कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पुस १८, २०७५
काठमाडौं – माध्यमिक शिक्षा परीक्षा एसईईलाई प्रदेश मातहतमा लगिएको भनिए पनि प्रदेशले परीक्षा सञ्चालन र उत्तरपुस्तिका छपाइको मात्र जिम्मेवारी पाएका छन् ।
प्रदेशमा परीक्षा बोर्डको संरचना र दरबन्दी नहुँदा एसईई परीक्षा सञ्चालनका महत्त्वपूर्ण जिम्मेवारीहरू केन्द्रमा नै राखिएको हो । आवश्यक संरचना र दरबन्दी नहुँदा प्रदेशलाई एसईई परीक्षाको सम्पूर्ण जिम्मेवारी दिन नसकिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।
‘संघीयता लागू भएसँगै यस वर्षदेखि एसईई परीक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिने भनिएको थियो । नीतिगत रूपमा सैद्धान्तिक सहमति भएपनि प्रदेशमा परीक्षा बोर्डको व्यवस्थापन भइसकेको छैन । भौतिक संरचना र प्रविधि छैन,’ अधिकारीले लोकान्तरसँग भने, ‘त्यसैले यसवर्ष प्रदेशलाई उत्तरपुस्तिका छपाई तथा परीक्षा केन्द्र र केन्द्राध्यक्षको व्यवस्थापनको मात्र जिम्मेवारी दिइएको छ ।’
केन्द्रबाटै प्रश्न र नतिजा
आगामी चैत १० गतेबाट शुरू हुने एसईई परीक्षाका लागि प्रश्नपत्र केन्द्रमा नै छापिएको छ । परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिका पनि केन्द्रमै ल्याएर त्यसलाई परीक्षण र नतिजा प्रकाशन गरिने छ ।
सातवटै प्रदेशलाई केन्द्रबाटै प्रश्नपत्र पठाउने तयारी भइरहेको परीक्षा नियन्त्रक अधिकारीले बताए । ‘सबै प्रदेश सरकारलाई केन्द्रले नै प्रश्नपत्र पठाउने हो । यस वर्षको एसईई परीक्षाका लागि प्रश्नपत्रको सेट प्रदेश अनुसार फरक–फरक तयार पारिएको छ । तर परीक्षा मिति र समय भने देशभर एउटै हुनेछ ।’
परीक्षा सम्पन्न भएपछि उत्तर पुस्तिकाहरू बोर्डले तोकेका उत्तरपुस्तिका परीक्षण सेन्टरसम्म प्रदेशले नै पुर्याउनु पर्नेछ । बोर्डले देशभरमा ५४ वटा उत्तरपुस्तिका परीक्षण सेन्टरमा तोकेको छ ।
परीक्षा बोर्डलाई परीक्षा सञ्चालनका लागि सरकारले २४ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । उत्तरपुस्तिका छपाई र परीक्षा सञ्चालनका लागि भने अर्थमन्त्रालयले सोझै प्रदेशलाई बजेट उपलब्ध गराएको छ ।
यस वर्षको एसईई परीक्षामा देशभरबाट करीब ५ लाख परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यलयले परीक्षा सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिएपनि परीक्षार्थीको विवरण भने ७७ जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइबाट लिएको छ ।
४ लाख ६२ हजार परीक्षार्थीको आवेदन केन्द्रमा आइसकेको छ । बाँकी परीक्षार्थीको विवरण सहित आवेदन फारम यही पुस २० गतेसम्ममा उपलब्ध गराइसक्न बोर्डले इकाइहरूलाई निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...