×

NMB BANK
NIC ASIA

बर्खास्तीमा परेका मन्त्रीको गाडीले ठक्कर दिँदा घाइते भएका चन्द अस्पतालमा छट्पटाउँदै

मंसिर ३, २०७५

NTC
Premier Steels

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारी कात्तिक २७ गते बर्खास्तीमा परे । लगत्तै सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भए ।

Muktinath Bank

मन्त्रीको पद नै बर्खास्त गर्ने धेरै कारण औल्याइएको छ । एउटा कारण हो – गाडी दुर्घटना प्रकरण । जसले निम्त्याएको समस्या अझै बल्झिएको छ । सर्वसाधारणले सास्ती पाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कात्तिक २३ गते राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बडैपुरमा पूर्वमन्त्रीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो जीप दुर्घटना भएको थियो । से३प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।


Advertisment
Nabil box
Kumari

दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा नगरपालिकाका–८ का २३ वर्षीय सुरेन्द्र चन्द शख्त घाइते बने । गलाको हड्डी, दायाँ हातको कुइनाको जोर्नी र करङ भाँचिनुको साथै टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चन्दको उपचार धनगढीमा हुन नसकेपछि काठमाडौं रेफर गरियो । उनको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

Vianet communication

तर उपचारमा निकै समस्या भएको चन्दको परिवारजनले बताएका छन् । चन्दका बुवा टेकबहादुर चन्दले छोराको उपचारमा निकै समस्या भएको दुखेसो सुनाए । उनका अनुसार घाइते सुरेन्द्रको गलाको हड्डीको शल्यक्रिया कात्तिक २५ गते भएको थियो । जसमा मात्रै ६० हजार रुपैयाँ खर्च लागेको छ । मंसिर २ गते दायाँ हातको कुइनाको हड्डीको शल्यक्रिया भएको छ ।

अस्पतालको रिपोर्टलाई उदृत गर्दै चन्दका बुवाले भने, ‘२ भागको अप्रेसन भयो । उपचार जारी छ । सिटीस्क्यान गर्दा टाउकोको ३ भागमा रगत जमेको देखिएको छ । छोराको मानसिक अवस्था ठीक छैन । कहिले उठेर हिँड्दिन्छ । बोल्दैन । कहिले चिनेको मान्छेलाई नै चिन्दैन । दिमागमा कुनै परिवर्तन आएको छैन हजुर ।’

घाइते चन्दको औषधोपचार सामाजिक विकास मन्त्रालयले व्यहोरिरहेको छ । हालसम्म उनको उपचारमा मन्त्रालयले १ लाख १० हजार रुपैयाँ भुक्तानी गरिसकेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । उनले चन्दको पूर्ण उपचारको लागि मन्त्रालयले अस्पताललाई परिपत्र समेत गरिसकेको बताए । ‘उहाँको उपचारमा कुनै समस्या हुँदैन । हामी उहाँको पूर्ण उपचार गरेर ल्याउँछौ,’ मन्त्री सुवेदीले लोकान्तरलाई भने ।

घाइतेका बुवा चन्दले आफूहरूलाई उपचार खर्च तथा खाना र बस्नमा समस्या भएको बताएका छन् । उनले भने, ‘आइतवार मन्त्रालयले अस्पताललाई एउटा चिठ्ठी फ्याक्स गरेको छ । त्यसैको आधारमा उपचार भइरहेको छ । तर भात खानलाई पैसा छैन । होटलमा उधारो खाएको छु । तिर्न बाँकी छ ।’

पूर्वमन्त्री सोडारीले प्रयोग गर्ने गाडी जिल्ला प्रहरी कार्यालय कैलालीमा थन्किएको छ । गाडीको अगाडिको भाग पूरै क्षति भएको छ । हाल गाडीको नम्बर प्लेट समेत हटाइएको छ ।

गाडीको इन्स्योरेन्स भएकाले इन्स्योरेन्स कम्पनीको मूल्यांकनको आधारमा गाडीको मर्मत हुने मन्त्रालयले जनाएको छ । नवनियुक्त मन्त्री सुवेदीले प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको गाडी चढिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x