×

NIC ASIA

उत्कर्षमा पुगेर घट्न थाल्यो बिदेसिने नेपाली कामदारको संख्या ! [तथ्याङ्कसहित]

भदौ ८, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घट्दो क्रममा रहेको पाइएको छ । आर्थिक वर्ष २०७०/०७१ तथा २०७१/०७२ मा उत्कर्षमा पुगेको संख्या त्यसपछिका वर्षहरूमा क्रमश: घटिरहेको छ ।

Muktinath Bank

आव २०७०/०७१ र २०७१/०७२ मा समान ५ लाख २७ हजार ८१४ जना बिदेसिएकोमा आव २०७४/०७५ मा आइपुग्दा त्यो संख्या ३ लाख १२ हजार ७४९ मा झरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५० लाख नाघिसकेको छ । जसमा ४८ लाख ६९ हजार ४ सय ४५ जना पुरुष कामदार छन् भने महिला कामदारको संख्या १ लाख ९९ सय ९ सय ५१ रहेको छ । 


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७३/७४ मा श्रम स्वीकृती लिएर बिदेसिने पुरुषको संख्या ३ लाख ४५ हजार ६१ रहेको थियो भने १८ हजार १२ जना महिला श्रमिक रोजगारीका लागि बिदेसिएका थिए ।

Vianet communication

यस्तै आर्थिक वर्ष २०७४/७५ मा २ लाख ९३ हजार २ सय ६३ रहेको छ भने महिला कामदारको संख्या १९ हजार ४ सय ८६ रहेको छ । 

आर्थिक वर्ष २०६३/६४ मा श्रमका लागि बिदेसिने पुरुषको संख्या २ लाख ४ हजार एक सय ४३ रहेको थियो भने महिलाको संख्या ३ सय ९० मात्रै थियो ।

यी दुई वर्षमा सबैभन्दा बढी

१२ वर्षको अविधिलाई हेर्दा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा सबैभन्दा धेरै कामदार बिदेसिएका छन् ।

आर्थिक वर्ष २०७/७१ मा ४ लाख ९८ हजार ४ सय ४६ पुरुष र २९ हजार, ३ सय ६८ जना महिला श्रमिक बिदेसिएका थिए ।

यस्तै आर्थिक वर्ष २०७१/७२ मा बिदेसिने पुरुषको संख्या ४ लाख ९८ हजार ८ सय ४८ थियो भने २८ हजार ९ सय ६६ जना महिला रहेका छन् । १२ वर्षको अवधिमा २०७०/७१ मा सबैभन्दा बढी महिला कामदार विदेशिए भने सबैभन्दा बढी पुरुषहरू २०७१/७२ मा श्रमका लागि बिदेसिएका थिए ।

सरकारले श्रम स्वीकृति लिएर बिदेसिने नेपालीको तथ्यांक राख्ने गरेको भएपनि शिक्षा, व्यापार विवाह लगायतका कारणले विदेश जाने र भारतमा रोजगारीका लागि जाने नेपालीहरूको भने आधिकारीक तथ्यांक छैन । 

२०६८ को जनगणनाका अनुसार भारतमा रहेका नेपालीहरूको संख्या ५ लाख ८९ हजार ५० रहेको छ । जसमा ८८.३ प्रतिशत पुरुष र ११.७ प्रशित महिला रहेका छन् । 

यस्तो छ हालसम्मको तथ्यांक

७४ प्रतिशत कामदार अदक्ष !

नेपालले हालसम्म १ सय १० मुलुकलाई संस्थागतरूपमा वैदेशिक रोजगारका लागि खुला गरेको छ ।

यस्तै व्यक्तिगत श्रम स्वीकृतिमा करीब १ सय ७२ मुलुकमा नेपालीहरू कामका बिदेसिने गरेका छन् । श्रमका लागि जाने नेपालीको मुख्य गन्तव्य मलेसिया, कतार, साउदी अरेबिया र यूएई हो ।

वैदेशिक रोजगारमा जाने नेपालीहरूको पछिल्लो आंकडा समग्रमा अध्ययन गर्दा मलेसिया र खाडी मुलुकहरूले ८६.४२ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा जाने ७४ प्रतिशत कामदार अदक्ष रहेको सरकारी तथ्यांक छ । वैदेशिक रोजगारीमा गएका मध्ये १.५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष कामदार रहेका छन् । 

आधा कामदार १ र २ प्रदेशका मात्र

सरकारी तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि बिदेसिने कामदार प्रदेश नम्बर १ र २ का बढी छन् । श्रमका लागि बिदेसिने ५० प्रतिशन श्रमिक प्रदेश नं १ र २ रहेका छन् ।

यस्तै प्रदेश नं. ३ र ५ मा १६/१६, प्रदेश नं. ४ मा १३, प्रदेश ६ मा ३ प्रतिशत र प्रदेश ७ मा २ प्रतिशत रहेको छ ।

विदेशबाट फर्किने श्रमिकको तथ्यांक नै छैन

सरकारले श्रम स्वीकृति लिएर बिदेसिने नेपालीको तथ्यांक राख्ने गरेको भए पनि श्रम गरेर कति नेपाली फर्किए भन्ने कुनै तथ्यांक छैन ।

श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्केका नेपालीको तथ्यांक राख्न यसै वर्षबाट शुरू गरिने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x