×

NMB BANK
NIC ASIA

काठमाडौं– नेपाली सेनाले आफ्नो मुख्यालय (जङ्गी अड्डा)मा रहेको अफिसर्स क्लब (पार्टी प्यालेस)मा सर्वसाधारणलाई ‘निषेध’ गरेको छ । यसअघि काठमाडौंका हुनेखाने बर्गले विभिन्न पार्टी र विवाह गर्न समेत प्रयोग हुने गरेको आर्मी अफिसर्स क्लबमा अब सरकारी कार्यक्रम र सेनासँग सम्बन्धित व्यक्तिका मात्रै पार्टी आयोजना हुनेछन् । 

Muktinath Bank

सेनाले गत असारदेखि नै सर्वसाधारणलाई अफिसर्स क्लबमा कार्यक्रम गर्न दिएको थिएन । पूर्णचन्द्र थापा कायममुकायम प्रधानसेनापति भएर आएपछि सेनाले आर्मी अफिसर्स क्लबमा सेनाबाहेकका व्यक्तिका कार्यक्रम नराख्ने निर्णय नै गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सैनिक गोप्यतामा असर पुग्ने, सुरक्षा संवेदनशीलतामा खलल पुग्ने र हो–हल्ला हुनेजस्ता कारणले आर्मी अफिसर्स क्लबलाई भाडामा लगाउन बन्द गर्ने निर्णय गरिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

‘सर्वसाधारणलाई भाडामा दिँदा हो–हल्ला हुने, सुरक्षा संवेदनशीलता खल्बलिने जस्ता असरहरु देखिए,’ सहायक रथी भण्डारीले लोकान्तरसँग भने, ‘अब सेनासँग सम्बन्धित व्यक्ति बाहेक बाहिरका व्यक्तिले अफिसर्स क्लबमा पार्टी तथा अन्य समोरह गर्न पाउने छैनन् ।’

Vianet communication

सरकार र सरकारी स्वामित्वका संस्थानहरुले चाहेमा आर्मी अफिसर्स क्लवमा कार्यक्रम गर्न पाउने सहायक रथी भण्डारीको भनाइ छ । ‘कस्ता कार्यक्रम अयोजन गर्न दिने र कस्ता नदिने भनेर अहिले छलफल भइरहेको छ,’ प्रवक्ता भण्डारीले भने, ‘सरकारी र सरकारी स्वामित्वका संस्थानले गर्ने कार्यक्रम सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’

यसअघि आर्मी अफिसर्स क्लवमा विहे भोजदेखि विभिन्न निजी कम्पनीमा पार्टी समेत आयोजना हुनेगरेका थिए । हरेक दिनजसो आर्मी अफिसर्स क्लवमा कार्यक्रम भइरहन्थे । 

आर्मी अफिसर्स क्लवको भवन र पार्टी प्यालेस भाडामा दिएवापत हुने आम्दानीको रकम अफिसर्स क्लवकै कोषमा जम्मा हुने गरेको सैनिक प्रवक्ता भण्डारीको भनाइ छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x