×

NMB BANK
NIC ASIA

काठमाडौं – भदौ १४ र र १५ गते काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन हुँदैछ । सम्मेलनको नारा ‘शान्त, समृद्ध र दिगोपनाका लागि बंगालको खाडीतर्फ’ तय गरिएको छ । 

Muktinath Bank

बिमस्टेक सम्मेलनबाट नेपालले अन्य देशसँग सडक सञ्जलामा जोडिन (कनेक्टिभिटी विस्तार) गर्ने मुख्य लक्ष्य लिएको छ । त्यसपछि आर्थिक र प्राविधिक साझेदारीको विषयले क्रमशः महत्त्व पाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर कतिपय विश्लेषकहरू भने सुरक्षासँग सम्बन्धित विषयलाई सम्मेलनको मूलभूत एजेन्डा बनाइनुपर्ने तर्क राख्छन् । आर्थिक साझेदारी र विकासका लागि सुरक्षा पहिलो शर्त भएपनि सुरक्षासँग सम्बन्धित विषयका एजेन्डालाई दह्रोसँग उठाउन नसकिएको विश्लेषकहरूको बुझाइ छ । 


Advertisment
Nabil box
Kumari

नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुरक्षा विशेषज्ञ हेमन्त मल्ल बिमस्टेकजस्तो फोरममा सुरक्षा साझेदारी र समन्वयको विषयलाई जोडदार रूपमा उठाइनुपर्ने बताउँछन् । 

Vianet communication

‘विकासका लागि पहिलो आवश्यकता भनेकै सुरक्षा हो । सुरक्षाका सम्बन्धमा सम्झौता हुन सक्दैन,’ मल्ल भन्छन्, ‘बिमस्टेकजस्तो फोरमहरूमा हामीले सुरक्षासँग सम्बन्धित विषयलाई जोड दिएर उठाउन सक्नुपर्छ ।’

अन्तरदेशीय प्राविधिक र आर्थिक साझेदारीका लागि सुरक्षित वातावरणको निर्माण आवश्यक रहेको मल्लको बुझाइ छ । ‘लगानीकर्तालाई विश्वास दिलाउन सुरक्षा प्रत्याभूत गराउने विषय प्रभावकारी हुनुपर्छ,’ मल्ल भन्छन्, ‘यदि थाइल्याण्डका व्यापारीले नेपालमा लगानी गर्न चाहेका छन् भने सुरक्षाका सवालमा उनीहरूलाई हामीले आश्वस्त पार्न सक्नुपर्छ । यस्तै फोरमबाट हामीले सुरक्षाको पूर्ण प्रत्याभूति गराउने एजेन्डा अगाडि सार्नुपर्छ ।’
सुरक्षाका सवालमा अन्तरदेशीय सहकार्यको विषयलाई पनि बिमस्टेकमा समेटिनुपर्ने उनको भनाइ छ । 

अपराध नियन्त्रणमा सहकार्य ?

नेपालमा संगठित अपराधिक समूह चलाउनेहरू भारतहुँदै पछिल्लो समय थाइल्याण्डसम्ममा लुकेर बस्ने गरेको प्रहरीको अनुसन्धानबाटै पत्ता लागेको विषय हो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई काठमाडौंमा गोली हानी हत्या गर्ने समूहका नाइके मनोज पुन धेरै लामो समय थाइल्याण्डमा लुकेर बसेका थिए । प्रहरीले लामै समय खोजी गरेका मनोज भारत पुगेका बेला पक्राउ परे । 

भारतबाट नेपाल ‘ल्याउने’ क्रममा रूपन्देहीमा भएको ‘दोहरो भिडन्त’मा मारिएका पुन खोज्न प्रहरीले धेरै समय थाइल्याण्डको चक्कर पनि लगाएको थियो । नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार पछिल्लो समय खाडीसहित थाइल्याण्डको बैंकक पनि नेपाली अपराधी लुक्ने मुख्य ठाउँ बन्दै गएको छ । 

थाइल्याण्डसँग अपराधी आदानप्रदान गर्ने कुनै कानूनी सम्झौता नभएकाले त्यहाँबाट अपराधी नेपाल ल्याउन समस्या हुने गरेको ती अधिकारी बताउँछन् । 

पूर्व डीआईजी मल्ल अपराध नियन्त्रणका लागि बिमस्टेक सदस्य राष्ट्रबीच ‘महासन्धि’ अवधारणामा सम्झौता हुन आवश्यक रहेको बताउँछन् । आतंकवाद नियन्त्रणका लागि सार्क राष्ट्रबीच भएको ‘सार्क आतंकवाद महासन्धि १९८७’ जस्तै सबै प्रकारका अपराध नियन्त्रणका लागि बिमस्टेक सदस्य राष्ट्रबीच पनि सम्झौता हुनुपर्ने उनको मत छ ।

‘सम्मेलनकै दौरान बिमस्टेक सदस्य राष्ट्रबीच एक्ला–एक्लै (साइड बाई साइड) छलफल र सम्झौता पनि हुन सक्लान्,’ मल्ल भन्छन्, ‘तर अपराधिक गतिविधि नियन्त्रणका लागि साझा संकल्पसहित संयुक्त सम्झौता हुन सके विश्व समूदायमा नै त्यसले नयाँ र सकरात्मक सन्देश पुग्छ ।’

नेपालको अपूरो तयारी

अध्यक्ष राष्ट्रका हैसियतले बिमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गर्न लागेको नेपालले सुरक्षासँग सम्बन्धित विषयमा खासै एजेन्डा नै तय गरेको छैन । 

चौथो शिखर सम्मेलनमा छलफलका लागि भनेर विभिन्न विषयमा १६ बुँदे एजेन्डा तय भए पनि सुरक्षाको सहकार्य र अपराध नियन्त्रणमा विषयमा सम्झौता हुनसक्ने कुनै पनि एजेन्डा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बिमस्टेक सम्मेलनको तयारीका सम्बन्धमा गत शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा सम्मेलनमार्फत सदस्य देशहरूलाई सडक सञ्जालले जोड्ने विषयमा जोड दिइने बताएका थिए । तर सडक सम्पर्कको विस्तारसँगै देखिने सुरक्षा चुनौती र त्यसको सामना गर्ने विषयमा भने छलफल गर्न आवश्यक नै ठानिएको छैन । 

गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी आतंकवाद, मानव तस्करी र लागू औषध तस्करी नियन्त्रणका लागि छलफल हुने विषय तय भएको बताउँछन् । तर त्यसमा कुनै ठोस सम्झौता हुने सम्भावनाबारे अधिकारी ‘जानकार’ छैनन् ।

‘बिमस्टेकको सम्मेलनका लागि परराष्ट्र मन्त्रालयले सबै एजेन्डा तय गरेको हो,’ अधिकारी भन्छन्, ‘छलफलमा समावेश गराइने एजेन्डाका लागि हामीले आतंकवाद, मानव तस्करी र लागू औषधको तस्करी नियन्त्रणका विषय समावेश गर्न सुझाव दिएका थियौं । त्यसमा सम्झौता नै हुन्छ भन्ने जानकारी त मलाई छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x