×

NMB BANK
NIC ASIA

काठमाडौं – साउन १६ गते बुधवार । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीको सुनुवाइसम्बन्धी निर्णयका लागि दिउँसो साढे ३ बजे संसदीय सुनुवाइ विशेष समितिको बैठक बोलाइएको थियो । 

Muktinath Bank

बैठकमा सहभागी हुन समितिका सबै सदस्य निर्धारित समयमै संघीय संसद सचिवालमा पुगिसकेका थिए । तर बैठक डेढ घण्टा ढिलो गरी शुरू भयो । बैठकमा पहिलो एजेन्डा भने अर्कै बन्यो । जो सुन्दा समितिका सदस्य नै आश्चर्यमा परे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिकी सदस्य निरु पालले आफूमाथि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आक्रमण प्रयास भएको बताइन् । साथै सुनुवाइ समितिको बुधवारको बैठकमा उपस्थित भएर प्रधानन्यायाधीशको निर्णयमा तलमाथि नगर्न भनेर धम्की दिइएको समेत बताइन् । 


Advertisment
Nabil box
Kumari

सांसद पालले मंगलवार साँझ ८ बजेतिर आफू दूध किन्न बाहिर निस्किएको र दूध लिएर फर्किंदै गर्दा डेरा नजिकैको साँघुरो बाटो छेउमा रहेका एक युवकले घाँटीको माथि (कञ्चटनजिक) पेस्तोल राखेर धम्की दिइएको बताएकी थिइन् । सांसद पालकै शब्दमा पेस्तोल देखाउने युवकले ‘सुनुवाइ समितिको वैठकमा गइस् भने तेरो बाउ खड्के ओलीले पनि तेरो लास पाउँदैन,’ भनेर धम्की दिएका थिए ।

Vianet communication

बैठकमा गम्भीर रूपमा प्रस्तुत भएकी सांसद पालको कुरा सुनेर समितिका अन्य सदस्य पनि स्तब्ध रहे । पालको कुरा सुनिसकेपछि बुधवारको बैठकमा प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धमा गर्ने निर्णयको विषयले प्रवेश नै पाएन । 

बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले पालमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै समितिका सबै सदस्यको सुरक्षा व्यवस्था मजबुत बनाउन संसद सचिवालयलाई निर्देशन दिइएको बताए ।

सांसद पालले प्रतिनिधिसभा बैठकमा समेत आफूमाथि पेस्तोल ताकेर धम्की दिइएको बताइन् । 

के हो घटनाको वास्तविकता ? 

सांसद पालले संसद वैठकमै आफूमाथि आक्रमण भएको भनेर ध्यानाकर्षण गराएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लियो । यद्यपि निरुले प्रहरीसमक्ष आफूमाथि भएको घटनाको विषयमा कुनै उजुरी दिएकी थिइनन् (अहिलेसम्म पनि निरुले आफूमाथि भएको आक्रमणबारे प्रहरीमा उजुरी दिएकी छैनन्) । 

प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान गर्न निर्देशन दिए पनि महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी उपरीक्षक रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन ग¥यो । समितिमा महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द काफ्ले र महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रहरी निरीक्षक सुरेन्द्र केसी थिए (छन्) । 

प्रहरी परिसर काठमाडौंले निरु पालमाथि भएको भनिएको आक्रमणबारे अनुसन्धान गर्न समिति गठन गरेको २० दिन भइसकेको छ । छानबिन समितिले काम शुरू गरेपछि करीब १०० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिसकेको छ । कुनै ‘सुराक’ फेला नपरेपछि नियन्त्रणमा लिइएका सबै जना रिहा भए । तर घटनाको वास्तविक तथ्य बाहिर आउन सकेको छैन । 

