×

NMB BANK
NIC ASIA

देशको सिमानाको खोजी र सुरक्षाको प्रश्न

भदौ २९, २०७५

NTC
Premier Steels

सन् १८१५ मा तत्कालीन भारतको बेलायती सरकार र शाही नेपाली सरकारका बीचमा भएको सम्झौताअनुसार पश्चिम उत्तर सिमानाका सन्दर्भमा नेपाल सरकारले काली नदीभन्दा पश्चिमको भूभागलाई परित्याग गरेको हो । तर पछिल्लो चरणमा आएर भारत सरकारले उक्त सन्धिमा उल्लेख भएभन्दा बढी भूभाग कब्जा गर्दै आएको छ । भारतले नेपालका करीब ७४ स्थानमा सीमामा अतिक्रमण गरेको छ । दक्षिण सीमामा सुस्ता र महेशपुरमा ठूलो भूभागमा भारतले कब्जा जमाएको छ । 

Muktinath Bank

सबैभन्दा बढी क्षेत्रफल कब्जा गरिएको क्षेत्र हाम्रो पश्चिम उत्तर सिमानाको कालापानी, लिपुलेक र लिम्पियाधुरा हो । सीमाविद्का अनुसार, यसको क्षेत्रफल ३९२ वर्गकिलोमिटर छ । कालापानी क्षेत्रमा भारत चीनका बीचमा भएको युद्धका दौरान सन् १९६२ देखि नै भारतीय सेनाले अड्डा जमाएर बसिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो नेपाल र नेपालीका लागि चासोको विषय हुनु स्वाभाविक हो । यसमा अनौठो कुरा के छ भने सीमा अतिक्रमण गर्ने काममा भारत सरकार सक्रिय रूपमा लागिरहेको छ । तर नेपाल सरकार भने कानमा तेल हालेर बसिरहेको छ । यत्रो सीमा अतिक्रमण भइरहँदा पनि नेपालका सरकारहरू आफ्नो राष्ट्रिय जिम्मेवारी पूरा गर्नुको सट्टा भारत सरकारको सिमाना विस्तार गर्ने काममा नै सहयोग गरिरहेका छन् । नेपालको सरकारमा बस्नेहरूले लडाईं नभइकनको हार स्वीकार गर्दै आफ्नो मातृभूमिलाई अपहरित हुन दिइरहेको यतिखेरको अवस्थामा देशभक्त नेपालीहरू अघि बढ्नैपर्ने आवश्यकता सिर्जना भएको छ । 
 


Advertisment
Nabil box
Kumari

नेपालको नक्साको प्रसंग

Vianet communication

तत्कालीन राजा महेन्द्रको मौखिक आदेशमा कालापानीमा भारतीय सेना राखिएको थियो भन्ने मान्यता रहँदै आएको छ । त्यसपछि नेपालमा धेरै सरकारहरू बदलिए, संविधानहरू बदलिए, व्यवस्था नै बदलिए । तर कालापानीमा भारतीय सेना यथावत् बसिनैरह्यो । त्यसबारे आधिकारिक रूपमा कुनै पनि सरकारले यस विषयमा प्रश्न उठाएको थाहा पाइएको छैन । आधा शताब्दीदेखि यो क्रम चलिरहेको छ । तर जनस्तरबाट, खासगरी कम्युनिस्टहरू र देशभक्तहरूका तर्फबाट पटकपटक विरोध र आन्दोलन पनि हुँदै आएका छन् । परन्तु अहिलेसम्म न दुई देशका बीचमा कुनै सम्झौता वा आधिकारिक सहमति नै भएको छ, न त फील्डमा यसको कुनै असर नै देखापरेको छ । 

पछिल्लो चरणमा आएर यसबारे जनचासो किन बढेको छ भने भारत सरकारले लिम्पियाधुरा मात्र होइन, कालापानी र लिपुलेक पनि गायब भएको नेपालको नक्शा तयार पारेर नेपालमा छ्यापछ्याप्ती पारेको छ । नेपालको पाठ्यक्रममा पनि त्यही नक्शा पढाइन्छ । त्यतिमात्र होइन, नेपाल सरकारका मन्त्रालयहरूमा र सम्भवतः प्रधानमन्त्रीको कार्यालयसम्ममा पनि त्यही नक्शा टाँगिएको होला । यसबारे नापी विभागका उपमहानिरीक्षकसँग सोध्दा ‘हामीले आफ्नो नक्शा तयार पारेर सरकारलाई दिएका छौं र भारत सरकारले हाम्रो सीमा मिचेर बनाइएको नक्शा प्रचार गरिरहेको कुरा पनि बताएका छौं । तर सरकारले वास्ता नगरेपछि हामीले के गर्ने’ भन्ने जवाफ दिएका छन् । यसबाट के कुरा स्पष्ट हुन्छ भने यस सरकारका केही मन्त्रीहरू, उच्च ओहोदा सम्हालेर बसेका कर्मचारीहरू आदिकै यसमा संलग्नता छ । उनीहरूसँग साँठगाँठ गरेर मात्रै भारत सरकारलाई यो चलखेल गर्न सजिलो भएको हो । यसकारण, यो हाम्रो देशको सीमा सुरक्षाको समस्या निकै जटिल र गम्भीर बनेको छ । 

