×

NMB BANK
NIC ASIA

सम्हालिँदै रविन्द्रपत्नी विद्या, भन्छिन्- 'पतिको सपना पूरा गर्न लागिपर्छु'

फागुन २१, २०७५

NTC
फाइल फोटो
Premier Steels

पोखरा - हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले थालनी गरेका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताएका छन् ।

Muktinath Bank

निधनको सातौं दिन मंगलवार स्वर्गीय अधिकारीकै मालेपाटनस्थित निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलिसभामा विभिन्न नेताहरूले उनको योगदान स्मरण गर्दै परिवारलाई समवदेना दिए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको आयोजनामा भएको श्राद्धाञ्जलि सभामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा गण्डकीका इन्चार्ज पृथ्बीसुब्बा गुरुङले स्वर्गीय अधिकारीले विद्यार्थी आन्दोलनदेखि संसदीय भूमिका र मुलुकको समृद्धिको लागि खेलेको भूमिका अविस्मरणीय रहेको बताए । ‘उहाँले विद्यार्थी कालदेखि संसदीय राजनीतिमा विकास र समृद्धिको लागि खेलेको भूमिका अविस्मरणीय छ,’ उनले भने, 'उहाँले चाहेको विकास,समृद्धिको सपना पूरा गर्न सरकार र पार्टी लागि पर्ने छ ।’


Advertisment
Nabil box
Kumari

गुरुङले पार्टीले एक होनाहार र विकास प्रेमी युवा नेता गुमाउँदा पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय अधिकारीको परिवारलाई आश्वासन दिँदै पार्टी र सरकार अधिकारीको घरपरिवारसँगै रहेको बताए।

Vianet communication

श्रद्धाञ्जलि सभामा बोल्दै स्वर्गीय अधिकारी धर्मपत्नी विद्या भट्टराईले आफ्ना पतिले देखेको विकास र समृद्धिको सपना पूरा गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘उहाँले देख्नुभएको विकास र समृद्धिको सपना पूरा गर्न सधैं लागिरहने छु,’ भट्टराइले भनिन् ।

शुक्रवार स्व. मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएपछि उनको निवासमा विभिन्न क्षेत्रका अगुवा तथा राजनीतिसँग जोडिएका व्यक्तिहरूले अधिकारीसँगका स्मृतिहरूलाई सार्वजनिक गरेर श्रद्धाञ्जलि दिएका थिए । 

सोमवार नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले रविन्द्र अधिकारीको निधनले पुर्‍याएको क्षतिलाई कुनै शब्दमा उल्लेख गर्न नसकिने उल्लेख गर्दै शोकलाई शक्तिमा बदल्न परिवारलाई आग्रह गरेका थिए ।  
त्यस्तै गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले अधिकारीकी धर्मपत्नी विद्या भट्टराई र छोरा स्वराजसँग कुराकानी गर्दै उनले शोकाकूल सबै परिवारजनलाई समवेदना प्रकट गरेका थिए । 

समवेदना र श्रद्धाञ्जली दिन दैनिक हजारौं घरमा आएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए । उनले दैनिक १० हजारभन्दा बढी श्रद्धाञ्जलि दिन आएको बताए । धेरैले विकास प्रेमी नेताका रूपमा अधिकारीको स्मरण गर्दै निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको बताएका छन् । 

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा यहि फल्गुन १५ गते मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । मन्त्री अधिकारीको इच्छाअनुसार उनको काजकिरिया भिन्न किसिमबाट गरिएको थियो । जन्म र मृत्युको संस्कारलाई समयानुकूल बनाउनुपर्छ भन्ने अधिकारीको सोच र इच्छा नुसार उनको परिवारले ७ दिनमा काजकिरिया सकेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x