छानबिन समितिका संयोजक एसपी जोशी छानबिन अझै जारी रहेको बताउँछन् । ‘प्रहरीले घटनास्थलको अध्ययन गरी छानबिन प्रक्रियालाई थप फराकिलो बनाएको छ,’ एसपी जोशीले लोकान्तरसँग भने, ‘छानबिन सकिएपछि घटनाको वास्तविकता सार्वजनिक गरिन्छ ।’

प्रहरीले अनुसन्धानको क्रममा घटना भएको भनिएको ठाउँमा सिलाइ–कटाइको पसल सञ्चालन गरिरहेका एक व्यापारी र निरु बस्ने घरमै डेरा भएका पत्रकार माधव नेपाल र उनकी श्रीमतीसँग सोधपुछ गरेको बताएको छ । 

‘घटनास्थलको अवस्था हेर्दा घटना भएको दिन त्यहाँ केही व्यक्तिको उपस्थिति देखिन्छ । उहाँ (निरु) पालले घाँटीमा एउटा वस्तुले घोचेको जस्तो दाग देखाउनु भएकाले पनि उहाँमाथि आक्रमण भएको निष्कर्षमा पुगेका छौं,’ छानबिन समितिका एक सदस्यले लोकान्तरसँग भने, ‘तर कुन वस्तुले आक्रमण भयो । आक्रमण गर्ने व्यक्तिले के भनेर धम्की दियो । कुन उद्देश्यले धम्की दियो भन्ने विषयमा छानबिन भइरहेको छ ।’

घटना भयो, तर के भयो ? 

सांसद निरु पालकै भनाइअनुसार साउन १५ गते (मंगलवार) अपराह्न उनी राष्ट्रपति निवास शीतल निवास गएकी थिइन् । त्यहाँबाट फर्केपछि बानेश्वरस्थित कोठामा पुगिन् । 

करीब ८ बजेतिर चिया पिउन मन लागेपछि दूध किन्न बाहिर निस्किएको बताएकी पालले घर नजिकको पसलमा दूध पाइनन् । साउन १५ गते खिर खाने दिन भएकाले नजिकको डेरीमा दूध नपाएपछि अर्को (अलि माथिको) डेरीमा दूध किनेर फर्किने क्रममा आफूमाथि पेस्तोल तेर्स्याइएको पालले संसद भवनमै बोल्ने क्रममा भनेकी थिइन् । 

प्रहरीले पालसँग घटनाका बारेमा विस्तृत सोधखोज गरेको छैन । अनुसन्धान समितिका सदस्यले सोधपुछ गर्दा पालले ‘घटनाको सबै विवरण संसद बैठकमै भनिसकेकी छु । सत्य त्यही हो,’ भन्ने खालको जवाफ दिएको लोकान्तरको सम्पर्कमा आएको प्रहरी स्रोतले जानकारी दियो । 

सांसद पालले संसदमै गरेको ‘भाषण’मा भनिएअनुसारको घटनाविवरणलाई अधार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ । यद्यपि घटनास्थल नजिकका घरका केही व्यक्ति र पालका छिमेकीसँग प्रहरीले सोधपुछ गरेको छ । 

पालका छिमेकीहरूले घटना भएको बेला सो ठाउँ (घटनास्थल)मा रेनकोट भिरेका केही व्यक्ति देखेको भन्ने खालको बयान प्रहरीलाई दिएका छन् । सोही आधारमा प्रहरीले घटना घटेको निष्कर्ष निकालेको छ । 

तर घटनाको वास्तविक तथ्यसम्म प्रहरीको छानबिन समिति समेत पुगेको छैन । 

‘हामीले अहिलेसम्म गरेको अनुसन्धानबाट घटना घटेको भन्नेसम्मको निष्कर्ष निकालेका छौं,’ प्रहरीको छानबिन समितिका सदस्य भन्छन्, ‘तर घटना घट्दा के–के भयो, आक्रमणकारीहरू को थिए ? भन्ने विषयमा अहिले पनि अनुसन्धान जारी छ । घटना यस्तै थियो भन्नेखालको कुनै पनि प्रमाण फेला परेको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x