स्पष्ट शब्दमा भन्ने हो भने भारतले सुगौली सन्धिको उल्लंघन गरेको छ । अहिलेको महाकाली नदी भनेकै कालीनदी हो र त्यसको उद्गम लिम्पियाधुरा नै हो । यसको उल्लंघन गरिन्छ भने महाकाली सन्धिकै उल्लंघन हुन जान्छ र नेपाल सरकार र हामी नेपाली जनताले यसलाई त्यही रूपमा बुझ्नुपर्दछ । यो कुरा नेपाल सरकारले भारत सरकारसँग उपयुक्त मञ्चमा छलफल गरेर चाँडै नै टुंगो लगाउनु जरूरी छ

निशान छाप पनि उस्तै

निशान छाप भनेको कुनै पनि देशका निमित्त महत्त्वपूर्ण आधिकारिक चिह्न हो । त्यसलाई अन्तर्राष्ट्रिय रूपमा पनि महत्त्वपूर्ण चिह्नका रूपमा लिने गरिन्छ । पासपोर्ट जस्ता विश्वासिला दस्तावेजमा यसको प्रयोग गरिन्छ र यसलाई आधिकारिक मान्यता प्राप्त हुन्छ । निशान छाप नभएका दस्तावेज अपूरो मानिन्छ । तर पत्याउन नै गाह्रो पर्ने एउटा तथ्य के छ भने यो सरकारले दुईवटै निशान छापलाई उत्तिकै प्रयोगमा ल्याएको बुझिएको छ । एउटा निशान छापमा  लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालबाट हटाएर नेपालको नक्शा बनाइएको छाप स्पष्टसँग देख्न सकिन्छ । यस सरकारका मन्त्रीहरू, उच्च ओहोदाका कर्मचारीहरूको मिलेमतो नभइकन कसरी यो सम्भव हुन सक्छ ? देशका विरुद्ध, विदेशका निमित्त, काम गर्ने मानिस त्यो तहसम्म ठूलो संख्यामा यसमा खुलै रूपमा लागिरहेका छन् भने नेपालको सीमासम्बन्धी समस्या मात्र होइन, नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गर्ने विषय कति जटिल र गम्भीर बन्न पुगेको छ, यो सहजै अनुमान गर्न सकिन्छ । 

लिपुलेकको प्रश्न

तत्कालीन भारतको ब्रिटिश कम्पनी सरकार र नेपाल सरकारबीचमा भएको सन् १९१५ को सुगौली सन्धिको धारा ५ मा नेपालको कालीनदीभन्दा पश्चिमको भूभाग नेपाल सरकारले सुम्पिएको देखिन्छ, अर्थात् नेपाल र भारतबीचको सीमा कालीनदी भनिएको छ । त्यो कालीनदी भनेको अहिलेको कुटीयाडनदी हो, जसको मुहान लिम्पियाधुरा हो ।

सन् १९१५ मा भएको सुगौली सन्धिलाई मान्दाखेरी अहिले हामीले दाबी गर्ने यही सिमाना हो, पश्चिम उत्तरको सिमाना लिम्पियाधुरा । तर भारत सरकारले नक्कली काली नदी तयार गरेर कहिले यसको उद्गमलाई लिपुलेक भन्ज्याङ र कहिले टिंकर भञ्ज्याङलाई देखाइरहेको छ । स्पष्ट शब्दमा भन्ने हो भने भारतले सुगौली सन्धिको उल्लंघन गरेको छ । अहिलेको महाकाली नदी भनेकै कालीनदी हो र त्यसको उद्गम लिम्पियाधुरा नै हो । यसको उल्लंघन गरिन्छ भने महाकाली सन्धिकै उल्लंघन हुन जान्छ र नेपाल सरकार र हामी नेपाली जनताले यसलाई त्यही रूपमा बुझ्नुपर्दछ । यो कुरा नेपाल सरकारले भारत सरकारसँग उपयुक्त मञ्चमा छलफल गरेर चाँडै नै टुंगो लगाउनु जरूरी छ । यो समस्याले हाँगो हाल्दै गयो भने भविष्यमा झन् धेरै ठूला जटिलता पैदा गराउन सक्दछ । 

झण्डै दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी चिनफिङको उपस्थितिमा बेइजिङमा एउटा वाणिज्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यस सम्झौतामा भारत र चीनको व्यापारिक नाका नेपालको लिपुलेकलाई नै बनाइएको छ । यसबाट केही गम्भीर प्रश्न खडा भएका छन् । भारत सरकारले नेपाललाई यति हेपेको छ कि उसले नेपालको यो भूभागलाई आफ्नो भागका रूपमा लिएर त्यसलाई लागू पनि गराउन थालेको छ । यो त्यसैको प्रमाण हो । अर्को देशको भूभागलाई आफ्नो हो भनी तेस्रो देशसँगको सम्झौतामा जोड्नुले लिपुलेकको समस्या झन् गम्भीर बनेको छ । यसमा थप जटिलता के पनि भएको छ भने अहिलेसम्म चीनले सधैं नेपालको अखण्डता र सार्वभौमिकताको पक्षमा बोल्दै र त्यसैअनुसारको व्यवहार गर्दै आएको छ । तर नेपालसँग सोधपुछ नै नगरी भारतसँग लिपुलेकलाई दुई देशबीचको नाका कायम गरेर चीन सरकारले सम्झौतामा हस्ताक्षर  गर्नुले स्थिति धेरै जटिल भएको संकेत गर्दछ । यसबाट अब लिपुलेकसम्बन्धी विषय चीनसँग समेत वार्ता गरेर समाधान गर्नुपर्ने विषय बनेको छ । हामीले यस विषयमा ढिलो नगरिकन अगाडि बढ्नु आवश्यक छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x