पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
चैत ३, २०७५
पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस विमानस्थलको निर्माण शुरू भएको करीब डेढ वर्षमा ३० प्रतिशतभन्दा धेरै काम भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ ।
तोकिएको अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने गरी कामले गति लिएको आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए । सरकारकाले विमानस्थल उद्घाटन गरेदेखि नै तोकिएको अवधिभन्दा ६ महिना अगाडि नै तयार गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै आएको छ ।
सरकारको आग्रहअनुसार नै विमानस्थल ६ महिनाअघि तयार गर्ने गरी द्रुत रूपमा काम अगाडि बढाइएको आयोजना प्रमुख मुनकर्मीले बताए । ‘सरकारकै अपेक्षा गरेअनुसार ६ महिनाअघि नै निर्माण सम्पन्न गर्ने गरी निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘यसका लागि सहज वातावरण तयार भएको छ ।’ प्रमुख मुनकर्मीका अनुसार विमानस्थललाई तोकिएको समयभन्दा छिटो सम्पन्न गर्न ठेकेदार कम्पनी पनि तयार भएको छ । ‘निर्माणमा कुनै अवरोध र सामाग्री अभाव नभए तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी तयार भएको छ,’ उनले भने, ‘अहिलेसम्म हामीलाई कुनै अभाव र समस्या छैन । अब पनि त्यो अवस्था आउँदैन ।’
विमानस्थल निर्माण आयोजनाका अनुसार अहिले विमानस्थलको रनवेमा अन्तिम लेयर ढलान गर्ने काम धमाधम चलिरहेको छ । तीन तहको ढलान गर्नुपर्ने र तेस्रो चरणको ढलान पनि अन्तिम चरणमा पुगेको इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार अहिले साइड सम्याउने काम पनि त्यही ढंगले चलिरहेको छ । एप्रोन (विमान पार्किङ्ग गर्ने स्थान) निर्माणको काम सकिएको छ । विमानस्थलका रनवेको लेयर ढलान, रनवे, ट्याक्सी वे र नाला निर्माणलगायतका कामहरू यही चैत महिनाभित्र सम्पन्न हुनेछन् ।
विमानस्थलको भौतिक संरचना निर्माणको क्रममा टर्मिनल भवनको फाउन्डेसनको काम सकिएर जग उठाउने प्रक्रिया शुरू भएको छ । विमानस्थलमा क्षेत्रमा यतिबेला पहिलो चरणअन्तर्गतको विमानस्थलले ओगट्ने भू-भाग सम्याएर रनवे, ट्याक्सी वे, नाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
विमानस्थलमा हाल यात्रु कक्ष र कार्यालय प्रयोजनका लागि आवश्यक मुख्य भवनको फाउन्डेसनको कामसमेत तीव्र गतिमा अगाडि बढेको प्रमुख मनकर्मीले बताए । ‘विमानस्थलको भौतिक पूर्वाधारको काम तीव्र गतिमा अगाडि बढेको छ,' उनले भने, 'विमानस्थलको एप्रोन (विमान पार्किङ्ग गर्ने स्थान)को काम सकिएको छ। सम्याउने काम, ट्याक्सी वे, नाला बनाउने लगायतका काम अन्तिम चरणमा पुगिसकेको छ।’
रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न १४ भवन निर्माण कार्य भइरहेकोछ । ति मध्ये ४।५ वटा भवनको निर्माण समेत सम्पन्न भएको छ। हेंगरको ढलान कार्य सकिएर स्टिल स्ट्रक्चरको काम समेत सकिइसककेको उनले जानकारी दिए ।
आयोजना प्रमुख मुनकर्मीका अनुसार अहिले निर्माण कार्यमा दैनिक ४ सय ५० जना कामदार खटीएका छन् । हाल सम्म विमानस्थल आयोजनाले साढे तीन अर्ब रुपैयाँ भुक्तानी दिइसकेको उनले जानकारी दिए ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...