×

NMB BANK
NIC ASIA

काठमाडौं – सरकारले दशैं पर्वका लागि फूलपातिदेखि एकादशीसम्म ४ दिनको बिदा तोकेको छ । कार्यालयहरू विजया दशैंको तेस्रो दिन कात्तिक ४ गते खुल्ने छन् । 

Muktinath Bank

फूलपातिका दिन बिदा बसेका कर्मचारीको कार्यालयमा हाजिरी हुन नहुनुपर्ने हो । तर, सिंहदरवारभित्र काम गर्ने कर्मचारी भने दशैंको बिदामा दोब्बर तलब पाउने गरी काज मिलाएर हिँडेका हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी दशैं बिदामा काज मिलाउने कर्मचारीहरू अधिकृतभन्दा तल्लो तहका हुन्छन् । हाकिम रिझाउन सक्ने नासु, खरिदार, कार्यालय सहायक तहका कर्मचारीले दशैंको बेला काज मिलाएर बिदा बस्ने गर्छन् ।


Advertisment
Nabil box
Kumari

सरकारी कर्मचारीका लागि दशैंको अतिरिक्त बिदा नै छुट्याइएको हुन्छ । अर्थात् दशैं बिदामा उनीहरूको तलब काटिँदैन । तर, उनीहरू बिदामा काज मिलाएर बिदा सञ्चित गर्नुका साथै काज बापतको थप सुविधासमेत लिने गर्छन् ।

Vianet communication

‘हाकिमलाई आफ्नो पक्षमा पार्न सकियो भने काज मिलाउन सजिलो हुन्छ,’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत एक कर्मचारीले लोकान्तरसँग भने, ‘हाकिमसँग राम्रो सम्बन्ध नभएकाहरुले भने काज पाउँदैनन् ।’

हाकिमले अह्राएको अतिरिक्त काम गरिदिने कार्यालय सहायक र खरिदार तहका कर्मचारीले दशैंमा बढी काज पाउने गरेको ती कर्मचारीको भनाइ छ ।

कसरी मिलाउँछन् काज ?

मन्त्रालयमा काम गर्ने कर्मचारीले उपत्यका बाहिरका जिल्लामा खटिजाने भनेर आफू कार्यरत शाखामा विवरण उपलब्ध गराएका हुन्छन् । उनीहरू १ हप्ते काजका लागि खटिएको विवरण आफू कार्यरत शाखामा उल्लेख गर्छन् ।  

१ हप्ते काज मिलाएका नासु तहका कर्मचारीले १२ सय रुपैयाँ प्रतिदिनका हिसाबले भत्ता पाउँछन् । १ हप्ते काज मिलाएका नासु तहका कर्मचारीले १ हप्तामा ८ हजार ४ सय रुपैयाँ लिन्छन् ।

खरिदार र कार्यालय सहायक स्तरका कर्मचारीले पनि आफ्नो मासिक तलबअनुसार दैनिक पाउने पारिश्रमिकको थप ५० प्रतिशत रकमसहित १ हप्ते काज मिलाएर रकम लिन्छन् । 

जस्तै खरिदार तहका कर्मचारीको दैनिक तलब ७ सय रुपैयाँ भए त्यसको ५० प्रतिशत (३ सय ५० रुपैयाँ) थपसहित १ हप्ते काजमा खटिएको दिनमा प्रतिदिन १ हजार ५० रुपैयाँ पाउँछन् । यसरी खरिदार तहका कर्मचारीले १ हप्ते काज मिलाएर अतिरिक्त ७ हजार ३ सय ५० रुपैयाँ पाउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x