×

NIC ASIA

पंगु बन्यो प्रहरी

‘नक्कली सहसचिव’लाई प्रहरी एस्कर्टिङ ! पोखरा पुगेपछि खुल्यो पोल

फागुन १४, २०७५

Prabhu Bank
NTC
Premier Steels

पोखरा – आफूलाई सहसचिव बताउँदै प्रहरी र जनप्रतिनिधिलाई समेत झुक्याउँदै हिँडेका एक व्यक्ति पोखरामा पक्राउ परेका छन् ।

Muktinath Bank

राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको सहसचिव भएको बताउँदै प्रहरी र जनप्रतिनिधिलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले इलामका १७ वर्षीय सन्देश रम्तेललाई पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेकसाइडको एक होटलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रम्तेलसहित उनका सवारी चालक संगम राईलाई समेत पक्राउ गरेको छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय बाल अधिकार संरक्षण समितिको सहसचिव भन्दै विभिन्न जिल्लामा प्रहरीलाई झुक्याएको र होटल तेन्जिङ हिलारीमा खाएको ३५ हजार रुपैयाँ नतिरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

Vianet communication

उनले रातो नम्बर प्लेटको स्कोरपिओ भाडामा लिएर बा२झ १६६३ नम्बरको सेतो (सरकारी) नम्बर प्लेटको दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र गुरुङले बताए । ‘आफूलाई सहसचिव भएको बताउँदै गाडीको नम्बर प्लेट समेत नक्कली बनाएर चलाएको अवस्थामा हामीले पक्राउ गरेका छौं,’ उनले भने, ‘रम्तेलको साथबाट अन्य कागजात समेत फेला परेका छन् । आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छाैं ।’ रम्तेलले २ दिनका लागि २५ हजार रुपैयाँमा गाडी भाडामा लिएर सेतो नम्बर प्लेट राखेको खुलेको छ ।

यसअघि रम्तेलले गत माघमा लेकसाइडको तेन्जिङ हिलारी होटलमा २ कोठा बुक गरेर बसेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । रम्तेल र उनका चालकले प्रहरीलाई दिएको बयान अनुसार उनी जुन ठाउँमा पुग्छन्, त्यहीँ ठाउँमा प्रहरी कार्यालयमा फोन गरेर आफू सहसचित भएको बताउँदै बाटोमा एस्कर्टिङ माग गर्दै आएका थिए । 

यसअघि उनलाई तनहुँमा प्रहरीले एस्कर्टिङ गरेको थियो । उनीहरूलाई कास्की प्रहरी, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय कार्यालय मुस्ताङले समेत सुरक्षा दिएको प्रहरीले जानकारी दिएको छ ।

रम्तेलले आइतवार आफूलाई सहसचिव बताएर पोखरा महानगरपालिकाबाट १० लिटर इन्धनको कुपन समेत लिएका थिए । उनले उपमेयर मञ्जुदेवी गुरुङलाई भेटेर गुरुङकै सिफारिसमा १० लिटरको कुपन लिएको प्रहरीसँग बयान दिएका छन् ।

लेकसाइडमा होटल सञ्चालकलाई रम्तेलले पैसा नतिरेपछि उनले प्रहरीलाई उजुरी गरेका थिए । उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । सहसचिव बताउँदै ठगी गर्ने रम्तेलमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x