×

NMB BANK
NIC ASIA

निर्मलाको बलात्कारपछि हत्या प्रकरण : निलम्बित एसपी विष्ट नै मुख्य संदिग्ध !

असोज १०, २०७५

NTC
Premier Steels

काठमाडौं –गत साउन १० गते साथीको घर जान्छु भनेर निस्केकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । हत्या भएको २ महिनाको अवधिमा अभियुक्तहरू अझै पक्राउ पर्न सकेका छैनन् । 

Muktinath Bank

हत्यारालाई पक्राउ गरी कारवाही अगाडि बढाउने जिम्मेवारी पाएको सरकारी निकाय नै हत्यारालाई जोगाउन लागेपछि न्यायका लागि स्थानीयले आन्दोलन नै गर्नुपर्‍यो । ‘निर्मलाका निम्ति न्याय’ माग्दै देशभर नै आन्दोलन भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा सरकारले गृह मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्‍यो । समितिले मंगलवार गुपचुप रूपमा गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा उल्लेख भएका विषय गोप्य राखिएको छ । तर लोकान्तरलाई गृह मन्त्रालय स्रोतबाट प्रतिवेदनमा उल्लेख केही विषय प्राप्त भएको छ । 

Vianet communication

निलम्बित एसपी विष्ट मुख्य संदिग्ध

कारागार व्यवस्थापन विभागका महानिर्देशक समेत रहेका सहसचिव मैनाली नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्टलाई निर्मलाको बलात्कार र हत्या प्रकरणको मुख्य संदिग्धको सूचीमा राखेको छ । 

घटनाका सबै तथ्य केलाएको समितिले अन्ततः एसपी विष्टलाई मुख्य संदिग्धको सूचीमा राखेको हो । ‘तत्कालीन एसपी विष्टलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाका सबै तथ्य खुल्ने संकेत गरेर उनलाई मुख्य संदिग्धको सूचीमा राखिएको छ,’ गृह मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो । 

विष्टलाई मुख्य संदिग्ध बनाइनुका ५ आधार

समितिले आफ्नो प्रतिवेदनमा विष्टलाई मुख्य संदिग्ध बनाइनुको आधार समेत उल्लेख गरेको छ । 

१) निर्मला हराएको साँझदेखि नै एसपीको चलखेल

परिवारको भनाइका आधारमा निर्मला पन्त साउन १० गते बिहान ११ बजे घरबाट साथीकोमा जान्छु भनेर निस्किएकी थिइन् । 

बहिनीलाई साथी रोशनी बमको घरमा गएर गाइड र अम्बा लिएर आउँछु भनेकी निर्मला दोस्रो दिन भीमदत्तनगरपालिका– १८ स्थित उखुबारीमा मृत फेला परिन् । 

निर्मलाकी आमा दुर्गादेवी बिहान १० बजेतिर निर्मलालाई पसलमा राखेर सामान किन्न बजार गएकी थिइन् । १ बजेरित घर फर्किँदा निर्मला रोशनीको घर गएको खबर पाइन्, आफ्नी कान्छी छोरीबाट । साँझ ६ बज्दा पनि निर्मला घर नफर्केपछि दुर्गादेवी खोजीमा जुटिन् । 

शुरूमा रोशनी बमको घर पुगेकी दुर्गादेवी पछि अस्थायी प्रहरी बिट सालघारी पुगिन् । छोरीको खोजीका लागि इलाका प्रहरी कार्यालय गड्डाचौकीदेखि जिल्ला प्रहरी कार्यालयमा फोन गर्दा दुर्गादेवीलाई एकै जवाफ आयो, ‘बिहान हराएकी छोरीलाई यति राति आएर खोज्ने हो ? अब भोलि उज्यालो भएपछि आउनु ।’ 

उच्चस्तरीय छानबिन समितिको अनुसन्धाबाट एसपी विष्टले निर्मला हराएको साँझदेखि नै मातहतका प्रहरी कार्यालय र युनिटका इञ्चार्जहरूलाई बोलाएर निर्मलाको खोजीका लागि उजुरी आए नलिन भनेर निर्देशन दिइसकेको पत्ता लागेको छ । 

