माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हरेक अभिभावक आप्mना सन्तान राम्रो भएको हेर्न चहानु हुन्छ । उसलाई राम्रो बनाउन विभिन्न प्रयासहरु गरिनै रहनु हुन्छ ।सन्तानको राम्रो भएको मापनगर्ने पहिलो आधार शिक्षा नै हुने गरेको छ । यसका लागि अभिभावकले सकेजति सबै बिधी प्रयोग गर्नु हुन्छ । ट्युसन, कोचिङ्ग, बढिभन्दा बढी गृहकार्य आदिआदि । पछिल्लो समय केही अभिभावकहरुले आप्mना सन्तानलाई उमेर अनुसारका विभिन्न सीप सिकाउने, तालिममा सहभागि गराउने, भ्रमण गराउने, आदि पनि गर्न प्रारम्भ गर्नु भएको छ । यसरी विभिन्न अवसर र वातावरण प्रदानगर्दा पनि बालबालिका प्रस्तुतीबाट अभिभावकहरु सन्तुष्ठ हुन सकिरहेका हुुँदैनन् ।
अभिभावकहरु आप्mना सन्ततिहरुको पढाइ अब्बल बनाउन कुनै पनि कसर बाँकी राख्नु हुन्न् । यसरी गरिने विभिन्न बिधिहरु मध्ये आश्वासन र पूर्व संझौंता व्यापक रुपमाप्रयोग गरिदै आएको पाइन्छ । होमवर्क गर लालीपप दिन्छु, क्याटवरी दिन्छु, खेलौंना दिन्छु प्रथम भएमा साइकल दिन्छु, घडी, मोवाईल, मोटरसाईकल आदिआदि । पछिल्लो समयमा आएर साना बालबालिकाले खाना नखाँदा समेत यतिखाउ त्यसपछि चक्लेट दिन्छु, मोवाइलमा कार्टुन लगाई दिन्छु, खेल खेल्न दिन्छु जस्ता आस्वासन र त्यसलाई पुरा गराउने गरेको पाइन्छ ।
यसरी कुनै पनि साधन तथा चीजको आश्वासनबाट बालबालिकाले राम्रो गरेको त्यसबाट उनीहरुमा पढ्ने बानीको विकास भएको पनि थुप्रै उदाहरणहरु अभिभावकहरुले दिने गर्नु भएको छ । यो सफल बिधिपनि बनेको हुनसक्छ । यतिमात्र हैन केही विद्यालयका शिक्षकहरुले पनि साना बालबालिकालाई चकलेट, स्टार, पेन्सिलको प्रलोभनमा पारेर उनीहरुलाई लेख्न, खेल्न तथा पढ्न लगाएर सफल भएका उदाहरणहरु पनि हामीले सुन्ने गरेका छौं ।
यहाँ उठाउन खोजिएको बिषय प्रलोभन प्रोत्सहान हो वा आशक्ति । बालमनोविज्ञानले बालबालिकालाई राम्रो गरेको बेला दिएको, स्यावासी, प्रसंशा र उपहारलाई मात्र प्रोत्सहान भन्दछ । प्रलोभनले बालबालिकाको मनोकांक्षामा बृद्धि हुनुका साथै मागहरु क्रमशः बढाउँदै लैजान्छ । हरेक पटक उसलाई केही काम गराउन के कस्तो सुविधा र महत्वकांक्षाका चाङ थप्दै जाने । कतिपय अवस्थामा यो व्यवहारिक र संभावनाभन्दा बाहिरको बिषय पनिहुन पुग्दछ । आफै प्रेरित भएर गरेका कार्य र प्रलोभनबाट प्रेरित भई गराईएका कार्यबाट निस्कने प्रतिफल हेर्दा उस्तै लागेपनि बालबालिकाको सिकाई र त्यसको दिगोपनमा आकाश जमिनको फरक हुने गर्दछ । यो भावना र मन सँगको अन्तरसम्बन्धित पाटो हो ।
