×

NMB BANK
NIC ASIA

कतारको भव्य संग्रहालय यसै हप्ताबाट सञ्चालन हुने, बनाउन खर्च गरियो ४७ अर्ब रुपैयाँ

चैत ११, २०७५

NTC
Premier Steels

काठमाडौं – एक दशकदेखि बनाइँदै आएको र तीन वर्ष ढिलो गरी सम्पन्न भएको कतारको भव्य राष्ट्रिय संग्रहालय मरुभूमिको गुलाफ आकारमा बनेको छ । कुल ४७ अर्ब रुपैयाँभन्दा बढीको लागतमा बनेको संग्रहालय यसै हप्ताबाट सञ्चालन गरिनेछ । 

Muktinath Bank

उद्घाटन समारोहमा कतारका शासक शेख तमिम बिन हमाद अल–थानी, कुवेतका अमिर शेख सबाह अल–अहमद अल–जबर अल–सबाह र फ्रान्सका प्रधानमन्त्री एडूआर्ड फिलिपे सहभागी हुने अपेक्षा गरिएको छ । रंगीन समारोह बुधवार हुनेछ भने सर्वसाधारणका लागि बिहीवारदेखि ढोका खोलिने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विरासतलाई आवाज दिँदै भविष्यको उत्सव मनाउन स्थापत्य,’ संग्रहालयका प्रख्यात फ्रान्सेली कलाकार जँ नूवेलले ट्वीट गरे । उनले लूभ्र अबु धाबी पनि बनाएका हुन् । 


Advertisment
Nabil box
Kumari

दोहाको संग्रहालय ५२ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ । दोहाको विमानस्थलबाट सिटी सेन्टर आउँदा पर्यटकहरूले देख्ने पहिलो महत्त्वपूर्ण भवन नै यही हुनेछ ।

Vianet communication

सन् २०२२ को फूटबल विश्वकपका लागि दोहालाई पूरै परिवर्तन गरिएको छ तैपनि कतारका सबै नयाँ भवनभन्दा फरक यो राष्ट्रिय संग्रहालयले धेरैको ध्यान खिच्ने अपेक्षा छ । 

प्रवेशद्वारमा ११४ वटा झरनासहितका मूर्ति राखिएको छ र त्यो ९०० मिटर लामो जलाशयमा अवस्थित छ । संग्रहालयका छानाहरू घुम्रिएका छन् र हेर्दा ठूलो भूलभूलैया जस्तो देखिन्छ । ३६ सय प्रकारका आकार र आयतनका ७६ हजार प्यानलले छत बनेको छ । 

संग्रहालयभित्र १५ सय मिटरभन्दा बढी ग्यालरी स्पेस छ । 

संग्रहालयमा देखाइने वस्तुमध्ये १९औं शताब्दीको कार्पेट छ । त्यसमा १५ लाखवटा मोती जडिएको छ । अनि कतारमा फेला परेको सबभन्दा पुरानो कुरान पनि राखिएको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x