मण्डलमा इन्द्र, अग्नि, आदित्य, मित्रावरुण, वरुण, विश्वेदेव र मरुत् आदि देवताको उपासना गरिएको ४३१ मन्त्र रहेका छन् ।
साथै नवौं मण्डलको सूक्त ८६ को ४६ देखि ४८ सम्मको मन्त्रको द्रष्टा पनि उनी नै मानिएका छन् । ऋग्वेदबाहेक अथर्ववेद, ऐतरेय ब्राह्मण, शतपथ ब्राह्मण, बृहद्देवता, महाभारत, गणेशपुराण आदिमा समेत उनको उपस्थिति राम्रै भेटिन्छ ।
शुनहोत्रका छोरा भएकाले उनलाई शौनहोत्र भन्ने गरिएको पनि पाइन्छ तर उनको प्रसिद्धि भने बढी भृगुवंशीय शुनक ऋषिका दत्तक पुत्रको रूपमा रहेको देखिन्छ । भुगुवंशी शुनकका पुत्र भएकै कारण उनलाई शौनक गृत्समद भन्ने गरिएको प्रसङ्ग कल्याण वेदकथाङ्कमा भेटिन्छ ।
गृत्सको अर्थ प्राण र मदको अर्थ अपान हुन्छ । उनी यही प्राण र अपानलाई एकैसाथ समन्वय गरेर हिँड्न सक्ने जस्ता अद्वितीय चमत्कार देखाउन सक्थे । त्यसैले उनलाई गृत्समद भन्ने गरिएको हो भन्ने विद्वानहरूको कथन छ ।
गृत्समद जति ब्रह्मज्ञानी थिए, त्यति नै कर्मकाण्डी पनि रहेका छन् । उनले ठूलाठूला वैदिक यज्ञ–अनुष्ठान सम्पन्न गराएका प्रसङ्ग वैदिक ग्रन्थहरूमा भेटिन्छ । प्रायः के देखिन्छ भने ब्रह्मज्ञानीहरू कर्मकाण्डी हुँदैनन् ।
उनीहरू कर्मकाण्ड गरेर स्वर्ग जान खोज्नु र प्वाल परेको डुङ्गामा चढेर विशाल समुद्र तर्न खोज्नु उस्तै हो भन्ने मान्यता राख्छन् । त्यस्तै कर्मकाण्डभित्र ब्रह्मज्ञानको खोजी पनि उस्तै हो । बरू निरक्षर व्यक्ति ब्रह्मज्ञानी हुन सक्छन्, भएका छन् तर कर्मकाण्डी व्यक्ति ब्रह्मज्ञानी हुन सक्दैनन् ।
यी दुवै अलग अलग धार हुन्, जुन एक स्थानमा जोडिनै सक्दैनन् तर महर्षि गृत्समद भने अपवादमा देखिएका छन् । उनले ब्रह्मज्ञानसम्बन्धी र कर्मकाण्डसम्बन्धी दुवै धारलाई एकैसाथ वहन गरेर हिँडेका छन् ।
तपस्या, पराक्रम, योग, साधना र मन्त्रशक्तिको बेजोड सङ्गम मानिने यी महर्षिलाई सबै किसिमको शक्ति प्राप्त थियो । उनी अन्तरिक्षमा उड्न पनि सक्थे र समुद्रमा हाम्फाल्न पनि सक्थे ।