‘एसपी विष्टले १० गते राति नै मातहतका प्रहरी कार्यालयका प्रमुखलाई निर्मलाको उजुरी नलिन निर्देशन जारी गरेको देखियो भनेर समितिले ब्रिफ गरेको छ,’ गृह मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो, ‘उनले ११ गते बिहान नै कतिपय प्रहरी युनिटका प्रमुखको सरुवा समेत गरेको देखिएको भनेर समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।’

२) हतारहतार प्रमाण नष्ट 

निर्मला हराएको दोस्रो दिन, (साउन ११) गते बिहान ९: २५ तिर स्थानीयले उखुबारीमा निर्मलाको शव देखेका थिए, घोप्टो पल्टिएको अवस्थामा । शवभन्दा केही टाढा सडकबाट देखिने गरी । सानो खोलामा साइकल भेट्टिएको थियो । खोलाको किनारमा किताब र अम्बाको दाना भेटिएको थियो । 

बिहान स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटका इन्सपेक्टर एकेन्द्र खड्का आएर घटनास्थल वरपर हेर्न थाले । आफूसँगै आएकी एक महिला प्रहरीलाई हातले केही इशारा गरे, महिला प्रहरीले निर्मलाको सुरुवाल धुन थालिन् । घोप्टो पल्टिएको निर्मलाको शवलाई उत्तानो पल्टाइयो । महिला प्रहरीले उखुबारीकै धमिलो पानीले निर्मलाको योनी सफा गर्न लागिन् । 

छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेअनुसार ‘क्राइम सिन’बाटै प्रमाण नष्ट गरिएको थियो । गृह मन्त्रालय स्रोतका अनुसार एसपी विष्टकै प्रत्यक्ष निर्देशनमा सबै प्रमाण नष्ट गर्ने काम भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । 

एसपी विष्ट वारदातस्थलको मुचुल्का उठाउनेदेखि निर्मलाको शव जलाउनेसम्मका कार्यमा प्रमाण नष्ट गर्ने उद्देश्यबाट प्रेरित भएर लागेको छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । 

३) ‘अनुभवी अपराधी’बाट शव व्यवस्थापन  

साउन ११ गते बिहान ९ः२५ बजेतिर स्थानीयले उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पारेका थिए । शवको केही टाढा खोलामा साइकल थियो भने खोला किनारमा किताब र अम्बाको दाना थियो । 

उखुबारीमा निर्मलाको आधा शव पानीमा डुबेको अवस्थामा थियो भने किनारमा फेला परेका किताब, जस्ताका तस्तै थिए । जबकि साउन १० गते राति मुसलधारे पानी परेको थियो । त्यत्रो पानी पर्दा पनि निर्मलाका किताब–कापी भने भिजेका थिएनन् । 

उच्चस्तरीय छानबिन समितिले निर्मलाको हत्या उखुबारीमा नभई अन्य कुनै स्थानबाट ल्याएर उखुबारीमा ‘शवको व्यवस्थापन’ गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ । ‘प्रमाण नष्ट गर्ने उद्देश्यले ‘अनुभवी अपराधी’ले शवलाई घोप्टो पारेर राखेको देखियो,’ समितिले प्रतिवेदनमा उल्लेख गरेको विषयलाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘शवको व्यवस्थापनका सवालमा देखिएका कतिपय तथ्यबाट पनि त्यसमा एसपी विष्टको भूमिका देखिन्छ ।’

‘निर्मलाको हत्या उखुबारीमा भएको भए मृत्यु हुँदा उनको फोक्सोमा केही मात्रामा भएपनि पानी जानुपर्ने हो । तर त्यहाँ त्यस्तो देखिएन,’ प्रतिवेदनमा स्वास्थ्यकर्मीको समेत रायलाई उल्लेख गरेर भनिएको छ, ‘सुरक्षित ठाउँमा हत्या गरेर उखुबारीमा ल्याएर शव व्यवस्थापन गरिएको हुनसक्छ ।’

