×

NMB BANK
NIC ASIA

शहीद परिवारलाई श्रम शोषण गरेको आरोप किन लाग्यो राज्यमन्त्री शर्मामाथि ?

कात्तिक ३, २०७५

NTC
Premier Steels

जनकपुरधाम – मधेश आन्दोलनको जगमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले २ नम्बर प्रदेशमा सरकार सञ्चालन गरेको भएपनि सरकारका मन्त्रीले शहीद परिवारलाई शोषण गरेको खुलासा भएको छ ।

Muktinath Bank

शहीदको बलिदानपछि जितेर अहिले मन्त्रीसम्म बन्न सफल भएपनि मन्त्रीबाटै शहिद परिवारको शोषण हुने गरेको पाइएको छ । मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिएपनि श्रम र आर्थिक शोषण गरिएको पीडित शहीद परिबारले आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले शहीद परिवारलाई रोजगारी दिएपनि श्रम शोषणका साथसाथै तलबमा हिनामिना गरिरहेको आरोप लागेको छ । मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका महोत्तरीको जलेश्वर नगरपालिकास्थित बखरी गाउँका शहीद अमित कापरको परिवारलाई राज्यमन्त्री शर्माले रोजगारी दिएका थिए । 


Advertisment
Nabil box
Kumari

शहीद अमित कापरकी आमा चन्द्रकला देवीले लोकान्तरलाई दिएको जानकारी अनुसार राज्यमन्त्री शर्माले छोरा सुजित कापरलाई भान्सेको जागिर दिएपनि एकै जनाको तलबमा २ जना छोरालाई काममा लगाइएको छ ।

Vianet communication

‘मन्त्री ज्यूले तलब १ जनाको मासिक १८ हजार रुपैयाँ दिने भनेर भन्नुभयो । तर, उहाँको घरमा भान्सेको काम गर्न २ जना छोराहरू सुजित र सञ्जितलाई भन्नुभयो,’ चन्द्रकलाले भनिन्, ‘शुरूमा १५ दिनसम्म दुवै छोराले काम गरे । तर, मैले एउटा छोरा विदेश जान्छ भनेर काम छाड्न लगाए ।’ 

गत साउन १० गते भान्सेमा छोरालाई नियुक्ति दिएपछि ३ महिनाको तलब दिए तर शुरूमा दशैं पेश्की काटेको उनले बताइन् । त्यसपछि स्थानीय पत्रकारलाई भनेपछि दशैं पेश्की मिलेको उनले बताइन् ।

‘शुरूमा ३ महिनाको तलब दिनुभयो । तर, दशैं पेश्की भने काट्नुभयो,’ उनले भनिन्, ‘मन्त्री ज्यूको स्वकीय सचिव सुरेश ठाकुरले मेरो श्रीमान रामबृछ ठाकुर (शहीद अमितका बुवा) लाई जलेश्वर लगेर दशैंको पेश्की काटिएको छ, पाउनुहुन्न भनेर बाँकी तलब दिनुभयो । तर, दशैंको पेश्की भने दिनुभएन ।’

शहीद अमितकी पत्नी मन्तोरिया देवीका अनुसार सुनित र सञ्जितले १५ दिनसम्म मन्त्री निवासमा खाना पकाउने काम गरेको बताइन् । ‘तर, तलब १८ हजार रुपैयाँबाटै दुवैलाई बाँडेर दिने कुरा गर्नुभएको थियो,’ उनले भनिन्, ‘दुवै दाजुभाइ त्यहीँ पैसामा काम गर्ने हो भने गर, नत्र मलाई अर्को व्यक्ति पनि राख्नुपर्छ र त्यही पैसाबाट काटेर दिनुपर्छ भनेर समेत भनेका छन् ।’ बिहान ६ बजेदेखि राति ११ बजेसम्म निवासमा काम गरेर धेरै मिहिनेत हुने गरेको उनले बताइन् ।

शहीद परिवारको आरोपबारे बुझ्दा राज्यमन्त्री शर्माले त्यस्तो कुनै कुरा नरहेको बताए । ‘मविरुद्ध राजनीतिक षड्यन्त्र गरिएको छ । मैले आफ्नो सचिवालय अन्तर्गत भान्सेमा शहीद परिवारलाई रोजगारी दिएको हो । श्रम शोषण र आर्थिक शोषण मैले गरेको छैन,’ उनले भने, ‘मैले आफैंले बोलाएर सचिवालयमा जागिर दिएको छु, ठग्ने कुरा आउँदैन ।’ निवासमा ४ जनाको परिवार रहेको बताउँदै राज्यमन्त्री शर्माले १ जना सुरक्षाकर्मी, १ जना चालकसहित ६ जनाको भान्सा बनाउनुपर्ने उनले बताए । ‘त्यसमा मैले के कति श्रम शोषण गरेको होला ?’ उनले भने ।

दशैं पेश्कीदेखि १ जनाको ठाउँमा २ जनालाई काम गराउने कुरा पनि गलत रहेको उनले बताए । ‘जुन व्यक्तिलाई मैले भान्सेमा नियुक्त गरेको थिएँ, उनी काममा नआउँदा उनका भाईले आएर काम गर्ने गरेका छन्,’ राज्यमन्त्री शर्माले भने ।

राजपाको टिकटमा महोत्तरीको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित शर्मा प्रदेश सरकारमा राज्यमन्त्री छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x