×

NMB BANK
NIC ASIA

झारा टार्ने काइदा

रविन्द्र सवार हेलिकप्टर दुर्घटना : घटनास्थल पुगेन छानबिन समिति, हेलिकप्टरबाटै अनुसन्धान

फागुन २७, २०७५

NTC
Premier Steels

काठमाडौं – बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न गठित समिति घटनास्थल नै नपुगेर काठमाडौं फर्किएको छ ।

Muktinath Bank

घटनास्थलसम्म पुगेका सर्वसाधारण र सुरक्षाकर्मीसँग कुराकानी गरेर समितिले अनुसन्धानलाई अगाडि बढाएको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिको टोलीले हेलिकप्टरबाट प्रत्यक्षदर्शी र सरोकारवालाई भेला गर्दै आवश्यक सूचना संकलन गरेको छ । तर टोली आफैं घटनास्थलको अवलोकन र अवस्थाको आकलन गर्न स्थलगत अनुगमनमा गएन ।


Advertisment
Nabil box
Kumari

काठमाडौंबाट ताप्लेजुङ गएको छानबिन समितिले ताप्लेजुङका विभिन्न ब्यक्तिसँग सोधखोज गरेको छ । आइतवार छानबिन टोली हेलिकप्टरबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा पुगेको थियो । त्यसपछि पाथिभरा मन्दिर पुगेको टोलीले हेलिकप्टरबाटै प्रत्यक्षदर्शीलाई मन्दिर र काफ्लेपाटीबाट बोकेर सुकेटार लगेको थियो ।

Vianet communication

मन्दिरबाट १ जना सुरक्षाकर्मी र काफ्लेपाटीबाट १ जना पुजारी, १ जना स्थानीय र १ जना सुरक्षाकर्मीलाई हेलिकप्टरमा राखेर सुकेटार लगिएको थियो । छानबिन समितिले बयान लिएका १ जना सर्वसाधारणले नाम नखुलाउने शर्तमा भने, ‘समितिले हामीलाई घटनास्थलमा पुग्दा कस्तो थियो ? शवहरू कस्तो थियो ? कसरी पुग्नुभयो ? उड्दाखेरी कस्तो अवस्था थियो ? कसरी थाहा पाउनुभयो ? लगायत प्रश्न सोध्यो ।’

छानबिन समितिले मौसम र वातावरणको अवस्थालाई प्राथमिकतामा राखेर प्रश्न सोधेको ती स्थानीयले बताएका छन् । ‘हामीसँग भएका फोटो र भिडियो पनि दियौं,’ उनले भने, ‘टोलीका सदस्यले घटनास्थलसम्म जाने कुरा गर्नुभएन । उहाँहरूले जान खोज्नुभएको भए हामी पुर्‍याइदिन्थ्यौं ।’

पाथिभरा मन्दिरबाट पैदल हिँडेर घटनास्थल पुग्न करीब साढे २ घण्टा लाग्ने एक स्थानीयले बताए । ‘मन्दिरबाट आधा बाटोसम्म गाडी पुग्छ, आधा बाटो मात्रै हिँड्नुपर्छ,’ ती स्थानीयले भने, ‘हेलिकप्टर दुर्घटना भएपछि पैदल हिँड्न मिल्ने बाटो बनेको छ, घटनास्थलमा पुग्न सकिन्छ ।’

पाथिभरा मन्दिर परिसरमा छानबिन समितिले पाथिभरा मन्दिरका पुजारी, देख्ने प्रहरी, पाथिभरा क्षेत्र विकास संरक्षण समिति कर्मचारीसँग सोधखोज गरेको थियो । मन्दिरमा छलफल र बयानपछि टोलीले घटनास्थल आसपासका केही सर्वसाधारण र प्रहरीलाई सुकेटारमा नै बोलाएर बयान लिएर काठमाडौं फर्किएको छ । जिल्ला प्रहरी कार्यालय तथा प्रशासनको सहयोगमा घटना भएको गाउँका स्थानीयलाई टोलीको सम्पर्कमा ल्याइएको थियो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले छानबिनबारे आफूले केही भन्न नमिल्ने भन्दै समितिका सदस्य सचिवसँग जानकारी लिन आग्रह गरे । पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम संयोजक रहेको ४ सदस्यीय समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बाँस्तोला, नेपाली सेनाका अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिवको जिम्मेवारीमा छन् ।

फागुन १५ गते ताप्लेजुङको सिस्नेखोलाको तारेभीरमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो । घटनाबारे जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा सुकेटारमा छलफल गरेर काठमाडौं फर्किएको छ । 

छानबिन समिति घटनास्थलमा नपुगेको स्वीकार गर्दै सदस्य सचिव बुद्धिसागर लामिछानेले चाहिने सूचना संकलन गरिएको दाबी गरे । ‘चाहिने सूचना संकलन गरेका छौं । अरु कुरा अध्ययनको क्रममा छ, त्यही हो,’ उनले भने, ‘मौसमी अवस्थाका कारण घटनास्थलसम्म पुग्न सकिएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x