×

NMB BANK
NIC ASIA

स्थानीय तहले टेरेनन् केन्द्रको निर्देशन, कर्मचारी समायोजन प्रक्रिया अझै लम्बिने

भदौ १, २०७५

NTC
Premier Steels

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ६ गते (आइतवार) सबै स्थानीय तहलाई पत्र लेख्दै १५ दिनभित्र स्थायी संगठन संरचना पठाउन ताकेता गर्‍यो । 

Muktinath Bank

साउनको अन्तिम सातादेखि कर्मचारीको स्थायी समायोजन प्रक्रिया थाल्ने लक्ष्यका साथ सामान्यले स्थानीय तहलाई स्थायी संगठन संरचना बनाएर पठाउन भनेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले तोकेको १५ दिनको समयसीमा सकिएको १ हप्ताभन्दा बढी भइसकेको छ । तर बिहीवार (साउन ३१ गते)सम्म ५० स्थानीय तहले मात्रै स्थायी संगठन संरचनाबारे निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन् । 


Advertisment
Nabil box
Kumari

राज्य पुनसंरचनाअन्तर्गत स्थानीय तहको नाम र क्षेत्रफल तोकिएसँगै केन्द्र सरकारले सबै स्थानीय तहमा तत्काल कर्मचारी परिचालन गर्न अन्तरिम संगठन संरचना निर्माण गरेको थियो । 

Vianet communication

तर, निर्वाचित जनप्रतिनिधिले केन्द्र सरकारबाट निर्धारण गरिएको दरबन्दीको संख्यामा असन्तुष्टि जनाउँदै आएका थिए ।

स्थानीय तहमा स्थायी रूपमा कर्मचारीको समायोजन गर्न केन्द्र सरकारले स्थानीय तहबाट संगठन संरचना माग गरेको हो । 

स्थानीय तहलाई स्थायी संगठन संरचना निर्माण गर्दा यसअघि केन्द्र सरकारले निर्माण गरेको अन्तरिम संगठन संरचनामा उल्लेखित दरबन्दीको कुन–कुन श्रेणी एवम् पदमा थपघट गर्नुपर्ने हो सो समेत खुलाएर पठाउन भनिएको थियो ।

‘कर्मचारी समायोजनको प्रक्रियालाई छिटो पूर्णता दिने भनेर काम गरिरहेका छौं । तर स्थानीय तहले स्थायी संगठन संरचनाबारे निर्णय गरेर नपठाउँदा केही ढिला हुनेजस्तो देखिन्छ,’ संघीय मामिला तथा सामान्य प्रशास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुरेश अधिकारीले लोकान्तरसँग भने, ‘हालसम्म ५० वटा स्थानीय तहबाट मात्र स्थायी संगठन संरचनाको विवरण प्राप्त भएको छ ।’

कर्मचारी समायोजन लम्बिने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो आर्थिक वर्ष (२०७४/७५) को जेठदेखि नै संघ, प्रदेश र स्थानीय तहमा रहने कर्मचारीको स्थायी समायोजन गर्ने प्रक्रिया अगाडि बढाएको थियो । तर संघ, प्रदेश र स्थानीय तहबीच आपसी सहकार्य हुन नसक्दा कर्मचारी समायोजनको विषय झन पेचिलो बन्दै गएको छ । 

केन्द्रले कर्मचारीको अस्थायी समायोजनअन्तर्गत खटाएका कर्मचारीलाई समेत कतिपय स्थानीय तहले हाजिर नै गर्न नदिएर फिर्ता पठाउनेसम्मका घटना भए । 

प्रदेशमा खटाइएका कर्मचारीहरू लामो समयसम्म हाजिर हुन नै गएनन् । 

कर्मचारीको स्थायी समायोजनका लागि पनि यस्तै समस्या देखा परेका सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

‘खास गरेर स्थानीय तहले कर्मचारीको दरबन्दी र संगठन संरचनाबारे स्पष्ट निर्णय नगर्दा केन्द्रबाट कर्मचारी परिचालन गर्न पनि गाह्रो हुने देखिन्छ,’ सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचरी प्रशासन शाखाका एक अधिकारी भन्छन्, ‘केही स्थानीय तहले केन्द्रबाट पठाइएका कर्मचारीलाई हाजिर पनि गर्न नदिने । कस्तो कर्मचारी चाहिने हो भनेर पनि नभन्ने गर्दा समग्र कर्मचारी समायोजनको प्रक्रिया नै अन्यौलमा परेको छ ।’

खास गरेर प्रदेश नम्बर १, २ र ५ का तराईका जिल्लाका स्थानीय तहले केन्द्रबाट पठाएका कर्मचारीमा असन्तुष्टि जनाउने गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।

‘प्रशासनिक क्षेत्रको कर्मचारी पठाउँदा प्राविधि चाहियो भन्नुहुन्छ । प्राविधिक पठाउँदा आर्थिक प्रशासनको चाहियो भन्नुहुन्छ,’ मन्त्रालयको कर्मचारी समायोजन तथा संगठन विकास शाखाका अधिकारी नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘पछिल्लो समय प्रशानिक, प्राविधिक र आर्थिक प्रशासन क्षेत्रमा आवश्यक पर्ने दरबन्दी र पदको विवरण उल्लेख गरी स्थायी संगठन संरचना निर्माण गरी पठाउन भनेका छौं । तै पनि धेरैले पठाउनुभएको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x