×

NMB BANK
NIC ASIA

संयोजक चयनलाई लिएर राजपामा दुई धार, विधानको आआफ्नै पक्षमा व्याख्या

मंसिर ११, २०७५

NTC
Premier Steels

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजक चयनलाई लिएर पार्टीमा दुई धार देखिएको छ । राजपाभित्र अध्यक्ष मण्डलका सदस्यहरूबीच पार्टी संयोजक परिवर्तन गरिएको विषयलाई लिएर आन्तरिक विवाद थप गहिरिँदै गएको छ ।

Muktinath Bank

गत साता महन्थ ठाकुरलाई विस्थापित गर्दै राजेन्द्र महतो पार्टी संयोजक बनेपछि उक्त दलमा देखिएको आरोप प्रत्यारोपकाबीच सोमवार डाकिएको अध्यक्ष मण्डलको बैठक समेत प्रभावित हुन पुग्यो । केही दिनअघि सम्पन्न अध्यक्षमण्डलको बैठकले बहुमतका आधारमा महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई संयोजक चयन गरेको थियो । तराई केन्द्रित छ वटा दल मिलेर बनेको राजपा नेपालका नेताहरूबीच लामो प्रयासपछि भएको संयोजक परिवर्तनसँगै आन्तरिक विवाद छताछुल्ल हुन पुगेको छ । संयोजक चयनलाई लिएर महतो र ठाकुरपक्षका नेताले विधान आआफ्नै पक्षमा व्याख्या गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठाकुर पक्षले संयोजक चयन विधान विपरित भएको जिकीर गर्दै आएको छ भने महतो पक्षले विधान अनुसार नै चयन भएको दाबी गर्दै आएको छ । महतोलाई संयोजक बनाउन मंसिर ४ मा सम्पन्न बैठकमा अध्यक्ष मण्डलका संयोजकले नै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । तर, राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवका अनुसार ठाकुरकै सहमतिमा निर्णय भएको थियो । उनले संयोजक चयन विधान सम्बत् भएको र ठाकुरकै सहमतिमा महतो चयन भएको बताए । पार्टी विधानमा भएको व्यवस्थाअनुसार अध्यक्ष मण्डलको संयोजक चयन भएको विषयलाई अतिरञ्जीत गर्न नहुने उनको तर्क छ ।


Advertisment
Nabil box
Kumari

पार्टीको महाधिवेशनसम्म ठाकुरलाई नै संयोजक मानेर अगाडि बढ्ने सहमति भएकोमा अहिले त्यसमा हेरफेर गरेको अर्को पक्षको भनाइछ । पार्टी विधानमा प्रत्येक दुई महिनामा अध्यक्ष मण्डलका संयोजक चक्रीय प्रणालीअनुसार परिवर्तन गर्ने उल्लेख गरिएको छ । आउँदो वैशाखमा पार्टीको महाधिवेशन गर्ने निधो भइसकेका बेला संयोजक परिवर्तन गरिनुलाई महन्थ ठाकुर पक्षधर नेताले सहज रूपमा लिएको पाइँदैन ।

Vianet communication

तर, अध्यक्ष मण्डलका नेताहरूले आपसी सहमतिमा विधानविपरीत १९ महिनासम्म ठाकुरलाई नै संयोजक स्वीकार गरेका थिए । पछिल्लो समय ठाकुरले जथाभावी रूपमा मनोनयन तथा नियुक्तिहरू गर्न थालेको भन्दै राजपा अध्यक्ष मण्डलका नेताहरूले असन्तुष्टि व्यक्त गर्दै संयोजक परिवर्तन गर्ने निर्णयमा पुगेको बताउँछन् । तर, यसलाई ठाकुर पक्षका नेताले भने स्वीकार गर्दैनन् । राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले संयोजक परिवर्तन विधान विपरित भएको दावी गर्छन् । उनले व्यक्तिगत स्वास्र्थका कारण पार्टीमा समस्या उत्पन्न भएको बताए ।

पछिल्लो समय राजपा नेपालमा अध्यक्ष मण्डलका संयोजक महतो र सदस्य ठाकुरको दुई गुट सक्रिय भएको छ । संयोजक चयनपछि ठाकुर र महतो पक्ष आन्तरिक छलफलमा पनि छन् । बेलाबखत लाभ एवं स्वार्थ अनुरूप राजपा नेपालमा गुट परिवर्तन हुँदै आएको छ । नेताहरुले अहिले पनि आफ्नो अडानबाट पछि हट्ने र छिनछिनमा निर्णय बदल्ने गरेको स्वयम् राजपाका नेताहरुकै आरोप छ । पछिल्लो समय पार्टीमा देखिएको समस्या समाधान गर्न र पार्टीलाई विभाजन तर्फ लैजाने प्रयास रोक्न गम्भीर छलफलमा जुटेको लालले बताए । 

तर, नेताहरुको भेटघाटलाई पार्टी र नेताविरुद्धको मोर्चाबन्दी नभई कार्यकर्ता भेटघाटका रुपमा लिनु पर्ने केही नेताको धारणा छ । व्यक्तिका असन्तुष्टिलाई समस्याका रुपमा लिन नहुने र समस्या भए छलफलबाटै समाधान गर्नु पर्ने पक्षमा राजपाका नेताहरु छन् ।  राजपा मिसनमा हिडेको पार्टी भएकाले बैचारीक बहस हुनु स्वभाविक भएको बताउँछन् राजपा नेता राजकिशोर यादव ।

६ सदस्यीय अध्यक्ष मण्डल राजपा नेपालको सर्वोच्च कमिटी हो जहाँबाट राजनीतिकसहित प्रायः हरेक किसिमका निर्णय लिने गरिन्छ । संविधान संशोधन, सांसद रेशम चौधरीको शपथ एवं रिहाइ, मधेस आन्दोलनका क्रममा लगाइएको झुठा मुद्दा फिर्तालगायतका माग गर्दै संघर्षमा रहेको पार्टीमा यी मुद्दालाई छोडेर नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा राजपाले उठाउँदै आएका मुद्दा ओझेलमा पर्ने हुन् कि भन्ने चिन्ता कार्यकर्तामा चिन्ता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x