×

NMB BANK
NIC ASIA

काठमाडौं– झापाको चन्द्रगढीमा रहेको मनसा इन्डष्ट्री प्रा.लिले उत्पादन गर्दै आएको मनसा ब्राण्डको सिमेन्टमा चरम लापरवाही भएको पाइएको छ । मनसा उद्योगले उत्पादन गर्दै आएको पीपीसी ब्राण्डको सिमेन्टमा लापरवाही भएको भेटिएको हो ।

Muktinath Bank

नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको परीक्षणमा मनसा सिमेन्टको पीपीसी ब्राण्डमा मापदण्ड विपरीत इन्सोल्युबल रेजिड्यु (नघोलिने पदार्थ) मिसाएर ठगी गर्ने गरेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल गुणस्तर ऐनअनुसार पीपीसी ब्राण्डको सिमेन्टमा अधिकतम २८ प्रतिशत इन्सोल्युबल रेजिड्यु हुनुपर्छ । तर मनसा सिमेन्टको उक्त ब्राण्डमा ३१ दशमलव २ प्रतिशत इन्सोल्युबल रेजिड्यु भेटिएको गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रतिस्पर्धात्मक बजारमा मिसावट गरेर तुलनात्मक रूपमा सस्तो मूल्यमा बिक्री गर्ने मनसायले मिसावट गरेको हुनसक्ने बताए । ‘कच्चा पदार्थको मात्रा मापदण्ड भन्दा बढी मिसाएर प्रतिस्पर्धीभन्दा २ रुपैयाँ सस्तो बिक्री गर्ने मनसायसमेत हुनसक्छ,’ उनले लोकान्तरसँग भने, ‘अरूभन्दा सस्तोमा बिक्री गर्नकै लागि पनि मिसाएको हुनसक्छ । प्रतिस्पर्धी मार्केटमा २ रुपैयाँ सस्तो भनेको पनि धेरै हुन्छ ।’


Advertisment
Nabil box
Kumari

बिक्री रोक्का

Vianet communication

ठगी गरेको पाइएपछि विभागले सो सिमेन्टको बिक्री रोक्का गरेको छ । नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० अनुसार उक्त सिमेन्टको बिक्री रोक्का गरिएको विभागले जानकारी दिएको छ ।

विभागका सहायक सुचना अधिकारी सुन्दरकुमार थापाले नमुना परीक्षण गरिएको ब्याचको सिमेन्टको बिक्रीमा रोकावट गरिएको बताए । ‘नमुना परीक्षणमा कैफियत रहेको ब्याचमा उत्पादित सिमेन्टको बिक्रीमा रोक्का गरिएको छ,’ सहायक सुचना अधिकारी थापाले लोकान्तरसँग भने, ‘१५ दिन भित्र स्पष्टिकरण पेश गर्न भनेका छौं । आवश्यक प्रक्रियापछि नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० बमोजिम बिक्री खुल्ला गरिने छ ।’

थापाका अनुसार उक्त ब्याचको पीपीसी ब्राण्ड बजारबाट फिर्ता लिन समेत विभागले निर्देशन दिएको छ ।  

यसअघि गुणस्तर तथा नापतौल कार्यालय झापाले गत फागुन १३ र १४ गते विभिन्न ब्राण्डका ६ वटा नमुना संकलन गरेर परिक्षणको लागि केन्द्रिय कार्यालय (विभाग) मा पठाएको थियो । परीक्षणका क्रममा अन्य पाँच वटा नमुनामा कैफियत नभेटिएको विभागका सहायक सुचना अधिकारी थापाले बताए ।

३० ब्राण्ड नमुना परीक्षणको क्रममा

विभागले पछिल्लो समय अुनगमनलाई तीव्रता दिएको जानकारी दिएको छ । अनुगमनका क्रममा शंका लागेका विभिन्न ब्राण्डका नमुना संकलन गरेर ल्याउने र परीक्षण गर्दै आएको छ । अनुगमनका क्रममा शंका लागेका ओपीसीका ३ वटा, पीपीसीका २ वटा र टीएमटी ब्राण्डका फलामे डण्डीका १४ वटा नमुना संकलन गरेर विभागको प्रयोगशालामा परीक्षणका क्रममा रहेका छन् ।

विभागका अनुसार एलपीजी ग्यासको रेगुलेटरको एउटा, सनफ्लावर तेलको एउटा र मस्टार्ड तेलको एउटा नमुनासमेत परीक्षणका क्रममा रहेका छन् । त्यस्तै पिभीसी केवलका ४ वटा नमुना र इनामेल पेन्टका ४ वटा नमुना गरेर ३० वटा नमुना परीक्षणको क्रममा रहेका विभागले जानकारी दिएको छ । परीक्षणको क्रममा रहेका नमुनाको रिपोर्ट आउन केही समय लाग्ने विभागको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x