×

NMB BANK
NIC ASIA

बुटवल – सवारी चालक अनुमति पत्रको प्रमाणपत्र बनाउन सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

Muktinath Bank

कहिले वर्षौंसम्म आवेदन नै नखुल्नेदेखि पुनः ट्रायलको समेत दर्ता नखुल्दा सेवाग्राही मारमा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेवाग्राहीका कागजात संकलन गरेर सहजीकरण गरिरहेका कार्यालयका कम्प्यूटर अपरेटरदेखि विभिन्न ड्राइभिङ इन्स्टिच्यूट समेत समस्याको मारमा छन् । उनीहरू अनलाइन फाराम भर्ने भन्दै रातभर जाग्रामसमेत बस्ने गरेका छन् । लाइसेन्सको फारम दर्ता गर्न पनि अनलाइनमा ‘सबमिट’ गर्नुपर्ने हुन्छ ।


Advertisment
Nabil box
Kumari

‘तर अनलाइनको दर्ता कहिले खुल्छ पत्तो नै हुँदैन । कहिले मध्यरातमा खुल्छ र ५–१० मिनेटमै बन्द हुन्छ,’ अनलाइन फाराम भर्न कुरेर बसेका सैनामैना बाँसगढीका घनश्याम चापागाईंले लाइसेन्स आवेदनको समस्याले सताएको दुखेसो पोखे ।

Vianet communication

यातायात व्यवस्था कार्यालय बुटवलले सवारी चालक अनुपति पत्रको रिट्रायलका लागि समेत आवेदन दर्ता खुलाएको छैन । कार्यालयको अनलाइन पनि माथिबाटै ‘सर्भर कनेक्ट’ हुने गर्छ । आवेदन दर्ता नखुल्दा गत साउनमा भएको ट्रायलमा उत्तीर्ण हुन नसकेका सेवाग्राहीले फेरि रिट्रायलका लागि आवेदन दिन पाएका छैनन् ।

एक पटक ट्रायल कटाउन नसकेकाले ९० दिनभित्र ३ पटकसम्म ट्रायल दिन पाउने व्यवस्था रहेको छ । तर यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र लुम्बिनीले कात्तिक महिनासम्म पनि रिट्रायलको आवेदन दर्ता नगरेपछि साउनमा ट्रायल दिएर फेल भएका करीब २ सय ५० जनाभन्दा धेरै सेवाग्राही प्रत्यक्ष मर्कामा परेका हुन् । सेवाग्राहीले रिट्रायल दिन पाएनन् । 

रिट्रायलका लागि आवेदन दर्ता नखुलेपछि साउन महिनामा ट्रायल कटाउन नसकेका सेवाग्राहीले फेरि नयाँ आवेदन दिनुपर्ने भएको छ । नयाँ आवेदन दर्ता गर्न पनि निकै सकस व्यहोर्नुपर्ने भएकाले पहिलोपटक फेल भएका सेवाग्राही दोहारो मारमा परेका हुन् ।

फेल भएको ९० दिनभित्र ३ पटकसम्म रिट्रायल दिन पाउने व्यवस्था भएपनि विभागले आवेदन दर्ता नखुलाएपछि सेवाग्राहीले गुनासो गरेका छन् । ‘३ पटकसम्म त रिट्रायल दिन पाउनुपर्ने त हाम्रो अधिकार नै हो,’ बुटवल–५ निवासी आशिष कार्कीले भने, ‘रिट्रायलका लागि आवेदन खुल्यो कि खुलेन भन्दै ३ महिनासम्म पनि विभाग धाइयो । तर केही सीप लागेन । अब नयाँ आवेदन भर्न नि सजिलो छैन ।’

बुटवल बसपार्कस्थित मालिका ड्राइभिङ इन्स्टिच्यूटका सञ्चालक हिमाल भूषालले विभागले रिट्रायलका लागि आवेदन दर्ता नखुलाउँदा धेरै सेवाग्राही मर्कामा परेको बताए । विभागले समयमै रिट्रायलको आवेदन दर्ता नखुलाएका कारण धेरै सेवाग्राही आफूसँग गुनासो लिएर आएको बताए । 

विभागका मेकानिकल इन्जिनियर निशेष महर्जनले साउन पछाडि रिट्रायलको आवेदन दर्ता गर्न नसकिएको बताए । उनले गत असारसम्म रिट्रायल भइराखेको भएपनि साउन–कात्तिकसम्म रिट्रायल खुलाउन नसकिएको जानकारी दिए । ‘हामीसँग जनशक्ति कम थियो,’ उनले भने, ‘रिट्रायलका लागि सेड्युल (समय तालिका) मिलाउन सकेनौं ।’

विभागले दर्ता प्रणालीलाई चुस्त राख्न नसकेको कारणले गर्दा धेरै सेवाग्राही मर्कामा परेको गुनासो गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x