प्रलोभनबाट प्रेरित भएर गरेका कतिपय कृयाकलाप उसको मन-मस्तिष्कबाट गरिएको नहुँने हुँदा उसको सिकाई र अनुभूतिमा खासै भएको पनि हुँदैनन् । त्यसकारण बालबालिकालाई प्रलोभनमा पारेर गरिएका कार्यले पछि गएर बालबालिकाको नचाहिने कुरामा जिद्दीपन बढ्ने, कुनै कुरा नपाउँदा थप चिन्तित हुँदै नकारात्मक धारणाको विकास भई निरास हुनुको साथै कहिले कही आघातको सिकार पनि हुन पुग्दछ । आफ्नो सिकाइलाई भन्दा आफूले पाउने चीज तथा वस्तुलाई प्राथमिकतामा राख्ने हुँदा उनीहरुलाई आफूले गरिरहेको काम प्रति खासै जिम्मेवार पनि नभएको पाइन्छ । त्यसकारण सचेत अभिभावहरुले बालबालिकालाई सम्भव भएसम्म कुनै पनि सामग्री वा चीजको आशामा काम गराउने कार्यमा कमी लाउनु उपयुक्त हुन्छ ।
हरेक अभिभावकले बालबालिकाका साना साना काममा स्यावासी दिउँ । राम्रो गरेको बेला कुनै उपहार दिउँ । बालबालिकालाई अनुभूतिहोस् की राम्रो गर्दा सबै बाट प्रसंशा पाइन्छ । धेरैले माया र स्यावासी दिनुहुन्छ । उसका कुनै पहि राम्रो काम कुनै चिज पाउनको लागि भन्दापनि उ सधैं राम्रो गर्नकालागि प्रेरित गर्नको लागि हुनु पर्दछ । हरेक अभिभावकले बालबालिकालाई आप्mनो आर्थिक हैसियतअनुसार उपहार दिनु अति आवश्यक छ । ती उपहारहरु उनीहरुको जीवनमा उपयोगी हुन सकून् । उपहार त्यसबेला दिनुस् जतिबेला उसले राम्रो गरेको छ । उसका गतिबिधिहरु उपहारको लागि नभई जीवनका नियमित प्रकृया बनून् । बालबालिकालाई उपहार दिनको लागि हप्ता, महिना, वर्ष कुर्नु पर्दछ ।
उमेर, सिप, अवस्थाअनुसार हरेक उसका नयाँ सिर्जना तथा सफल कार्यमा उसलाई स्यावासी तथा प्रशंसा नै उसको लागि महत्त्वपूर्ण उपहार हुन् । बालबालिकाले तयार गरेका नयाँ सिर्जना तथा कार्य तपाईलाई सामान्य लाग्न सक्छन् तर उसलाई कुनै निक्कै महत्त्वपूर्ण कार्य राम्रोसँग सफल गरेको महसूस गरेर तपाईलाई खुसीहुँदै केही कुरा देखाएको वा सुनाएको हो । त्यसलाई सामान्य नठानी सोही समयमा उसको प्रशंसा गरिदिनुस्, उसको अगाडि मुस्कुराई दिनुस, स्यावासी दिनुस् । यो उसको लागिअति महत्त्वपूर्ण उपहार बन्ने छ । तपाई अझ अगाडि बढेर उसको लागि उपयुक्त कुनै सामग्री किनेर दिनुस् त्यो उसको लागि अमूल्य हुनेछ ।
महंगो वस्तु मात्र उपहार हैनन्
उमेर अनुसार कलर, कपीबक्स, क्यालकुलेटर, चार्ट पेपर, कहिले कहीखाने कुरा किनिदिनु वा कुनै ठाउँमा घुमाउन तथा खानाखान लैजानु आदिआदि । हुन सक्छ उसले अपेक्षा नै नगरेको साइकल, मोटरसाईकल, मोवाइल आदि ! उसको सफलतामा उपहारहरु प्रदान गर्नु साच्चिकै बालबालिकाको लागि प्रोत्साहन हुन् ।
बालबालिकाको सिकाइलाई कुनै सामग्रीसँग साट्न लागियो भने हामीले उनीहरुको अपेक्षा र जिद्दीपन बढाउन प्रेरित गरिरहेका हुन्छौं । उनीहरुलाई कुनै कार्य गराउनको लागि सधैं अर्काे कुनै सामग्रीसँग साटिरहेका हुन्छौं । यो कहिले सम्म ! सानै उमेरदेखि हरेक कामगर्दा केही पाउँनै पर्ने त्यो पनि तत्कालै । त्यसैले बालबालिकाको जिम्मेवारीतालाई र सिकाईलाई कुनै वस्तुसँग साट्ने कार्यले उनीहरुको सिर्जनशिलतामा असर परिरहेको हुने हुँदा सकेसम्म नगरौं ।
बालबालिकाको सिर्जनात्मक कार्य र सफलतामा उनीहरुलाई प्रोत्साहित गर्न प्रसंशाका साथ उपहार दिऔं ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...