×

NMB BANK
NIC ASIA

योगदानमा आधारित निवृत्तिभरण : कर्मचारीले पेन्सनसँगै ब्याज र बोनस पनि पाउने !

साउन २७, २०७५

NTC
Premier Steels

काठमाडौं –चालू आर्थिक वर्ष (साउन १ गते)देखि सरकारी सेवामा प्रवेश गरेका कर्मचारीले सेवा निवृत्त भएपछि निवृत्तिभरण (पेन्सन) सँगै ब्याज र बोनस समेत पाउने व्यवस्था गर्न लागिएको छ । 

Muktinath Bank

सरकारले लागू गर्न लागेको योगदानमा आधारित निवृत्तिभरण योजनाअन्तर्गत कर्मचारीले सेवामा रहँदा गरेको योगदानको आधारमा अवकाशपछि ब्याज र बोनस पाउने छन् । नयाँ व्यवस्थाअनुसार अवकाशपछि पेन्सन पाउनका लागि सरकारी कर्मचारीले सेवामा रहँदा आफ्नो तलबबाट रकम जम्मा गर्नुपर्ने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मचारीले सेवामा रहँदा आफ्नो मासिक पारिश्रमिकबाट रकम जम्मा गर्न सरकारले छुट्टै ‘निवृत्तिभरण कोष’ गठन गर्नेछ । कोष गठनका लागि छुट्टै ऐन समेत बनेर संसदमा दर्ता भइसकेको छ । 
व्यवस्थापिका संसदमा दर्ता भएर छलफलको क्रममा रहेको निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले सेवामा रहँदा मासिक पारिश्रमिकबाट ६ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । 


Advertisment
Nabil box
Kumari

विधेयकको दफा १० अनुसार कोषमा कर्मचारीले आफ्नो पारिश्रमिकको ६ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले पनि कर्मचारीको पारिश्रमिकबाट काटिएको रकम बराबरकै रकम थपेर कोषमा जम्मा गरिने छ । 

Vianet communication

ब्याज र बोनस पाइने   

यो वर्षको असार मसान्तसम्म भर्ना भएका सरकारी कर्मचारीले भने पुरानो व्यवस्थाअनुसार नै निवृत्तिभरण पाउनेछन् । जसअनुसार कर्मचरीले अवकाश पाउनेबित्तिकै सरकारले मासिक रुपमा पेन्सन दिने गर्छ । 

सेवा निवृत्त भएका सरकारी कर्मचारीले अहिले निवृत्त हुँदाको तहअनुसारको तलबलाई सेवा अवधिले गुणन गरी आउने रकमको आधा बराबर मासिक रूपमा पेन्सनको रुपमा पाउने गर्छन् । यदि उक्त रकम सेवा अवधिको अन्तिम तलबको आधा रकमभन्दा कम हुन आउँछ भने तलबको आधा रकमलाई न्युनतम आधार मानिन्छ । 

योगदानमा आधारित निवृत्तिभरणसम्बन्धी व्यवस्थाअनुसार २० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले मात्रै पेन्सन पाउनेछन् । २० वर्ष सेवा अवधि पूरा गरी स्वैच्छिक अवकाश रोजेका तथा उमेरहद पूरा भएर अवकाशमा गएका कर्मचारीले सेवाअवधिमा निवृत्तिभरण कोषमा जम्मा गरेको रकमबाट पेन्सन पाउनेछन् । 

निवृत्तिभरण कोषमा योगदान पुर्‍याएका कर्मचारीले सेवा अवधिको आखिरी तलबलाई सेवा अवधिले गुणन गरी आउने रकमको आधा (५० प्रतिशत) रकम हरेक महिना पेन्सनका रूपमा पाउनेछन् । 

यस्तै सेवा निवृत्तभएका कर्मचारीको पेन्सनमा हरेक ३ वर्षमा १० प्रतिशत रकम थप हुनेछ । यस्तो रकम ५ पटकसम्म थप हुने विधेयकको दफा (१२) को उपदफा (३) मा व्यवस्था गरिएको छ । 

