×

NMB BANK
NIC ASIA

थाइल्यान्डमा आमनिर्वाचन सम्पन्न : सैनिक जनरल प्रयुत सत्तामा फर्किने सम्भावना

चैत १०, २०७५

NTC
Premier Steels

काठमाडौं – थाइल्यान्डमा वर्षौंको विलम्बपछि आइतवार आमनिर्वाचन सम्पन्न भएको छ । तत्कालीन निर्वाचित सरकारविरुद्ध पाँच वर्षअघि कू गरेका सैनिक जनरल प्रयुत चान ओचाले नागरिक प्रधानमन्त्रीका रूपमा फेरि सत्ता चलाउने आशा गरेका छन् । 

Muktinath Bank

देशभरिका मतदान केन्द्रमा बिहान ८ बजेदेखि निर्वाचन शुरू भएको थियो र ५ बजेसम्म निर्वाचन चलिरह्यो । पहिलेको आमनिर्वाचनभन्दा दुई घन्टा बढी समयसम्म मतदाताले मत दिन पाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगभग ५ करोड २० लाख मतदाता दर्ता गरिएका छन् र तीमध्ये लगभग ७० लाखले पहिलोपटक भोट दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

नयाँ संविधानअन्तर्गत यो मतदान भएको हो । संविधानले देशको नागरिक राजनीतिमा सेनाको उल्लेख्य प्रभावको व्यवस्था गरेको छ र ५०० सीट भएको तल्लो सदनमा कुनै पनि दलले बहुमत ल्याउन अप्ठ्यारो हुने किसिमको व्यवस्था छ । 

Vianet communication

दुवै सदनमा बहुमत पाउने व्यक्ति प्रधानमन्त्री बन्नेछ । सिनेटको २५० सीटमा सेनाले धेरैजसो सदस्य मनोनित गर्नेछ र यसले चान ओचालाई फाइदा दिनेछ । 

तैपनि निर्वाचन अभियानमा निकै उत्साह देखिएको छ र पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग जोडिएको पार्टी फेउ थाइले सबभन्दा धेरै सीट जित्ने अपेक्षा गरिएको छ । उक्त दल उत्तरपश्चिमको ग्रामीण क्षेत्रमा शक्तिशाली छ । 

निर्वाचनका ओपिनियन पोलका परिणामहरू प्रकाशित गर्न निर्वाचन अभियानको अन्तिम सातामा प्रतिबन्ध लगाइएको थियो तर अभिजित प्रयुतको नेतृत्वमा रहेको डेमोक्रेट पार्टी दोस्रो स्थानमा अनि प्रयुत चान ओचालाई समर्थन गर्ने गरी खोलिएको पालाङ प्रचारत तेस्रो स्थानमा आउने अपेक्षा गरिएको छ । 

फ्युचर फरवार्ड नामक दल गत वर्ष मात्र कारका पाटपुर्जा बेच्ने अर्बपति थानाथोर्न जुआनरूङरुआंकितले स्थापना गरेका हुन् । उनले परिवर्तनको सन्देश दिएर मानिसहरूलाई उत्साहित गरिरहेकाले उनको दलले अप्रत्याशित परिणाम ल्याउने सम्भावना पनि छ । 

अलजजीराबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x