×

NMB BANK
NIC ASIA

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिन प्रतिवेदन आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाउन लागिएको छ । 

Muktinath Bank

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको समितिले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।  


Advertisment
Nabil box
Kumari

निर्मलाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपनि कञ्चनपुर प्रहरीले अनुसन्धानमा चासो नदिँदा स्थानीयले आन्दोलन शुरू गरेका थिए । 

Vianet communication

निर्मलाको बलात्कारपछि हत्यामा संलग्न भन्दै कञ्चनपुर प्रहरीले भदौ ३ गते मानसिक सन्तुलन गुमाएका स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो । वास्तविक अपराधीलाई जोगाउन प्रहरीले मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई पक्राउ गरेको भन्दै स्थानीयले आन्दोलन शुरू गरेका थिए । 

जसक्रममा प्रहरीको गोली लागेर १ जना किशोरको मृत्यु भयो भने करीब २० जना व्यक्ति घाइते भए । प्रहरीले स्थानीयको मागलाई सम्बोधन गर्न निर्मला हत्याको सत्यतथ्य छानबिन गर्न भन्दै भदौ ७ गते मैनालीको नेतृत्वमा समिति गठन गरेको थियो । 

समितिलाई १५ दिनको समयसीमा तोकिए पनि भदौ २५ गते पुनः १५ दिनको म्याद थपिएको थियो । समितिको दोस्रो पटकको म्याद थपप्रति असन्तुष्टि जनाएका समितिका सदस्य एवम् ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रतिवेदन तयार भएकाले गृहमन्त्रीलाई बुझाउन लागिएको बताए । 

‘समितिले घटनासँग सम्बन्धित सबै विषयमा गम्भीर अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको छ,’ उपसचिव केसीले लोकान्तरसँग भने, ‘आजै गृहमन्त्रीज्यूलाई बुझाइन्छ ।’

पुनः छानबिन गर्नु नपर्ने

समितिका सदस्य केसीले निर्मलाको बलात्कार हत्याको सम्बन्धमा आफूहरूले पूर्ण रूपमा अनुसन्धान गरेको बताए । घटनासँग सम्बन्धित सबै पक्षबारे सुक्ष्म अनुसन्धान गरेर प्रतिवेदनमा उल्लेख गरिएकाले पुनः अनुसन्धान गर्नु नपर्ने केसीको भनाइ छ । 

‘घटनाको पुनः अनुसन्धान गर्नु नपरोस् भन्ने हाम्रो अपेक्षा हो,’ केसीले लोकान्तरसँग भने, ‘हामीले पुनः अनुसन्धान गर्नु नपर्ने गरी अनुसन्धान गरेका छौं ।’

संदिग्ध अभियुक्तको पहिचान

समिति स्रोतका अनुसार प्रतिवेदनमा निर्मला हत्या प्रकरणका संदिग्ध अभियुक्तको विवरण समेत उल्लेख गरिएको छ । 

प्रतिवेदनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइ छिट्टै दोषी पक्राउ पर्ने समितिका एक अर्का सदस्यको दाबी छ ।

‘हामीले घटनाका संदिग्ध र घटनामा उनको संलग्नताको आधार समेत प्रतिवेदनमा पेश गरेका छौं,’ समितिका ती सदस्यले नाम नबताउने शर्तमा लोकान्तरसँग भने, ‘यदि प्रतिवेदनमा उल्लेख भएअनुसार अबको कारवाही प्रक्रिया अगाडि बढाइए दोषी पक्राउ पर्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x