×

NMB BANK
NIC ASIA

काठमाडौंको आकाशमा सेनाको हवाइ गस्ती, मोदीका सुरक्षाकर्मी पनि नेपाली सेनाकै नेतृत्वमा परिचालन

भदौ १२, २०७५

NTC
Premier Steels

काठमाडौं –भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका लागि नेपाली सेनाले हवाइ गस्ती शुरू गरेको छ । 

Muktinath Bank

सेनाले सोमवारदेखि हवाइ गस्ती शुरू गरेको हो । सुरक्षा चुनौती रहने भनेर पहिचान भएका क्षेत्रलाई लक्षित गरी गस्ती शुरू गरेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सम्मेलनको सुरक्षाका लागि भनेर नियमित गस्ती गर्ने रुटिनअनुसार सोमवारदेखि हवाइ गस्ती शुरू भएको हो,’ सहायक रथी भण्डारीले लोकान्तरसँग भने, ‘खास गरी सुरक्षा चुनौती रहेका क्षेत्रको रूपमा पहिचान भएका ठाउँलाई लक्षित गरी हवाइ गस्ती भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

सेनाले बिहान र साँझ गरी दिनको दुईपटक हवाइ गस्ती गरिरहेको छ । सेनाले हवाइ गस्तीका लागि आफूसँग भएका सबै हेलिकप्टर परिचालन गर्ने प्रवक्ता भण्डारीले जानकारी दिए । 

Vianet communication

मोदीको सुरक्षाका लागि भारतीय कमान्डोको छुट्टै टोली

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतीय कमान्डोको टोली काठमाडौं आइपुगिसकेको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार आइतवार नै भारतीय कमान्डोको टोली काठमाडौं उत्रिएको हो । भारतीय वायुसेनाको विमानमा हातहतियारसहित भारतीय सेनाका विशेष तालिमप्राप्त १५ जना सुरक्षाकर्मीको टोली अहिले काठमाडौंमा छ । 

भारतीय कमान्डोको टोलीले नेपाली सेनासँगको सहकार्यमा सुरक्षाका लागि परिचालन हुने रणनीति बनाइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीका लागि भारतले छुट्टै तीनवटा बुलेटप्रूफ गाडी, जामरजडित गाडी नेपाल ल्याइपुर्‍याइसकेको छ । 

तीन महिना अगाडिदेखि सुरक्षा विश्लेषण

सेनाले बिमस्टेक सम्मेलनको सुरक्षाका लागि तीन महिना अगाडिदेखि सुरक्षा विश्लेषण गरिरहेको छ । 

सम्मेलनको मिति तय भएदेखि नेपाली सेनासहित प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी सम्मिलित एक टोलीले सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सुरक्षा चुनौती विश्लेषण गरिरहेको थियो । 

‘मिति तय भएदेखि नै हामीले सबै सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखकको सेक्युरिटी थ्रेटबारे विश्लेषण गरिरहेका थियौं,’ सैनिक प्रवक्ता भण्डारीले भने, ‘कतिपय अवस्थामा सम्बन्धित देशको सुरक्षा एजेन्सीसँग पनि सहकार्य गरेर हामीले सुरक्षा योजना निर्माण गरेका छौं ।’

सैनिक प्रवक्ता भण्डारीका अनुसार बिमस्टेक सम्मेलनमा सहभागी हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखकको सुरक्षाका लागि पहिलो घेरमा सेना, दोस्रोमा प्रहरी तथा तेस्रो घेरमा सशस्त्र प्रहरी परिचालन हुने छ । यस्तै बाह्य सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई परिचालन गरिने छ । 

बाहिरबाट आएका सुरक्षाकर्मी पनि सेनाकै नेतृत्वमा परिचालन 

शिखर सम्मेलनमा सहभागी हुने बिमिस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ)का अलावा हतियारसहितका थप सुरक्षाकर्मी पनि साथमा ल्याउनेछन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि परिचालन हुने भारतीय सेनाअन्तर्गत उच्च तालिमप्राप्त (कमान्डो)को टोली काठमाडौं आइपुगिसकेको छ । 

व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ)का अलावा सुरक्षाका लागि भनेर सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखले ल्याउने सबै सुरक्षाकर्मी पनि नेपाली सेनाको नेतृत्वमा परिचालन हुनेछन् । 

‘हामी गरेको सुरक्षा विश्लेषणका आधारमा विशिष्ट व्यक्तिको सुरक्षाका लागि सुरक्षा योजना तयार भएको छ,’ सैनिक प्रवक्ता भण्डारीले भने, ‘सदस्य राष्ट्रबाट आउने विशिष्ट व्यक्तिका पीएसओका अलावा अन्य सुरक्षाकर्मी पनि सोही सुरक्षा योजनाअनरुप सेनाकै नेतृत्वमा परिचालन हुनेछन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x