×

NIC ASIA

'पोखरा म्याराथनको पुरस्कार राशी १० हजार डलर पुर्याउनुपर्छ’–मुख्यमन्त्री गुरुङ

फागुन ३, २०७५

Prabhu Bank
NTC
Premier Steels

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले आगामी बर्षदेखि प्रदेश सरकारकाले पोखरा म्याराथनको पुरस्कार राशी वृद्धि गर्ने बताएका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले ल्याउने आगामी बजेटबाट पोखरा म्याराथनको पुरस्कार वृद्धि गरी १० हजार डलर सम्म पु¥याउन पहल गर्ने आश्वासन दिएका हुन् ।

Muktinath Bank

१३औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्वसन्ध्यामा मुख्यमन्त्रीको कार्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले आगामी वर्षदेखि पोखरा म्याराथनको पुरस्कार राशी वृद्धि गरी अन्तर्राष्ट्रिय धावकहरु पोखरासम्म ल्याउने वातावरण बनाउन आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री गुरुङले मन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, सचिव लगायत उच्चपदस्थ पदाधिकारीलाई यही फागुन ७ गते पोखरामा आयोजित पोखरा म्याराथन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

उनले पोखरा बिस्तारै खेल पर्यटनतर्फ उन्मुख भएको बताउँदै खेलको विकाससंगै पर्यटन प्रवर्द्धनमा जुट्न सबैलाई आग्रह गरे ।

Vianet communication

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मत्री किरण गुरुङले आगामी दिनमा पोखरा म्याराथन मार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बजारमा म्याराथनको ‘ब्रान्डिङ’ गर्नुपर्ने बताए । ‘पोखरा म्याराथनलाई व्यवस्थित बनाउँदै लैजानु पर्छ,’ उनले भने, ‘पुरस्कार राशीमा समेत वृद्धि गर्नुपर्छ ।’

मन्त्री गुरुङले पुरस्कार राशीमा वृद्धी गरि पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय ‘प्रोफेसनल’ खेलाडी आउन सक्ने वातावरण बनाउनु पर्ने बताए । उनले म्याराथनको पुरस्कार राशी कम्तीमा पनि १० हजार डलर पु¥याउन आवश्यक रहेको औंल्याए ।

बैठकमा बोल्दै भूतपूर्व खेलाडी मन्चका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनको १३ औं संस्करणमा आइपुग्दा आफूहरु निकै उत्साहित भएको बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालीहरुले देखाएको सद्भावसँगै प्रदेश सरकार र पोखरा महानगरपालिकाबाट प्राप्त सहयोगले आगामी दिनमा पोखरा म्याराथन नयाँ जगबाट उभ्याउन सहयोग मिल्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x