४) आफन्तलाई धम्की, स्थानीयसँग गलत व्यवहार

छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेअनुसार एसपी विष्टले निर्मलाका आमा–बुवा र आफन्तलाई भेटेरै पटक–पटक धम्की दिएका थिए । 

एसपी विष्टले पेस्तोल ताकेरै निर्मलाको शव नउठाए ‘गोली खानुपर्ला’ भन्दै निर्मलाका बुवा यज्ञराजलाई धम्की दिएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै मानसिक स्वास्थ्य ठीक नभएका दिलिपसिंह विष्टविरुद्ध किटानी जाहेरी दिन भनेर पनि एसपी विष्टले निर्मलाका अभिभावकलाई चर्को दबाब दिएको विषय प्रतिवेदनमा उल्लेख छ । 

उच्चस्तरीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेअनुसार एसपी विष्टले केही व्यक्तिलाई निर्मलाको हत्या सकार्न प्रलोभन समेत दिएका थिए । निर्मला प्रकरणमा कञ्चनपुर प्रहरीले दिलिप विष्टका अलावा भीमदत्त नगरपालिका– २ का २१ वर्षीय चक्रदेव बडू र १८ वर्षीया हेमन्ती भट्टलाई नियन्त्रणमा लिएको थियो । हिरासतमा लिएर उनीहरूलाई निर्मलाको हत्या आफूले गरेको भनेर स्वीकार्न धम्कीसँगै प्रलोभन दिइएको पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । 

एसपी विष्टले निर्मलाको न्यायका लागि आन्दोलन गर्ने व्यक्तिलाई समेत गोली ठोकिदिने भनेर धम्की दिएको विषय उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । एसपी विष्टले अधिकारकर्मी र केही स्थानीयलाई नियन्त्रणमा लिएर गलत व्यवहार गरेको पनि प्रतिवेदनमा उल्लेख छ । 

५) आदेश नहुँदा पनि गोली प्रहार

कञ्चनपुर प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भन्दै भदौ २ गते भीमदत्त नगरपालिका–१९ का दिलिपसिंह विष्टलाई पक्राउ गरी भदौ ४ गते सार्वजनिक गर्‍यो । 

दिलिपलाई सार्वजनिक गर्दा वितरण गरिएको प्रेस विज्ञप्तिमा प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको भनेको थियो । दिलिप पक्राउ परेको दोस्रो दिनदेखि नै स्थानीयले आन्दोलन शुरू गरे । 

वास्तविक अपराधीलाई जोगाउन दिलिपलाई पक्राउ गरिएको भन्दै स्थानीयले आन्दोलन चर्काए । स्थानीयको आन्दोलनमा प्रहरीले शुरूदेखि नै अत्यधिक बल प्रयोग गरिरहेको थियो । भदौ ७ गते त अन्धाधुन्ध गोली चलायो । प्रहरीको गोली लागेर ४ जना गम्भीरसहित करीब १ दर्जन घाइते भए । 

उच्चस्तरीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेअनुसार स्थानीय प्रशासनको आदेश उल्लंघन गर्दै एसपी विष्टको आदेशमा आन्दोलनकारीमाथि गोली चलाइएको थियो । कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले समितिलाई दिएको बयानमा आफूले एसपीलाई पटक–पटक ‘फायर नखोल्न’ भनेर सचेत गराएको उल्लेख गरेका छन् । 

आन्दोलनमा गोली चलाउने प्रहरीले एसपीको आदेशअनुसार गोली चलाएको भनेर समितिलाई बयान दिएका थिए । 

निलम्बित प्रहरी अधिकारी पनि शंकास्पद् भूमिकामा 

उच्चस्तरीय छानबिन समितिले निर्मला हत्या प्रकरणमा लिनम्बनमा रहेका एसपी डिल्लीराज विष्टका अतिरिक्त अन्य ५ जना प्रहरी अधिकारीको भूमिका पनि शंकास्पद रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रमाण नष्ट गर्नेदेखि घटना प्रकरणलाई मोड्ने कार्यमा उनीहरूको संलग्नता रहेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जगदिशचन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्दाका शाखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रमुख प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x