कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं –बिहीवार नेपाली सेनाले आफ्नो मुख्यालय जङ्गी अड्डामा एउटा अन्तरक्रिया कार्यक्रम राख्यो । दशैं, तिहार र छठ पर्व लक्षित शुभकामना आदान–प्रदान कार्यक्रम भनिए पनि कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सञ्चारकर्मीसँग खुलेरै आफ्ना धारणा राखे ।
शुरूआतमा आफ्नो मन्तव्य राखेका प्रधानसेनापति थापाले पछि पत्रकारले सोधेका प्रश्नको पनि जवाफ दिए । शुरूवाती मन्तव्यका क्रममा प्रधानसेनापति थापाले लडाईं लड्ने क्षमता विकासका लागि सेनामा सेवागत विशिष्टिकरणको अवधारणा अगाडि बढाइएको बताए ।
साथै सम्भावित युद्धका लागि सेना तयारी अवस्थामा रहेको पनि प्रधानसेनापति थापाको भनाइ थियो । यस्तै सैनिक बन्दोबस्तीका लागि आत्मनिर्भर रहने गरी विविध योजनाहरूमा काम अगाडि बढाइएको पनि प्रधानसेनापति थापाले बताए ।
विखण्डनकारीप्रति चनाखो
प्रधानसेनापछि थापाले राष्ट्रिय स्वाधिनतामा आँच पु¥याउने गरी सक्रिय रहेका ‘विखण्डनकारी’को विषयमा चनाखो रहेको बताए । प्रधानसेनापति थापाले विखण्डनकारी समूहको सुक्ष्म अध्ययन भइरहेको बताउँदै विभष्यमा हुने सम्भावित घटनाका लागि चनाखो अवस्थामा रहेको जानकारी दिए ।
सीमा सुरक्षाको भूमिका
प्रधानसेनापति थापाले अहिलेको अवस्थामा संविधानले निर्देशित गरेअनुसारको सीमामा रहनु सेनाका लागि व्यवहारिक भएको बताए । सँगै उनले सीमा सुरक्षाका विषयमा सेनाको सहभागिता पनि हुनुपर्नेमा जोड दिए ।
सञ्चारकर्मीले राखेको जिज्ञासाको सम्बोधन गर्ने क्रममा प्रधानसेनापति थापाले सीमा सुरक्षामा सहभागिताका लागि सरकारसँग प्रस्ताव राखेको पनि बताए ।
‘सीमाको सुरक्षा गर्ने प्रमुख दायित्व अहिलेका लागि सशस्त्र प्रहरी बलको हो । सीमा सुरक्षामा सेना परिचालन गर्ने विषय संविधानले पनि परिकल्पना गरेको छैन,’ प्रधानसेनापति थापाले भने, ‘तर सीमा सुरक्षासँग सम्बन्धित केही विषयमा सेनाको पनि सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता रहँदै आएको छ । यसका लागि हामीले नेपाल सरकारसमक्ष पटक–पटक प्रस्ताव पनि राखेका छौं ।’
भ्रष्टाचारमा शून्य सहनशीलता
प्रधानसेनापति थापाले सेनाभित्र आर्थिक अनियमितताको विषय उठेकाले यसमाथिको छानबिनलाई थप प्रभावकारी बनाइने बताए । उनले सैनिक अदालतमार्फत् आन्तरिक अनियमिततामाथि छानबिन गरी कारवाही गरिने बताए । भ्रष्टाचारको सम्बन्धमा शुन्य सहनशीलता अपनाइने प्रधानसेनापतिको भनाइ थियो ।
सैनिक कल्याणकारी कोष थप वृद्धि गर्ने लक्ष्य
प्रधानसेनापति थापाले सैनिक कल्याणकारी कोषको थप विकासका लागि काठमाडौंको महांकालस्थित त्रिचन्द्र मिलिटरी हस्पिटलको भवनको प्रयोग हुने बताए ।
अहिले रहेको कोष मात्रै परिचालन गर्दा हितग्राहीका लागि ८–१० वर्षका लागि मात्रै धान्न सकिने अवस्था रहेकाले त्रिचन्द्र मिलिटरी हस्पिटलको नवनिर्मित भवन आर्थिक आर्जनका लागि प्रयोग हुने बताए । यद्यपि भवनलाई व्यापारिकभन्दा पनि सामाजिक कामका लागि प्रयोगमा ल्याइने थापाको भनाइ थियो ।
द्रुतमार्गत निर्माण गर्दा सांस्कृतिक सम्पदा नमासिने
प्रधानसेनापति थापाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निर्माण गर्दा ऐतिहासिक सम्पदा नमासिने बताए ।
मानवीय वस्तीमा कमभन्दा कम क्षति पुग्नेगरी काम गर्न सेना सचेत रहेको उल्लेख गर्दै थापाले ऐतिहासिक र सांस्कृति सम्पदा मासिने अवस्था आए दु्रतमार्गको वैकल्पिक मार्ग निर्माण गरिने थापाको भनाइ थियो ।
सेना ‘कू’ गर्ने पक्षमा छैन !
प्रधानसेनापति थापाले ‘परम्परा ताडेर’ बिहीवार पत्रकार सम्मेलन गरे । यसअघि सेनाको जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलन गरी गतिविधि सार्वजनिक गर्ने गरेकोमा बिहीवार भने प्रधानसेनापति आफैंले पत्रकार सम्मेलनमा सम्बोधन गर्नुका साथै पत्रकारका सवालको जवाफ दिए ।
पत्रकार सम्मेलनमा उपस्थित पत्रकारले ‘सेनाको पत्रकार सम्मेलपछि देशमा राजनीतिक उथलपुथल भएको’ भन्दै प्रधानसेनापति थापाले पत्रकार सम्मेलन गर्नुको उद्देश्यबारे जिज्ञासा राखे । जवाफमा प्रधानसेनापति थापाले अहिलेको अवस्थामा संविधानले निर्देशित गरेको भूमिकामा बस्नु नेपाली सेनाको दायित्व हुने बताए ।
सरकारले दिने जिम्मेवारी पूरा गर्न सेना तयार रहेको बताएका प्रधानसेनोपति थापाले संविधानले तोकेको सीमाभन्दा बाहिर जाने पक्षमा सेना नरहेको जनाए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...