पुस २०, २०८०
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
पुस ४, २०७५
धनगढी – निकै ढिलो गरी धान खरिद गर्न थालेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले किसानबाट धान खरिद गर्न नसकेपछि व्यापारीबाट चामल किन्ने योजनामा पुगेको छ ।
अञ्चल कार्यालयले चालू वर्ष ५० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यको २० प्रतिशत पनि धान खरिद नभएपछि व्यापारीबाट चामल खरिद गरेर आपूर्ति गर्ने योजना बनाएको हो ।
मंसिर १० गतेदेखि धान गर्दै आएको संस्थान सेती अञ्चल कार्यालयले हालसम्म ९ हजार ३ सय क्वीन्टल र महाकाली अञ्चल कार्यालयले ४ सय ५६ क्वीन्टल धान मात्रै खरिद गरेको छ । जुन खरिद गरेको धान कुटानीको लागि समेत टेण्डर आह्वान गरिसकेको छ ।
तर संस्थानले सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्लामा वर्षमा चामल र गहुँ गरी ५० हजार क्वीन्टल खाद्यान्न आपूर्ति गर्दै आएको छ । सो परिमाण बमोजिमको खाद्यान्न आपूर्तिको लागि खरिद भएको धानबाट सम्भव हुने नदेखेपछि संस्थानले चामल खरिद गरेर भएपनि आपूर्ति गरिने बताएको छ ।
संस्थानका सेती अञ्चल प्रमुख प्रेम नारायण भण्डारीले भने, ‘धान खरिदको अवस्था निराशाजनक छ । तर खाद्यान्न आपूर्ति त गर्नैपर्ने हुन्छ । जसको लागि चामल खरिद गरेर भएपनि आपूर्ति हुन्छ ।’ चामल खरिदको टेण्डर केन्द्रीय कार्यालयबाट हुने बताउँदै उनले करीब ३० हजार क्वीन्टल चामल सुदूरपश्चिम प्रदेशको लागि खरिद हुने जानकारी दिए ।
उसैपनि किसानको धान खरिद गर्नमा ढिलासुस्ती तथा हेलचक्र्याइँ गर्दै आएको संस्थानले स्थानीय व्यापारीबाट मात्रै होइन, विदेशी चामल समेत आयात गरी बिक्री गर्दै आएको छ । कहिले बंगलादेशी त कहिले जापानी चामल आयात गरी बिक्री गरिरहेको हो ।
अञ्चल कार्यालयसँग मौज्दात रहेको २ हजार १ सय ४० क्वीन्टल चामलमध्ये ८ सय ४० क्वीन्टल चामल जापानी रहेको छ ।
संस्थानलाई व्यापारीले गरे काउन्टर
सरकारले गत साउन २३ गते धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ३ सय ३१ रुपैयाँ तोकेको थियो । तर अधिकांश किसानले व्यापारीलाई धान बिक्री गरिसकेपछि मात्रै धान खरिद प्रक्रिया थालेपछि धान खरिदमा संस्थान चुकेको हो ।
ढिलो गरी धान खरिद प्रक्रिया शुरू गरेको संस्थानको खरिद दररेटभन्दा व्यापारीले बढी मूल्यमा खरिद गर्न थालेपछि संस्थानले हात धुनुपरेको हो । संस्थानले धान खरिद गर्नु पूर्वव्यापारीले १ हजार ८ सयदेखि २ हजार रुपैयाँ प्रतिक्वीन्टलमा खरिद गरिरहेका थिए । जब संस्थानले प्रतिक्वीन्टल २ हजार ३ सय ३० रुपैयाँमा खरिद गर्न थाल्यो, तब व्यापारीले २ हजार ३ सय ५० रुपैया कायम गरे । किसानले व्यापारीकहाँ धान बिक्री गरे ।
खाद्यान्न राख्ने गोदाममा औषधी
पछिल्लो समय संस्थान आफ्नो उद्देश्यबाट समेत विमुख हुँदै गएको छ । व्यापारीबाटै प्रशोधित खाद्य सामग्री बेच्न थालेको संस्थानले आफ्नो स्वामित्वको भौतिक संरचनाहरू समेत व्यापारीलाई धमाधम भाडामा दिन थालेको हो ।
संस्थानको सेती अञ्चल कार्यालय धनगढीको खाद्यान्न राख्ने एउटा गोदाममा अस्पताल बन्न थालेको छ । संस्थानको गोदाम घर भाडामा लिएर एउटा कम्पनीले अस्पताल निर्माणको काम अगाडि बढाएको हो ।
संस्थानको कार्यालय रहेको भवनको पछाडि रहेको ३ वटा गोदाम भाडामा दिएको छ । जसको एउटा गोदाममा सारथी अस्पताल निर्माणको काम धमाधम भइरहेको छ ।
अञ्चल प्रमुख भण्डारीले मासिक ३१ हजार भाडामा २ वर्षको लागि अस्पताल सञ्चालनको लागि दिएको जानकारी दिए । अर्को गोदाम अमिट मेडिसिन कम्पनीले औषधी भण्डार गर्दै आएको छ भने अर्को गोदाममा कृषि सामग्री कम्पनी लिमिटेडले भाडामा लिएको हो ।
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...