×

NMB BANK
NIC ASIA

एनसेल कर प्रकरणमा पूर्वसचिवहरूको भनाइ: लाभकर तिर्ने प्रमुख दायित्व टेलियाकै

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १ चैत – एनसेलको शेयर बिक्रीकर्ता स्विडिश कम्पनी टेलियासोनेरालाई पूँजीगत लाभकर भुक्तानीमा जिम्मेवार बनाउनुपर्नेमा नेपाल सरकारका पूर्वसचिव तथा यस क्षेत्रका जानकारहरूले जोड दिएका छन् । नेपालमा लगानी गरेर अर्बौं रुपैयाँ आम्दानी गरेको टेलियालाई पूँजीगत लाभकर तिर्नका लागि जिम्मेवार बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत शेयर हिस्सा गत वर्ष टेलियासोनेराले मलेसियन कम्पनी एक्जियाटालाई बेचेको थियो । स्विडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेराले एक्जियाटालाई आफ्नो स्वामित्वमा रहेको एनसेलको ठूलो शेयर हिस्सा बिक्री गरेको थियो । टेलियाले उक्त शेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा एक्जियाटालाई बिक्री गरेको थियो ।

तर टेलियाले कारोबार गरेर अर्बौं नाफा कमाउँदा पनि सरकारलाई तिर्नुपर्ने पूँजीगत लाभकर बुझाउन आनाकानी गरिरहेको छ । नेपालको आयकर ऐनमा विदेशी लगानीकर्तालाई कारोबारमा लाभ भएको रकमको २५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था छ । तर टेलियाले उक्त कर तिर्न आनाकानी गरिरहेको छ ।

पूर्व मुख्यसचिव विमल कोइराला टेलियाबाट पूँजीगत लाभकर उठाउनुपर्ने बताउँछन् । ‘नेपाल आएर व्यापार गर्ने, नाफा कमाउने, हैसियत बढाउने अनि कानूनले तोकेबमोजिम कर तिर्न आनाकानी गर्नु गैरजिम्मेवारीपना हो,’ उनले लोकान्तरसँग भने ।

कानूनले तोकेबमोजिम सबै शर्त पूरा गर्ने प्रतिबद्धतासहित नेपालमा कारोबार थाल्ने तर छाडेर जाँदा लाभकर नतिर्नु गलत भएको कोइरालाले बताए । ‘संसारमा कुनै पनि कम्पनीले व्यापार व्यवसाय गरेबापत प्राप्त आम्दानीको प्रचलित कानूनले तोकेबमोजिम लाभकर तिर्नुपर्छ,’ उनले थपे । टेलिया पूँजीगत लाभकर तिर्ने कर्तव्यबाट च्युत हुन नमिल्ने उनको भनाइ छ ।

त्यस्तै, पूर्व अर्थसचिव भानु आचार्यले पनि टेलियालाई शेयर स्वामित्व हस्तान्तरण गर्दाको समयमै जिम्मेवार बनाउन नसक्नु गल्ती भएको भन्दै उसबाट जसरी पनि लाभकर असुल्नुपर्ने बताए । ठूलो पूँजी र त्यसको शेयर हिस्सा हस्तान्तरण गर्दा टेलियाले मुनाफाबापत लाग्ने पूँजीगत लाभकरबाट उम्कन नमिल्ने उनले बताए ।
‘नाफा कमाएपछि जोकोहीले पनि कानूनले तोकेबमोजिम कर तिर्नुपर्छ,’ उनले भने, ‘नेपालको कानूनले पनि यो कुरालाई स्पष्ट रूपमा निर्दिष्ट गरेको छ ।’

कानूनले निर्धारित गरेबमोजिम कर तिर्ने दायित्वबाट टेलिया पछि हट्न नमिल्ने उनले बताए ।
पूँजीगत लाभकर असुल्ने क्षेत्राधिकार ठूला करदाता कार्यालय र कर अधिकृतको भएको उनको भनाइ छ ।
पूव अर्थसचिव रामेश्वर खनाल पनि पूँजीगत लाभकर तिर्ने प्राथमिक दायित्व बिक्रेता कम्पनी टेलियासोनेराकै भएको बताउँछन् । आयकर ऐनले यसलाई प्रस्ट पारेको उनको भनाइ छ ।

टेलियाबाट कर असुल्न ठूला करदाता कार्यालयको ठूलो भूमिका रहने प्रशासकहरूको भनाइ छ । प्रधानमन्त्री, संसदीय समितिभन्दा तल्लै तहमा यसको छिनोफानो हुनुपर्ने उनीहरूको भनाइ छ ।

केही समयअघि स्विडिस टेलिभिजन एसभिटीले पनि टेलियासोनेराले नै पूँजीगत लाभकर तिर्नुपर्ने दाबी गरेको थियो । उक्त टेलिभिजनले आफ्नो सहायक कम्पनी एनसेलको स्वामित्व बिक्री गरेबापतको पूँजीगत लाभकर टेलियाले नै तिर्नुपर्ने दाबीसहितको सामग्री प्रसारण गरेको हो ।

एनसेलको शेयर स्वामित्व बिक्रीबाट सरकारलाई हालसम्म ९ अर्ब ९६ करोड रुपैयाँमात्र लाभकर प्राप्त भएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x