कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
मंसिर २, २०७५
काठमाडौं – सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्सेनि करीब २७ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।
नेपालमा १८ दशमलव ५ प्रतिशत मानिस दैनिक सुर्तीजन्य पदार्थ सेवन गर्छन् । जसमा ५५ लाख १ हजार ३ सय ५८ जनाले चुरोट सेवन गर्ने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक एवं टोबाको नियन्त्रण तथा स्वास्थ्य पबद्र्धन शाखा प्रमुख भक्तबहादुर केसीका अनुसार प्रशोधित सुर्तीजन्य पदार्थ सेवन गर्नेहरू ८४ दशमलव ८ प्रतिशत रहेका छन् ।
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूमा ९० प्रतिशतभन्दा बढीले १८ वर्षभन्दा कम उमेरमा पहिलोपटक सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको केसी बताउँछन् ।
नेपालमा क्यान्सर, मुटु, उच्च रक्तचाप लगायतका विभिन्न दीर्घकालीन रोगको प्रमुख कारण नै सुर्तीजन्य पदार्थको सेवन भएको चिकित्सकहरू बताउँछन् ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालका अनुसार एउटा चुरोटमा ४ हजार केमिकल हुन्छ । चुरोटमा हुने ६० देखि ७० वटा केमिकलमा क्यान्सर गराउने हानिकार तत्व हुने डा. बराल बताउँछन् ।
उनी भन्छन्, ‘मानिसको हरेक अंगमा हुने क्यान्सरको पहिलो कारण सुर्तीजन्य पदार्थ हो, सुर्तीजन्य पदार्थको सेवनलाई मात्रै कन्ट्रोल गर्न सकेमा ५० प्रतिशत क्यान्सर कम गर्न सकिन्छ ।’
सुर्तीजन्य पदार्थ सेवनले क्यान्सर मात्रै होइन मुटुरोगको खतरालाई पनि बढाउने मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल बताउँछन् ।
‘चुरोट खानेलाई दम, मुटुसम्बन्धी रोग र रक्तनलीमा गम्भीर असर पुर्याउँछ, ४० वर्षमुनिका युवाहरूमा हार्टअट्याक हुनुको पहिलो कारण सुर्तीजन्य पदार्थको सेवन नै हो,’ डा अनिल भन्छन्, ‘चुरोट खाने व्यक्तिलाई जुनसुकै समयमा हार्टअट्याक हुनसक्छ, यस्ता रोगहरूलाई न्युनिकरण गर्न जनचेतना जगाउन आवश्यक छ ।’
मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न भन्दै सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ संशोधन गरी २०७१ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका समेत बनेको छ ।
उक्त निर्देशिकामा सार्वजनिक स्थल तथा सार्वजनिक यातायातमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने र उक्त कानूनको सबैले पालना गर्नुपर्ने उल्लेख छ । यस्तै सुर्ती उद्योगहरूले २०७२ जेठ १ गतेदेखि बजारमा पठाउने सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र अंकित सन्देश हुनुपर्ने, चुरोटको खुल्ला बिक्री गर्न नपाइने लगायतका व्यवस्था छन् ।
सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने भन्दै बर्सेनि सचेतनामा करोडौं रकम खर्च हुने गरेको छ । तर निर्देशिका लागू गरिएको ४ वर्षसम्म पनि सुर्तीजन्य पदार्थको प्रयोगमा भने कमी आएको देखिँदैन ।
यस्तै सूर्य चुरोट उत्पादक कम्पनी सूर्य टोबाकोले हालसम्म पनि ९० प्रतिशत चित्र अंकित सन्देश छाप्नुपर्ने नियमलाई अवज्ञा गर्दै आएको छ ।
यसरी कानुनपालना नगर्ने निकाय र व्यक्तिलाई सरकारले नियमन र कारवाही गर्न सकेको देखिँदैन । जसका कारण सुर्तीजन्य पदार्थ सेवनका कारण मानिसहरूले अकालमै ज्यान गुमाउन परिरहेको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...