तत्कालै अदृश्य हुन पनि सक्थे र तत्कालै जस्ताको त्यस्तै रूपमा प्रकट हुन पनि सक्थे । त्यस्तै सूक्ष्मरूप धारण गरी हिँड्न पनि सक्थे र विशाल रूपमा प्रस्तुत हुन पनि सक्थे । आफूलाई अत्यन्त हल्का बनाउन पनि सक्थे र अत्यन्त गह्रौं बनाउन पनि सक्थे ।
परमनोभाव बुझ्ने र परकाय प्रवेश गर्न सक्नेसम्मको सिद्धि उनमा थियो । उनी यिनै सिद्धिका कारण यथेच्छ रूप धारण गरी असुर समूहमा प्रवेश गर्थे र उनीहरूको मनोभाव बुझी देवताहरूलाई सघाउने गर्थे । त्यसैको कारण उनलाई देवराज इन्द्रले बेरोकटोक स्वर्गसम्म पुगेर आउनसक्ने अधिकार प्रदान गरेका मात्र छैनन्, थुप्रैपटक महेन्द्र सदनमा राखेर सम्मान गर्ने कामसमेत गरेका छन् ।
वैदिक ग्रन्थहरूका अनुसार एकपटक राजा पृथुले ठूलो यज्ञ गरेका थिए । यज्ञमा सुर र असुर सम्प्रदाय दुवैलाई निम्त्याइएको थियो । यज्ञको आचार्यत्व भने उनै गृत्समदले सम्हालिरहेका थिए ।
उनले धुनि र चुमुरी नामक असुरको इन्द्रलाई मार्ने मानसिक योजना मनबाटै थाहा पाए र इन्द्रको रूप धारण गरी असुरहरूले देख्ने गरी यज्ञमण्डपबाट बाहिरिए । त्यसपछि असुुुरहरूले इन्द्र आफ्ना डरले भागेका हुनुपर्छ भन्ने ठाने र उनको पिछा गर्न लागे ।Mahabharata
गृत्समद पनि उनीहरू छक्याउने धकाउने उद्देश्यले कहिले अन्तरिक्षमा देखापर्थे भने तत्कालै कहिले समुद्रमा र कहिले पृथ्वीकै क्षितिजमा झल्याकझुुलुक देखापर्ने गर्थे ।
जब असुरहरू थकाइ र आश्चर्यले हैरान हुन थाले तब आफ्नै स्वरूपमा प्रकट भई देवराज इन्द्रको प्रशंसा गर्न लागे । शत्रु इन्द्रको प्रशंसा सुन्दासुन्दा असुरहरू मनोबल गिरेर निकै कमजोर हुन पुगे ।
जस्ता चतुर ऋषिलाई असुरहरूको अवस्था बुझ्न बेर लाग्ने कुरै थिएन । यसैका लागि नै उनले त्यति ठूलो नाटक मञ्चन गरेका थिए । तत्कालै उनले इन्द्रलाई त्यसको खबर दिए । इन्द्र पनि के कम थिए र ? ऋषिको सङ्केत पाउनासाथ तत्काल प्रकट भई बज्र हानेर उनीहरूको कामतमाम गरिदिए ।
यतिबेला गृत्समदले इन्द्रलाई प्रशंसा गरेका मन्त्रहरूको समूहलाई सजनीय सूक्त भनिन्छ । ऋग्वेद दोस्रो मण्डलको बाह्रौं नम्बरमा रहेको यस सूक्तमा कुल १५ वटा मन्त्र छन् ।
मन्त्रको अन्तिममा ‘स जनास इन्दः’ भन्ने शब्द आएकाले यस सूक्तलाई सजनीय सूक्त भनिएको हो । त्यस्तै यस मण्डलको अन्तिम दुई ४२ औं र ४३ औं सूक्त वायस सूक्त भनिन्छ । यिनमा प्रत्येकको तीनवटाका दरले कुल छवटा मन्त्र छन् । यी मन्त्रद्वारा कपिञ्जल रूपधारी इन्द्रको प्रार्थना गरिएको छ ।
आश्वलायन गृह्यसूत्रमा उल्लेख भएअनुसार काग आदि पक्षीद्वारा अशुभ सङ्केत गरिएको अवस्थामा यसको जप गर्नुपर्ने देखिन्छ । त्यसैले यी दुई सूक्तलाई माङ्गलिक सूक्तको रूपमा लिन सकिने अवस्था पनि छ । यसबाहेक अन्य मन्त्र र सूक्त पनि आ–आफ्नो स्थानमा उत्तिकै महत्त्वका देखिएका छन् ।
सूक्त दुईको मन्त्र एकले अग्निलाई जल, जङ्गल, ढुङ्गा तथा वनस्पतिबाट उत्पन्न हुने तत्त्व मानेर उपासना गरेको छ भने ३२ औं सूक्तले राका, सिनिवाली पूर्णिमा आदि प्रकृतिसित सम्बन्धित तत्त्वको प्रशंसा गर्दै असल सन्तान र सम्पत्तिको कामना गरिएको छ ।
असल सन्तानको कामना गर्ने बाबुआमाले गर्भाधानको बेला यसको छैटौं मन्त्रको जप गर्नु उत्तम मानिएको छ । त्यस्तै यसै मण्डलको २३ औं सूक्तको प्रथम मन्त्रले गणेशलाई ब्रह्मणस्पतिको रूपमा उपासना गरेको छ । गणेश पुराणका अनुसार उनी गणेशको विशेष भक्त समेत मानिएका छन् । त्यसैगरी मण्डल नवौं सूक्त सूक्त ८६ को ४६ तथा ४७ र ४८ औं मन्त्रले पवमान सोमको स्तुति गर्दै रसतत्त्वको आपूर्ति सम्बन्धी कामना गरिएको छ ।
यसबाहेक महाभारतमा पनि गृत्समदको चर्चा भेटिन्छ तर महाभारतमा उल्लेख भएअनुसार भने उनी हैहयवंशी क्षत्रीय राजा वीतहव्यका पुत्रको रूपमा देखिएका छन् ।
महाभारत अनुशासन पर्वमा उल्लेख भएअनुसार एकपटक उनी काशीराज प्रतर्दनको डरले महर्षि भृगुको आश्रममा शरण लिन गएका थिए । त्यति नै बेला उनी भुगृको कृपाले क्षत्रीय कुमारबाट ब्राह्मण बन्न पुगेका देखिन्छन् भने पछि तिनै क्षत्रीय कुमार नै योग साधनाको बलद्वारा महर्षि गृत्समदको स्थानमा प्रतिष्ठापित हुन पुगेका देखिन्छन् ।

यसको आधारमा भन्नुपर्दा उनको थरगोत्रमा केही फरकपन पाउन सकिन्छ तर उनको योग्यता र योगदानको सम्बन्धमा भने सबैको मत एउटै विन्दुमा एकत्रित हुन पुगेका देखिन्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

जेठ ९, २०८१

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।&nb...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x