पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपाली कांग्रेस पार्टीको तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री रहँदाको अवस्थामा नै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले साधारण सदस्य समेत नरहने गरी देउवालाई कारवाही गरिदिए । देउवाले त्यतिबेला आफ्नो राजनीति सुरक्षित गर्नका लागि पार्टी विभाजन गर्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक ) स्थापना गरेर सभापति बने ।
बीपी कोइरालापछि राजाबाट अपदस्थ हुने दोस्रो प्रधानमन्त्री बन्न पुगेका देउवा गिरिजाप्रसाद कोइरालाको दबाबकै कारण राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध एक्लै आफ्ना कार्यकर्ता लिएर सडक आन्दोलनमा होमिन बाध्य समेत भए । अन्ततः विभाजित कांग्रेस एक हुन पुग्यो ।
पार्टी एक हुँदा वरिष्ठ नेताको हैसियत पाएका देउवाले यतिबेला कांग्रेस पार्टी सभापतिको पहिलो कार्यकाल पूरा गर्दैछन् । यद्यपि गिरिजाप्रसाद कोइरालादेखि सुशील जीवित रहँदा भने पार्टी सभापति बन्नका लागि कोइराला परिवारका सदस्यहरू उनका लागि बाधक बन्न पुगे । कोइराला परिवारको पहिलो पुस्ताका नेताको अन्त्यसँगै देउवा कांग्रेस पार्टीको सभापति बन्न पुगे ।
त्यतिमात्र नभई दोस्रो जनआन्दोलन भाग– २ पछि चौथोपटक नेपालको प्रधानमन्त्री बन्ने सौभाग्य समेत पाए । यद्यपि पार्टीको १३औं महाधिवेशनमा देउवा सभापति उठ्दै गर्दा आफ्नो प्यानलबाट कोइराला परिवारका सदस्यलाई महामन्त्री तथा केन्द्रीय सदस्यमा उठाउन नसकेपनि भित्री रूपमा त्यति धेरै असहयोग भएको देखिएको थिएन । त्यतिमात्र होइन महाधिवेशनपछिको लामो समय सभापति देउवा र महामन्त्री शशांक कोइराला बीचको सम्बन्धमा खासै दरार उत्पन्न भएको नदेखिएको हुँदा राम्रै मानिएको थियो ।
तर, सभापति देउवा र कोइराला परिवारका सदस्यहरूबीच पछिल्लो समय पार्टीको आन्तरिक राजनीतिमा राम्रै हिसाबले छेडछाड हुन थालेको छ । यसरी छेडछाड हुने क्रममा कोइराला परिवारका सदस्यहरू महामन्त्री डा. शंशाक कोइराला तथा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला र सुजाता कोइरालाले पार्टी सभापति देउवाको कार्यक्षमता माथि औंला उठाउन थालेका छन् । यसरी औंला उठाउने क्रममा अघिल्लो वर्ष भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले भोग्नुपरेको हारको मुख्य कारण सभापति देउवा नै भएको कोइराला परिवारका सदस्यहरूको जिकिर छ ।
त्यसमा पनि सभापति देउवाप्रति केन्द्रीय सदस्य शशांक कोइराला निकै आक्रामक ढंगले प्रस्तुत हुन थालेका छन् । कोइराला परिवारका सदस्यहरू पार्टी सभापति देउवाप्रति यतिबेला किन आक्रमक ढंगले प्रस्तुत हुन थालेका छन् त भनी कांग्रेस वृत्तमा निकै चर्चा भइरहेको छ । यसको एउटै प्रमुख कारण हो पार्टीको १४औं महाधिवेशनको बाछिटा ।
कोइराला परिवारका सदस्यहरू त्यसमा पनि शेखर कोइराला कुनै पनि हालतमा पार्टीको नेतृत्व कोइराला परिवारभित्र ल्याउनुपर्छ भन्ने मान्यतामा रहेका छन् । सोही मान्यता अनुरूप कोइराला परिवारका सदस्यहरू एकताको सन्देश दिनका लागि एउटै माला पहिरिनेदेखि डिनरपछि सामूहिक रूपमा तस्वीर खिचेर सार्वजनिक गर्ने समेत गरिरहेका छन् ।
एउटै माला पहिरिनु र सामूहिक तस्वीर सार्वजनिक गर्नु कोइराला परिवारको व्यक्तिगत विषय हो । तर यस किसिमको गतिविधि गर्दैगर्दा कोइराला परिवारका सदस्य सभापतिप्रति आक्रमक रूपमा प्रस्तुत भइरहेको विषय सभापति देउवालाई स्वीकार्य देखिएको छैन र देखिने विषय पनि होइन ।
यसैक्रममा सभापति देउवा पनि बुधवार वीरगञ्जमा आयोजित एक कार्यक्रममा कोइराला परिवारप्रति निकै आक्रामक ढंगले प्रस्तुत भए । यसरी आक्रामक ढंगले प्रस्तुत हुने क्रममा सभपति देउवाले नेपाली कांग्रेस पार्टी कोइरालाको परिवारको बपौती नभएको समेत भन्न भ्याए । त्यसक्रमा नेपाली कांग्रेस पार्टीमा सुवर्ण शमशेर, गणेमान सिंह, कृष्णप्रसाद भट्टराईदेखि हजारौं नेता तथा कार्यकर्ताको योगदान रहेको बताए ।
उनले शेखर कोइरालाप्रति निशाना साँधे । शेखरको के हैसियत छ भन्ने उनको प्रश्न थियो । कांग्रेस पार्टीको १४औं महाधिवेशनको चर्चा शुरू हुन लाग्दै गर्दा सभापति देउवा र कोइराला परिवारबीच शुरू भएको यो आन्तरिक द्वन्द्वले कांग्रेस पार्टीमा तरङ्ग उत्पन्न हुने निश्चित छ ।
देउवा र पौडेलको जोडिएला त घाँटी ?
कांग्रेसको आन्तरिक राजनीतिमा यतिबेला सभापति देउवा र वरिष्ठ नेता पौडेल फरक खेमामा छन् । वरिष्ठ नेता पौडेल र कोइराला परिवार एउटै कित्तामा रहेका छन् । तर उनीहरूबीचको सम्बन्ध पनि त्यति सुमधुर रहेको छैन ।
पार्टीको १४औं महाधिवेशनमा कोइराला परिवारका सदस्य पौडेललाई सभापतिको उम्मेदवार मान्ने पक्षमा छैनन् । यस्तो अवस्थामा पछिल्लो घटनाक्रमले सभापति देउवा र वरिष्ठ नेता पौडेल घाँटी जोडिएला त ? यतिखेर कांग्रेस वृत्तमा नयाँ बहस शुरू हुन थालेको छ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...