संसदबाट ऐन पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेमा निवृत्तिभरण कोष गठन हुनेछ । उक्त कोषमा चालू आर्थिक वर्ष (२०७५/७६)यता भर्ना भएका सरकारी कर्मचारीको व्यक्तिगत खाता सञ्चालन हुने छ । 

कर्मचारीको मासिक तलबबाट कट्टा हुने र त्यसमा सरकारले थप गर्ने रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा हुनेछ । सोहीअनुसार  कर्मचारीले कोषको व्यक्तिगत खातामा जम्मा गरेको रकमको ब्याज र कोषले आर्जन गरेको नाफाबाट समेत निश्चित रकम पाउनेछन् । 

संसदमा छलफलका क्रममा रहेको विधेयकको दफा (११) को उपदफा (२) मा तलबबाट कट्टा भएको रकमको ब्याज र कोषले आर्जन गरेको नाफा समेत कर्मचारीको व्यक्तिगत खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।  

कोषले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको रकम, सोको ब्याज तथा मुनाफा समेत जोडी त्यसको विवरण अद्यावधिक गर्नेछ ।

२० वर्ष अगाडि अवकाश पाए एकमुष्ट रकम पाइने

यदि कुनै सरकारी कर्मचारीले २० वर्षे सेवा अवधि पूरा नगरी अवकाश पाएमा कोषबाट एकमुष्ट रूपमा रकम पाउनेछ । 

विधेयकको दफा (१४) को उपदफा (१) मा २० वर्ष नपुगी अवकाश पाएका कर्मचारीले एकमुष्ट रूपमा रकम पाउने व्यवस्था गरिएको छ । त्यस्तो अवस्थामा कर्मचारीको तलबाट कट्टा गरी तथा सरकारले थपेर कोषमा जम्मा भएको रकम, त्यसको ब्याज र कोषले आर्जन गरेको मुनाफाबाट समेत तोकिएको रकम एकमुष्ट रूपमा पाइने छ । 

किन योगदानमा आधारित निवृत्तिभरण ? 

निवृत्तिभरण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष (२०७४/७५) को अन्तिमसम्म राज्य कोषबाट पेन्सन खाने सेवा निवृत्त कर्मचारीको संख्या २ लाख ४९ हजार छ । उनीहरूलाई प्रदान गरिने पेन्सनका लागि गत आवको असार मसान्तसम्म करीब ४० अर्ब रुपैयाँ खर्च भएको छ । जो उक्त आवको कूल बजेटको ३.१७ प्रतिशत हुन आउँछ । 

सरकारी तथ्याङ्कअनुसार सेवानिवृत कर्मचारीको पेन्सनमा राज्यकोषबाट खर्च हुने रकम हरेक ४ वर्षमा दोब्बरले वृद्धि हुँदै आएको देखिन्छ । आर्थिक वर्ष ०६९/७० मा सेवा निवृत्त सरकारी कर्मचारीको पेन्सनमा राज्यकोषबाट १८ अर्ब २१ करोड रुपैयाँ खर्च भएको थियो । 

आर्थिक वर्ष ०७३/७४ सम्म आइपुग्दा सरकारी कोषबाट ३७ अर्ब १० करोड रुपैयाँ सेवानिवृत्त कर्मचारीको पेन्सनका लागि खर्च भएको देखिन्छ । उक्त रकम आर्थिक वर्ष ०६९/७० को तुलनामा दोब्बरभन्दा पनि ६८ करोड रुपैयाँ बढी हो ।  

सरकारले चालु आवदेखि योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था नगरेको भए अवको ४ वर्षपछि अवकाश पाएका कर्मचारीका लागि मात्रै राज्यले वार्षिक १ खर्ब खर्च पर्ने अवस्था आउँथ्यो । सरकारले राज्यकोषको भार कम गर्न नै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था शुरु गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x